Wednesday, May 27, 2009

तिम्रो र मेरो मायाको घेरो कसरी भएछ टेडो र मेडो
कसरी कोरियो कर्मको रेखो कि भो हेर्ने आँखा त्यो डेडो

सुदामा थिए कनिका दिए धन बैबभ तेही थ्यो मेरो
चढाउ म के खोजेर फेरि नथापे हुन्थ्यो बरु यो बखेडो

दिलको बस्ती लगाइ गस्ती तपाउछु भनि जलायौ मुटु
तप्केर आशु थुनियो सबै बग्न सकेन छातीको गल्छेडो

मुटुमा थिए मनमा थिए ध्याजा फाटेछ बिश्वासमा
चर्केको छाती मर्केको पाउ दुख्दा दुख्दै हान्यौ हतेडो

प्रभुमा झुक्यौ पैचोमा हाँस्यौ बिबेक छैन बैबभ खोज्यौ
उठेको शिर नझुकोस फेरि लैलैमा हिडी भएर भेडो

Saturday, May 23, 2009

तिम्रो मजेत्रो फाटेछ आमा म टाल्छु भनथ्यो
पिर सुर्ता नगर सुख सँग म पाल्छु भनथ्यो

विश्वास कस्ले निभायो चेतना अधेरो भो रे
भरोसा जगमगाउने बत्ती बाल्छु भनथ्यो

जर्जर भो रे उर्बर माटो, बाँझो कती राख्नु
रगतले गन्हाकोछ, पसिना हाल्छु भनथ्यो

पुर्खाको सिको बिर्सिएछ, कती छिटो आमा!
अब स्वाभिमान निखन्ने काम थाल्छु भनथ्यो

दुई खोच बिच अल्मल्लिएको हाबाको झोक्का
अब त आफ्नै मन र पनमा ढाल्छु भनथ्यो

राहतको अनुभुती के गरेथे झल्यास ब्युझे
कस्तो देखेछु सपना बिक्रिती फाल्छु भनथ्यो

Sunday, May 17, 2009

पित्तल पनि सुनै लाग्छ तिम्रो रुपमा चढे पछि
के के हुन्छ यो मन भरि तिम्रो नजर गढे पछि

अल्झाउने मुस्कान पोख्यौ बल्झी मुटु कता लड्यो
उठथ्यो मुटु फेरि किन तिम्रो हाँसोमा लडे पछि

तेज बध भए सरह तुजुक सबै लुत्री जान्छ
रणभुलमा पर्छु आँफै तिम्रो कदम बढे पछि

भाग्यशाली ठान्ते आफ्लाई तिम्रो सिउँदो भर्न पाए
शिरवन्दी कती खुल्ला तिम्रो शिरमा जडे पछि

बिन्ती हजुर एक चोटि दिलको ढोका खोली देउ
टुसाउदो हो आशा फेरि दिल्को हरफ पढे पछि

Friday, May 8, 2009

छिमेकिको डाम्ना छाडा भो रे प्रिय बार लगाउ
पहरे नि निन्द्रामा छन रे काँडे तार लगाउ

तिम्रो अस्मिता धराप छ रे, कसरी जोगाउछौ
कुनियतले बढे कोही भने, सिस्नो झार लगाउ

बाजे बाराजुले झुक्न सिकाको छैन,नझुक्नु कतै
स्वाभिमानमा आँच आए खुकुरिमा धार लगाउ

आई लाग्नेलाई जाइ नलागे, थिच्नेले थिच्छ नै
निर्धो नै हेपिन्छ सधैं, नभन प्रभु पार लगाउ

कुरुप भा छ रे बस्ती फोहोरीहरुको दोहोरिमा
दुर्गन्धमा कता जच्छ र भनु सिंगार लगाउ

Wednesday, May 6, 2009

मुर्झाइ सके फुलहरु बगैचामा माली छैन
बनझारले डसिसक्यो कुनै बोट खाली छैन

पातो खोपिएका चोर रैछन साँधु बनी आए
अनुहारमा लेख्या भे पो छान्न पनि जाली छैन

बारुद रोपी शान्तिको सुबास आउथ्यो र कहाँ
ढलाए माटो मुखमा माँड लाउने बाली छैन

धोत्रायो कि धमिराले कि त मुसा पसे जगमा
भात्किएछ घरै अब त ओत लाग्ने पाली छैन

झुन्ड झुन्ड चन्ड मुन्ड असुरै कै राज भो अझै
अत्याचारी बध गर्ने कलियुगमा काली छैन

सिनो भएछ विश्वाश सदभाब बेवारीस भै
गनाएको यो बिक्रिती निकास हुने नाली छैन