Saturday, January 31, 2009

अचम्म लाग्छ सुन्दा यो सृस्‍टि त ब्रमाजी को अरे
श्वासनी नै नभा बुढाले यात्रा जायजन्म कसरी गरे
बैरागी पनि कती बुढा नकाटी कहिले जुंगा र दारी
पत्त्याउछ कस्ले यस्तालाई बिचरा भए ब्रमचारी
बिष्णुको त के कुरा कपटी जाली झेली छली
आर्काको श्वासनी ताक्ने कहाँ सम्मको खली
रिसाइन होली लक्ष्मी पनि लघारिछिन आखिर
छ फुट जग्गा नि मिलेन लाग्नु पर्‍यो समुन्द्र तिर
जहिले पनि बेसुरा महादेबको झन के कुरा
लाज शरम पचेका गजडी खान्छन भाँग धतुरा
पार्वती नि कस्ती कुलत छाड भन्न नसक्नी
सिको सिकेर यिन्कै ट्यापे भए बच्चा अब के भन्नि
मधु र कैटबको शरीरले कही प्रिथ्बी बन्छ त
बिज्ञान धोती लगाउदै स्वोस्थानी यही भन्छ त
३३ करोड छोरी रे बिरनीको पत्त्याउनु नि कसरी
दुइटैले त वाक्क पार्छन तेत्रालाई पाल्नु नि कसरी
कती समय लाग्यो होला ३३ करोड जन्माउन
कठै !बिरणी कती सकस पर्‍यो होला हुर्काउन
कस्ता फन्टुस दक्ष प्रजापती गरे यो त अती
परिवार नियोजन गर नभन्ने श्रीमती नि कस्ती
मयलबाट गणेश ,गोबरबाट गोमा जन्मी भनिन्छ
थाहा छैन र हामीलाई मान्छे कसरी जन्मिन्छ
अनौठो लाग्छ सुन्दा नि गणेश र कुमार कसरी जन्मे
कोखबाट नजन्माए पछी पार्वतीलाई आमा कसरी भन्ने
चाइल्ड अब्युज किन लागेन महादेबलाई म छक्क पर्छु
नबालिका गोमा भित्राउदा सबै चुप म त पक्क पर्छु
राम्री देख्नै नहुने किराती तरुनीको पछी भाग्नेलाई
डिबोर्स धन्न दि नछिन पार्वतीले अरु ताक्नेलाई
शिव भट्ट र सती ब्रमणिको दोष के थियो
धेरै धर्म नगर भनी सबधान गरेको हो कि यो
उरबसी अप्सरा तिलोतम्माका बिलासी ईन्द्रका के कुरा
चाकडी गर्न सिकाए उनैले मान्छे जाबो हाम्रा त के कुरा

Wednesday, January 28, 2009

अन्जान मै कता छोइयो तिमी झस्कियौ
गाली खाइने डर थियो तिमी मस्कियौ

होश हवास गुम भो मेरो वाक्य फुटेन
कर्के नजर सँग सँगै मुस्कान पस्कियौ

ईशारा नै काफी थियो ,म त पक्क परे
नबुझेको भन्ठानेर होकी तिमी ठस्कियौ

छक्क बक्क परीछु ,केही भन्न नसकी
दाल गल्ने नदेखेरै होकी तिमी लस्कियौ

त्यो हाँसोले,त्यो नजरले पच्छाइ रह्यो
मन भरी सम्झी सम्झी फेरि चस्कियौ

Monday, January 26, 2009

मेरो माटो रोइरहेछ
यो माटो,मेरो माटो
ईतिहास साक्षी छ
न झुक्न जान्यो ,न लुक्न जान्यो
न भाग्न जान्यो ,न थाक्न जान्यो
बरु स्वाभिमानमा धावा बोल्ने माथि
खुकुरीको धारले बारुदलाई टुक्राएर
चन्द्र सुर्य धोजाको शान बढाउदै
बीरताको ईतिहास रच्न जान्यो
तेस्तै
शान्ती र सह अस्तित्व ज्योति बाली
संसार भरी बुद्ध फिजाएर
सदभाब र भाईचाराको सन्देश बोकेर
शान्तिको ध्वनी फुक्न जान्यो
तर तेही माटो आज
कहिले टायरको बिसाक्त धूवामा अमील्लेर
कहिले फोहोर र दुर्गन्ध किचिएर
निरन्तर निसासिरहेछ ,छटपट्टी रहेछ
"सुन्दर शान्त बिशाल"को खोल पनि
बारुदको छिट्टामा उछिट्टिएर
छिया छिया भै क्षत बिक्षेत भईरहेछ
यहाँ आजका स्वघोषित बिदुरहरु
सकुनी सँग काँधमा काँध मिलाई
निष्ठा र नितिका व्याख्या गर्दै
कहिले तराइ दुखाइ रहेछन
कहिले पहाड दुखाइ रहेछन

आफ्नो उचाई आँफै गिराइ
छानो बालेर मानो सेकाउनेहरु
आँगन खानेर भँडार पुर्नेहरु
कहिले सिन्दुर पुछेर कहिले ममता खुदेर
आफ्नै बिचारको संरचना पनि भत्काइ रहेछन
तेस्तै
सुधारिएको दाबी गर्ने दुर्योधन
संयमताको उदाहरण दिदै
जिर्ण र थोत्रा बिचार धोएर
बिबेकको जलप टल्काइ रहेछन
अनी
साधना बिनाको भक्तहरु
मन्दिर बिनाका पूजारिहरु
बिद्वानको पगरी गुथी
दिग्भ्रमित दर्शन बाँडिरहेछन
चेतना निभेर हो कि
बिबेक गुमेर हो कि
जतिय भेद ,रंगिय भेद
लिंगिय भेद ,धार्मिक भेद
भेदै भेदैमा रंमगिएको
अभाबका अक्रान्त ज्वालाहरु
निभाउनुको साटो दन्काएर
गाली र तालिको खेल खेली रहेछन
अर्का तिर
दाबिले पेट र ख्याउटे अनुहार
कुपोषणमा रन्किएको मुहार
भत्किएका झिना सपना बुन्दै
अस्ताइ सकेको आशाको किरण
हल्लै हल्लाको बस्ती भित्र खोजी रहेछन

खिचातानी र हानाहानीको खेलमा
सदभाबको बिर्को कस्ले थुनीदियो
मार्गदर्शनको बाटो कस्ले भत्काइदियो
आफ्नै घर परदेश भए सरी
बिट फाटेको टोपी भित्र
अस्ताउन लागेको स्वाभिमान छेकी रहेछन
अब त लाग्छ
पसिना माग्ने मेरो माटो
रगतको आहालमा डुबेर
श्रम रोज्ने मेरो माटो
हतियारको धारमा रेटिएर
रोइ रहेछ ,रोइ रहेछ
हुन त
आफ्नो अस्तित्व हराको बेला
सगरमाथाको उधारो शानलाई
बिस्व मानचित्रमा उचालेर
आफ्नो परिचय सिउरिन सक्नु पनि कसरी र?
बारुदको धूवा भित्र बुद्धत्व खोज्दै
कोलाहल र चित्कार छिचोली छिचोली
शान्तिको छरपस्ट धुमिल किरण
संसारको कुनाकुना फिज्न सक्नु पनि कसरी र ?
फेरी
कहिले जातिय बिभेदको पर्खालले छेकेर
कहिले भेष र भुषाको तगारोले बेरेर
कहिले माटोको अंशबन्डा खोजेर
कहिले बाटो भरी आफ्नै हातले काँडा छरेर
नौलो बिहानिलाई मिर फाँट भन्न सक्नु पनि कसरी र ?
तेसैले होस्टे भन्दा हैसे भन्नेहरु
मेची दुख्दा महाकाली रुनेहरु
आज खोइ के भयो
जथ्था जथ्था भई ,हुल हुल भई
ईशाराका पाइलाहरु चाल्दै छन
शक्ती र भक्तिको खेल खेल्दै छन
अब त यस्तो लाग्दै छ
स्वयमभूका आँखले पनि अन्याय सहन जानेको छ
पशुपति नाथले पनि त्रिनेत्र थुन्न थालेको छ
कतै कसैको सहारा नपाए पछी
माटो हो दुखे रुन्छ ,रोइरहेछ
माटो हो खुदे रुन्छ,रोइरहेछ
नरो भन्ने को नै बाँकी भए र यहाँ
यो माटो ईतिहास सम्झेर रोइरहेछ
बर्तमान दुखेर रोइरहेछ
भबिष्य सोचेर रोइरहेछ

Monday, January 19, 2009

बैशले ढल्किएको जवानी दुई बित्ताले छेकेर के हुन्छ र ?
बरु नलुकाएकै जाती ति अंग कसैले देखेर के हुन्छ र ?

छडके नजर लचकलचक चाल लाग्छ म त भएछु बेहाल
लठ्ठी सकेकोछु तिम्रो रुपमा फेरी जाल फेकेर के हुन्छ र ?

नामर्द नि मर्द बन्ला म त उमेरको पाको परे त् के भो
बुडौतीमा झडका लाग्यो अब फेरी लौरो टेकेर के हुन्छ र ?

तिम्रा मुस्कान अघी के मोल बेजान गीत गजलका अचेल
तिम्रो चाल र यौबनको छाल शेरमा लेखेर के हुन्छ र ?

ओल्टे कोल्टे कती फेर्नु निद बैरी भो आज भोली लाग्छ यस्तै
तिमीलाई देखे देखी भोकै कहाँ अब रोटी सेकेर के हुन्छ र ?

Sunday, January 18, 2009

भरियो सिउंदो तिम्रो जब बेहोश भै म लडदै थिएँ
तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डडदै थिएँ

थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ
आँसुले रुझेका रछन थोपा थोपा म पडदै थिएँ

तिम्रो बाटो नदुखोस् कहिले शुभ कामना भन्नै पर्‍यो
एक्लो बाँच्नुमा दुखेको हाँसो तिमी सामु जडदै थिएँ

बारामाला तिम्रो हातमा मेरो गलामा भार थियो
तिमी चड्यौ डोली म जिउँदै चितामा चडदै थिएँ

गाँठो मुटुमा हाँसो ओठमा कस्तो समायोजन त्यो
बाहिर सग्लो देखिए पनि भित्र भित्रै सडदै थिएँ