तिमी मेरो हैनौ थाह छ मलाई
फेरि पनि तिम्रै चाह छ मलाई
तिम्रो मेरो कथा बुझ्न सक्ने को छ
मन भरि कति डाह छ मलाई
उडान भर्छ तिमी तिरै यो मनले
टाढा हुने नत राह छ मलाई
कैले ओठ बोल्छ कैले बोल्छ आँखा
अदा होस् या नखरा वाह छ मलाई
तिमी मेरो पूजा भगवान नि तिमी
तिम्रो लागि सदा श्रदा छ मलाई
No comments:
Post a Comment