Monday, May 27, 2024

 अचेल किन यो दुनियाँ नै बेकार जस्तो लाग्छ 

बाँची रहेछु तर जीवन पनि भार जस्तो लाग्छ 


माया बोक्छ मेरो मुटु ,माया मात्र बोकी रहे 

रेट्यो मुटु यो माया पनि धार जस्तो लाग्छ 


मन छाम्न कस्ले सक्छ भ्रम बोकी बाँच्न पर्छ 

त्यसैले त माया पनि सधैं हार जस्तो लाग्छ 


कहाँ रोपिन्छ खुशी भाग्य नै बाँझो भए पछि               

यो भाग्य नि धाजा फाट्या असार जस्तो लाग्छ  


 मनकों बहस

तिमीले फेर्ने श्वासमा कुन सुगन्ध छ कुन्नी 

जब तिम्रो बस्ती नजिक हुन्छु 

तिम्रो यादको सुवास मगमगाउछ 

र खिच्छ यो मन तेतै तिर 

तिम्रो नबोली नबोली धेरै बोल्ने आँखा 

मनमा तरङ उठाउने भद्र बोली 

सद्भाव र मायाका लय मिलेका व्यबहार  

यि सब अनयासै अनि घुम्छन

एउटा मिठो आभास बोकेर

र म भाव सागरमा हराउछु 

अनि 

खोइ के हुन्छ 

बहकिन्छु या मनले निर्देश गर्छ 

यो अधिन बाहिरको मन 

तिमी तिरै सार्न मन गर्छ 

समाजको नियम बिर्सिएर 

मनको नियम बनाउदै 

तिम्रो मनको बारी भरि

अलिकती विश्वाश उमारु भन्छ 

अलिकती भरोसा गोडेर 

मनको बोट भरी मुनाहरु पलायोस भन्छ 

र मायाका फूलहरुमा 

भावनाका रङहरु फुलोस भन्छ  

तर तिमी 

आँफैमा एउटा नियम हौ 

जसलाई कसैले तोडन सक्दैन 

जस्को दफा उपदफामा 

कुनै बहस हुँदैन 

खाली मनको अदालतमा 

मनको बहस बाहेक

 तिमी 


खोइ कसरी शुरु गरु म 

तिमी सित तिमीको यात्रालाई  ?

भावनाका तरङमा पलाएका 

यि अबोध उत्सर्ग

खोइ कसरी झाँगिएयो 

अतितका पाना पल्टाउदै याद भरी 

तिमीलाई श्पर्श गर्दैछु 


श्रदाले उडान भरेको तिम्रो मन 

मधुर मुस्कानले राज गरेको तिम्रो तन 

चुम्बक झै तान्ने तिम्रो शब्द चयन

मन नै शितल पार्ने तिम्रो नयन 

यिनै सेरोफेरो भित्र 

मिठो महसुस बोकीरहेछु 

र सुखद आनन्दले मन शितल बनाइरहको छ् 

तेज धूपमा मिलेको छाहारी झै 


यस्तो लाग्छ यसैले 

तिम्रो सालीन हेराइमा शायद तिर्थ छ 

तिम्रो मिठो मुस्कानमा मन्दिर छ 

तिम्रो आदरभावमा इस्वर छ 

र म अलौकिक आनद प्राप्त गरिरहेकोछु 


यो आपनत्व 

समिप्यता र यस्को घनत्व 

मनमा छुने न्यानोपन 

शायद यही त भगवान हो 


सरलताको ओझ

कोमलताको ताज 

भद्रताको लालीमा 

शायद यही त शक्ती हो 


र म यही मन्दिरमा 

तिम्रो तिमीलाई 

पूजीरहेको छु