Friday, November 21, 2025

 तिमी मेरो हैनौ थाह छ मलाई 

फेरि पनि तिम्रै चाह छ मलाई 


तिम्रो मेरो कथा बुझ्न सक्ने को छ 

मन भरि कति डाह छ मलाई 


उडान भर्छ तिमी तिरै यो मनले 

टाढा हुने नत राह छ मलाई 


कैले  ओठ बोल्छ कैले बोल्छ आँखा 

अदा होस् या नखरा वाह छ मलाई 


तिमी मेरो पूजा भगवान नि तिमी 

तिम्रो लागि सदा श्रदा छ मलाई