सुकेका पेट दुखेका मनमा खुशी बोकेर आउ दशै
चन्ड मुन्डको झुन्ड धेरै भो लात ठोकेर आउ दशै
कौरबको बिगबिगी धेरै हुँदैछ अर्को कुरुक्षत्र रच्न
कपटी सकुनिको जाली पासा रोकेर आउ दशै
घिच्नेहरुले थिच्न छाडेनन निर्धा घाँटिहरु यहाँ
दुर्गा कालीको जस्तै अग्नी ज्वाला पोखेर आउ दशै
मान्छे मान्छेको हुलमा मान्छे भेटिदैन अचेल यहाँ
युग बदल्ने एउटा सच्चा मान्छे खोजेर आउ दशै
जात नेपाली मन नेपाली पन नेपाली धर्म नेपाली
एकै सन्तान एकै घर सदभाब रोपेर आउ दशै
Wednesday, October 13, 2010
Subscribe to:
Posts (Atom)