बिना ढौवाके
पसिनाको प्यासले
तिर्खाएको मेरो माटोलाई
प्यासी नै छाडेर
म मरुभूमी सिच्न आएको पनि बर्षौ भएछ
यो
प्रचन्ड गर्मीमा बूढा बाबुकी
सपना फुलाउन खोज्दै गर्दा
म सम्झी रकोछु कि
मैले
चिसो चुलोमा आगो फलाउनु छ
आमाको आङ छोप्नु छ
बुढीको बशालु रहर गोडमेल गर्नु छ
छोरा छोरीका भबिष्यमा उकेरा लगाउनु छ
चाङका चाङ समस्याका पहाड फोर्नु छ
र म तप तप पसिना बालुवामा रोपीरहेको छु
फलाम झै तातेको यो मरुभूमीमा
म मेरो पाखा पखेरीको चिसो
मन भरी सम्झिदै
यता तातो तातो श्वास फेरि रहेकोछु
गाँसको आशमा भौतारिएको
यो यन्त्र ज्यान सकी नसकी
एक रफ्तारमा चलाईरहेको छु
गगनचुम्वी भवनले कुल्चिएको
अलिशान सपना
अचेल किन भत भति पोल्छ
र म बिपनामै बर्बराइरहेको छु
हिमाल तराइ
गाम बेसि गर्दै हुर्केका मेरा रहरहरु
लहलहाउदै मेरै माटोमा फुल्नु पर्ने हो
यो उर्बर मौषम
यो बिबिध अलौकिक भूगोल
प्रकृतिको अनुपम मिलन बिन्दू
खोइ कहाँ के मिलेन
सुन फुल्ने पाखाहरु बाँझो छन
विश्वलाई चकित पार्ने जात्रा उत्सव र पर्व
कलाका अदभूत मठ मन्दिर
खोइ के ले लुकाइ राखेकोछ
बुर्ज खलिपाको कृतिमताको आकर्षणमा
बिस्तारै बिस्तारै डगमगाउदै गरेको
मेरो कलाकारिता
मेरो ऐतिहासिक धरोहर
खोइ के ले छोपी रहेको छ
मैले अझै बुझ्न् सकेकोछैन
कहिले सगरमाथा भजाउदै
कहिले बुद्द भजाउदै
लीलामी बजारमा राखिएको बस्तु जस्तै
किन अबमुल्यन हुँदैछ मेरो स्वाभिमानको मुल्य
मेरो कोठामा थुनिएका म जस्तै
एक हुल सपना रोप्ने युवा जोश
काश !
मेरो देश मै फुल्न पाको भए
आज परिवार वरिपरि
सबैको ओठमा खुशी फुलीरहेको हुन्थ्यो होला
र
पर पर नेपत्थबाट
आवाज आउँदैन थियो होला
फ्री भिसा र फी पासपोर्टको कुरा
त्यो पनि बिना ढौवाके
No comments:
Post a Comment