Sunday, May 3, 2026


फेरि आज मैले शायद जिन्दगीलाई छोएँ,
जीवनका केही हरफहरू मन भित्रै फोए 


खोइ कसरी अभिव्यक्त गरूँ
तिमी सँग,
दुई कदम साथ हुँदा
भित्रिएका खुसीहरू।


जुन खुसीले आगामी यात्रामा
सञ्जीवनीले झैँ
मेरा मुर्झाएका थकानहरूमा
बलियो ऊर्जा भर्छन् भनेर।


बिहानको सूर्योदय झैँ
कान्ति छरिएको सुललित सुकोमल
तिम्रो स्पर्शले
शायद
मलाई छुने चिसो हिउँको
ठन्डीमा पनि न्यानो दिन्छ भनेर।


तिम्रो कल्पनालाई मन भरी बोकेर
म फेरि नव जोश सहित
भूगोलको अर्को छेउमा
तिम्रो याद बाँच्छु।


तिम्रो आँखा भरी तैरिएका
आफ्नोपनका लहरहरू भित्र
जब यो दिल धड्कन्छ,
तन्नेरी बैँस पैँचो माग्दै
म फेरि जीवनको गतिलाई
अझ चलायमान भएको अनुभूति गर्छु।



यसैले मलाई जिन्दगीको एहसास गराइ रहन्छ।


No comments: