Tuesday, July 8, 2025

 तिमी हुनुको अर्थ 


एउटा मिठो आभास 

मुलायम अनुभुती 

निर्दोष सद्भाव 

मन भरी साचेर म 

आज म भएकोछु 

नत्र

मुटुको तार चुडिए झै 

निर्जिव अस्तिव बनेको 

केही थान मेरो रहरहरु 

तिम्रो स्नेह र मायाको 

उर्जामा यसरी हुर्कने थिएनन् 


जीवनका अल्पत्र लय भित्र 

बेसुर यात्रामा अल्मल्लिएको 

कर्कश गति भित्र 

तिम्रो आगमनले 

सरगमका सुरिला आयमहरु 

यसरी थपिने थिएनन 


यो उराठ र उजाड 

भोगाइको जोड घटाऊको 

साक्षी तिमी 

शायद मेरा हर स्पदनको 

स्वाद बेस्वाद तिमीलाई थाह छ 


त्यस्तै 

मेरो मनले स्पर्श गरेका 

तिम्रा दुखेशाका हर भूगोल 

सुम्सुमाउदाका अनुभुतीहरु  

शायद त्यसरी नै मलाई थाह छ 


यसैले 

मन बिनाको मुटु 

श्वास बिनाको जीवन 

घाम बिनाको संसार 

र तिमी बिनाको म 

हुनु र नहुनुको कुनै अर्थ हुँदैन 


र म श्वास चले सम्म 

तिमी हुनुको अर्थ खोजीरहन्छु

No comments: