दोषै मात्र खोज्यौ र त खोटै भेट्यौ तिमीले
जीवनको कथा लेख्दा लेख्दै मेट्यौ तिमीले
माझधारमा डुब्दै थिए म किनारा नपाई
निसास्सिएकै बेला घाँटी अचेट्यौ तिमीले
मनोरन्जन भएकोछु म तिम्रो वस्तिको
रमिता देखाउनु थियो मुटु रेट्यौ तिमीले
तिमी सँगै हाँस्न मनथ्यो ,मनथ्यो रुन पनि
बेजान मुर्ती सरि छु आत्मा लखेट्यौ तिमीले