मनको कुनालाई खोतलखातल गर्दा
केही थान यादका लस्करहरु आज
एक्कासी मेरो सामु निरह उभिएकाछन
र
मेरो दृष्टि भन्दा निकै पर
अनयसै म तिमीलाई छाम्न पुग्छु
लाग्छ
तिमी कतै आफ्नै दुनियाँमा
शान्त, सालीन र स्वच्छ भएर
शायद एउटा कथा बाचीरहेकी हौली
म भने बिथलिन्छु
या बिथोल्छन तिनै यादहरु
त्यही शान्त र सालीन आँखा
जस्को
बार्दलीबाट छुटेका ज्वारभाटाहरु भित्र
जस्को मौन श्पर्शबाट उठेका छालहरु भित्र
कसो कसो आउछ अनयासै
मनको भूगोलमा कम्पन पराकम्पन
अनि बेस्सरी
हल्लाउछन
एक तमासले
यो मेरो भवसागरलाई
भाव तरङमा बतासिएर
माथि माथि उडेका
मेरा यी बेजान चाहनाहरु
खोइ
किन किन सलबलाउछन
रोमान्चित
रौनकता थपेर
र
म पनि तिनै यादहरु सँग
शायद
एउटा कथा बाँचीरहेकोछु
No comments:
Post a Comment