तिम्रो नयनको श्पर्शले
बिथोलिएको उन्मादलाई
असिरल्ल छाडेर
म पनि सालीनताको अभिनय गर्न
खप्पिस भएको छु प्रिय मान्छे
मौन सम्वादमा अभिब्यक्त
तिम्रा मौन स्विकृतिलाई
बुझ पचाएर आदर्शको थोत्रो
तथाकथित खोल ओढेर
शायद म पनि भद्र बन्न
जान्ने भएको छु प्रिय मान्छे
तिम्रो सामिप्यको प्यासमा
काकाकुल भएको यो मन
तिम्रो आगमनको सुवासमा
कत्ती पुलन्कित हुन्छ
तिमीलाई के थाहा ?
अन्जान जस्तो तर जानी जानी
तिम्रो शरीरको कम्पन मापन गर्दा
मनमा कत्रो भुइचालो जान्छ
तिमीलाई के थाहा ?
चाहेर पनि
मनका उकुसमुकुस तरंगलाई
जबर्जस्ती बांध बाधेर
कुनै हाइड्रो पावोर जस्तो
तिम्रो मनको वस्ती भरी
न म उज्यालो छर्न सक्छु
समाजको बक्र रेखामा थुनिएका
तिम्रा रहरहरु तन्काएर
न म सिधा पार्न सक्छु
किन कि
तिमी फुलेर नि मग्मगाउन जन्दिनौ
तिमी डुलेर नि रमाउन जान्दिनौ
मात्र तिमीले समर्पण हुन जनेकी छौ
र त्यसैलाई आदर्श मानेकी छौ
अनि
निस्वार्थ म माया गर्ने मान्छे
माया मात्र गर्छु
तिम्रा हर कुरालाई यथावत आत्मासाथ गर्दै
मन भरी तिमीलाई अगालेर
वेप्रभाह माया गरी रहन्छु
सार्वजनिक बसको घुइचोमा
जानी जानी न जाने झै
तिमी सँग फलाम र चुम्बकको
जस्तो आकर्षणको एउटा आयम बोकेर
मन भरी साँचेको जोश
पुरा होसमा लुकाएको कुरा
तिमीले पनि चाल पाएकी हौली है
मेरा अनुरागका सुसुक्त कम्पनको झडका
तिमीले पनि महसुस गरेकी हौली है
प्रिय मान्छे
तिम्रा आँखाले बेलाबेलामा दिएका
अनुमती भित्र
मलाई सोह्र बर्षे त्यही बैश पैचो मागी
ति आँखामा तन्नेरी जोवनको कथा लेखु झै लाग्छ
फुकाएर सारा बन्धन
केबल मुटुको भाखा टिपी
मनको सुन्दर महाकाब्य लेखु झै लाग्छ
र मात्र मायाका
लिपिमा तिमी सँगै मेरो नाम गाँस्न मन लाग्छ
अन्नेथा न मान ल
तिम्रो हेराइमा बेरिएका मेरा खुशी
तिमी सितै छन
र म त्यही खुशीलाई पछ्याइ रहन पाउ
जब सम्म यो मुटु चल्छ
जब सम्म यो श्वास चल्छ
यि आँखाले ठम्याएसम्म तिम्रै आकृति हेरी रहन पाउ
No comments:
Post a Comment