मनकों बहस
तिमीले फेर्ने श्वासमा कुन सुगन्ध छ कुन्नी
जब तिम्रो बस्ती नजिक हुन्छु
तिम्रो यादको सुवास मगमगाउछ
र खिच्छ यो मन तेतै तिर
तिम्रो नबोली नबोली धेरै बोल्ने आँखा
मनमा तरङ उठाउने भद्र बोली
सद्भाव र मायाका लय मिलेका व्यबहार
यि सब अनयासै अनि घुम्छन
एउटा मिठो आभास बोकेर
र म भाव सागरमा हराउछु
अनि
खोइ के हुन्छ
बहकिन्छु या मनले निर्देश गर्छ
यो अधिन बाहिरको मन
तिमी तिरै सार्न मन गर्छ
समाजको नियम बिर्सिएर
मनको नियम बनाउदै
तिम्रो मनको बारी भरि
अलिकती विश्वाश उमारु भन्छ
अलिकती भरोसा गोडेर
मनको बोट भरी मुनाहरु पलायोस भन्छ
र मायाका फूलहरुमा
भावनाका रङहरु फुलोस भन्छ
तर तिमी
आँफैमा एउटा नियम हौ
जसलाई कसैले तोडन सक्दैन
जस्को दफा उपदफामा
कुनै बहस हुँदैन
खाली मनको अदालतमा
मनको बहस बाहेक
No comments:
Post a Comment