तिमी जस्तै मैले पनि आसुँ बेच्न मान्या भए
टुक्रा पारी हजार तिर मुटु छर्न जान्या भए
दु:खी दु:खी किन बाँच्न पर्थ्यो लाश जिन्दगी
डुब्न लाग्दा माँझधारमा यो हात तान्या भए
ढुकढुकी सुन्छु भन्ने थिएनौ शायद तिमी
बिना मुटु धडकन हुन्न भन्ने ठान्या भए
जता चल्छ मिठो बास्ना उतै गयौ छाडी किन
मखमलि माया दिन्थे कोमल यो मन छान्या भए
No comments:
Post a Comment