Sunday, June 26, 2011

तिमी जहाँ खुशी त्यहाँ सधैं तिम्रै हुन पाउ
हर घडी साथ भई तिम्रा दु:ख छुन पाउ

तिमीलाई ठेस लाग्दा मलाई दुखोस बरु
हाँस्न बिर्सें बिर्सु म नै, तिम्रा आँसु रुन पाउ

तिम्रो चित्त दुख्दा मेरै मन फाँटे फाँटोस
एक एक गरि तिम्रा पिर ब्यथा धुन पाउ

तिमी खसाल्दै छ्यौ जती, उती म बसाल्दै छु
निभेको छु, सक्छु भने अलिकती जुन पाउ

Tuesday, June 21, 2011

तिमी बिनाको जिबन खरी झरेको मादल भाछ
छिन छिनमै आकार बदल्न सक्ने बादल भाछ
यि आँखामा उर्ल्या साउनले कसैको प्यास मेटिदैन
बगर जस्तै भाछ छाती नखोज यहाँ मुल भेटिदैन

बेसुर छ पुरै जिन्दगी यो, ताल कसरी दिउ म
छिनी सकेको छ तारै मनको धून रेटेर रेटिदैन

शुरु नभै अन्त भको यो कहाली लाग्दो सफर भित्र
छरपष्ट जिबनको यात्रा जती गर्दा नि समेटिदैन
म हुनु र नहुनुमा के फरक पर्छ होला
हदै भए आँखाबाट दुई थोपा झर्छ होला

मेटिदै छु र त भट्टी भट्टी भेटिदै छु
बोझ थिए म मेटिए तिम्रो गर्जो टर्छ होला

फुललाई बागको के कमी एक नपाए अर्को
यस्तै रैछ रित तिम्रो अर्कै बाग सर्छ होला

Tuesday, June 7, 2011

टोली पिच्छे बोली फेर्ने जिब्रोलाई चलाउनु हुन्न
आत्मा ग्याली होला कतै आँफैलाई छलाउनु हुन्न

उर्लेर के! कुर्लेर के! खहरेको के भरोसा भो र ?
होश गर्नु बगाउला आसपास पलाउनु हुन्न

स्वबिबेक धितो राखी कस्तो गर्ब हुन्छ कुन्नी खोइ ?
पोल्ला कतै चुलो फुक्न आफ्नै हात जलाउन हुन्न

राम राम धेरै भयो छलछाम गर्नेहरु बिच
पाप पुण्य चिन्ने ले त मन्मा लोभ फलाउनु हुन्न

कालो कालै हुन्छ रंग बदलेर सेतो बनाएर
आस्थाले बनाएको धरोहर ढलाउनु हुन्न
तिमी आयौ र त हाबा पनि मगमगायो
के भो के भो दिल मेरो त्यसै सकसकायो

पिर्लिक्क पारी आँखा के खोलेथ्यौ तिमीले
कुन्नी किन होला सारा शरीर सकसकायो

दुरी घट्यो श्वास बढ्यो मुटु तेज तेज चल्यो
डर त्रास यती भो कि खुट्टै लगलगयो

के गरु कसो गरु छटपटी धेरै भयो
मन बेकाबु थियो धर्य नि डगमगायो

तिमी हाँस्यौ बल्ल सहज भयो मौषम
कुइरोले ढकेको मन बल्ल जगमगायो

Thursday, June 2, 2011

यि अंखामा रसाउने साउनले प्यास मेटिदैन
बगर भा छ छाती जती खोज मुल भेटिदैन

बेसुर छ पुरै जिन्दगी यो ताल कसरी दिउ म
छिनेको छ तारै मनको रेटेर धून रेटिदैन


शुरु बिना नै अन्त भाको कहाली लाग्दो सफर यो
छरपष्ट छ जिबन भरि कतै किन समेटिदैन