Sunday, December 7, 2025

 सुन्दर स्निग्ध तिम्रो सौन्दर्य जस्तै       

तिम्रो पारी उभिएको हिम स्रिखलामा 

चिसो हावा भएर 

मलाई पनि बयली खेल्न मन लागेको छ 

यो भिड कोलाहल कृतिम बस्तीमा 

जबर्जस्ती थुनिएका उकुसमुकुस कथालाई 

पाजेर अलिकती त्यो घामको झुल्कोमा 

जीवनमा ओसिएको उर्जालाई 

गति दिन मन लागेको छ ।  

मन त हो 

लोभिन्छ सुन्दरतामा 

लोभिन्छ सालीनतामा 

र अहिले लोभिरहेको छ 

तिम्रो आँखाले छोएको हिम श्रिंखलामा 

तिम्रो मुस्कानले श्पर्श गरेको पथका 

पोथा पोथ्रीहरुमा 


प्रात कालको पहिलो प्रहर 

काश! तिमी सँगै                                         

दुई पाइला छुन पाएको भए 

मेरो मनमा पनि 

पवित्र मन्दिरको 

घण्टीको ध्वनीमा तरङित भएका कम्पनहरु 

तिम्रो स्पन्दन छुदै 

शन्तिका परेवा बनेर 

फुरफुर कति अलहित भएर उडदा हुन 

म यही कल्पनामा तिम्रो कल्पना गरिरहेकोछु

No comments: