यही मात्र हो कि हुन्छ अर्को जुनी
उपाय के होला तिमी सितै हुनी
माया पाप भए पापै गरिदिन्छु
मन्जुरी छ त पापी सँगै जिउनी
मिठा मिठा गल्ती आँफै मिठा हुन्छन्
यस्तै कथा लेख्छु सारा गल्ती बुनी
लोक लाज भन्दै तिमी तर्की बस्छ्यौ
फुकाएर धक कैले होला छुनी
जप तप गर्छु तिम्रै नाम जप्छु
मरै बनाउ दैब बिन्ती यही सुनी