Tuesday, May 12, 2026

 हजारौँको त्यो भीडमा पनि कोही किन आफ्नै लाग्छ,

मनभित्र एउटा कथा छ, सायद कथाले यही माग्छ


उठ्छ ज्वारभाटा मनभरी, तूफान बेस्सरी चल्छ,
तहसनहस पारेर भावना, अन्त्यमा यो आफैँ थाक्छ


उड्छ मन, पुग्छ कताकता—बसमा कहाँ यो रहन्छ,
मनको उडानसँगै फेरि मीठा रहरहरू जाग्छ।


केही लेखूँ जस्तो लाग्छ, चुमी तिम्रो अन्तरमनलाई,
बहकिन्छ तीव्र रफ्तारमा खोई यसलाई कसले हाँक्छ?


Sunday, May 3, 2026

 एक थर्को सिन्दूरबाट सुरु भएको

तिम्रो सिन्डिकेट
पलपल म भोगिरहेकी छु।


स्वतन्त्र भई उडान भर्ने
यो मनलाई निर्दिष्ट गन्तव्य पुग्न,
नियन्त्रण गर्ने सामाजिक अधिकारको
अख्तियार गर्दै,
तिमी पुरुषत्वको उन्मादमा
किन निर्धारण गर्छौ
मेरो जीवनको रुट ?


र म किन घिस्रिन्छु
अनगिन्ती अनिच्छाका बिमतीलाई 
जीवन यात्राको नाममा,
अघोषित तिम्रो सिन्डिकेटभित्र ?


थ्याच्च ब्रेक लगाएर चाहनामाथि,
उकुसमुकुस कुण्ठा खचाखच थुन्दै,
आदर्शको खोक्रो अस्तित्व
जबरजस्ती आत्मसात गर्दै,
चलायमान भएजस्ती
किन भएकी म ?


मेरो डिम्ब
मेरो स्वअधिकारमा हुनुपर्ने हो,
तर रिजर्भ हुन्छ यो
पतिको नाममा,
वंशको नाममा।


र किन मैले गुडिरहनुपर्छ
जीवनका अनेकौँ
डर लाग्दा घुम्तीहरूमा ?


यो समाजको बक्र रेखामा थुनिएकी
मजस्ती नारी अस्मिता
स्वतन्त्र सरल रेखामा
गुड्न कहिले सकिएला ?


र कहिले अन्त होला
यो मनमाथिको सिन्डिकेट ?



फेरि आज मैले शायद जिन्दगीलाई छोएँ,
जीवनका केही हरफहरू मन भित्रै फोए 


खोइ कसरी अभिव्यक्त गरूँ
तिमी सँग,
दुई कदम साथ हुँदा
भित्रिएका खुसीहरू।


जुन खुसीले आगामी यात्रामा
सञ्जीवनीले झैँ
मेरा मुर्झाएका थकानहरूमा
बलियो ऊर्जा भर्छन् भनेर।


बिहानको सूर्योदय झैँ
कान्ति छरिएको सुललित सुकोमल
तिम्रो स्पर्शले
शायद
मलाई छुने चिसो हिउँको
ठन्डीमा पनि न्यानो दिन्छ भनेर।


तिम्रो कल्पनालाई मन भरी बोकेर
म फेरि नव जोश सहित
भूगोलको अर्को छेउमा
तिम्रो याद बाँच्छु।


तिम्रो आँखा भरी तैरिएका
आफ्नोपनका लहरहरू भित्र
जब यो दिल धड्कन्छ,
तन्नेरी बैँस पैँचो माग्दै
म फेरि जीवनको गतिलाई
अझ चलायमान भएको अनुभूति गर्छु।



यसैले मलाई जिन्दगीको एहसास गराइ रहन्छ।


Saturday, April 25, 2026


एउटा कथा लेखूँ भन्छु,
व्यथा मात्र बल्झिदिन्छ।
जति सोचूँ, मुटु जल्छ,
याद मात्र अल्झिदिन्छ।


शुरु कहाँ, अन्त कहाँ,
यो मेरो कहानीकों ?
मेट्न खोजूँ, झन् गाढा—
किन याद बेमानीको?


मेटेर अर्को जीवन लेख्न
मिल्ने भएदेखि,
तिम्रा सबै यादहरू
मनबाट गएदेखि।


तिमी पनि अर्कै कथा
बाँचने थियौ होला ,
मलाई बिर्सी खुसी भई
हाँसने थीयौ होला।


पता नहीं मैं पी रहा हूँ या जी रहा हूँ,
इतना दर्द है अंदर, भुलाने को पी रहा हूँ।


ये तन्हाइयाँ, ये भीगी-भीगी सी रातें,
हर तरफ़ बस तेरी ही आती हैं बातें,
भुला न सका वो पल, वो मुलाक़ातें,
हर घूँट में क्यों फिर वही बरसातें।


काश तेरी चालों का अंदाज़ा होता,
दिल यूँ ही न तेरे पीछे रोता,
तेरी बहकी-बहकी सी बातों का असर,
दिल में है अभी भी घुला हुआ ज़हर।


दिल टूटे तो आवाज़ भी आती नहीं,
ज़ख़्म ऐसे हैं, काम दवा की आती नहीं,
हँसता हूँ मगर अंदर से रो रहा हूँ,
ज़िंदगी से हर ख़ुशी खो रहा हूँ।


Friday, April 3, 2026

 आऊ खेलौँ एउटा खेल—नजानेझैँ जानीजानी,

खुला राख त्यो मनलाई, गरून् यसले मनमानी।


चाहनाका बाँध थुन्दा क्षति हुन्छ मनलाई नै,

बग्न दिऊँ सलल यसलाई, नगर फेरि नादानी।


मनका कुरा तनले सुनोस्, मिठा सपना यसले बुनोस्,

मायामा अछुतो को छ र—भए होस् बदनामी।


लुकाएर कहाँ लुक्छन् आँखाका भाकाहरू,

मुटु बोलेको सुन्न देऊ, नहोस् कुनै हैरानी


थुनेको छु आँखाभित्रै यी आँसुका तलाउ,

कचल्टिएको छ घाउ—भयो, भो, नचलाउ।


लरखराउँदै म बल्ल उभिन खोजेको छु,

सहारा छ त्यान्द्रोको—यसलाई नढलाउ।


सम्झनाले छाती जल्छ, मन त्यसै त्यसै गल्छ,

याद बोक्ने ती चिनोहरू राखूँ या जलाउ?