नयाँ बर्ष,तिमिले एउटा आयम थाल्नु पर्यो
चेतनाको दियालो निभाए तिमीले बाल्नु पर्यो
धुजा धुजा भै मक्की सक्या छ इज्जत आबरु नि
सके देखि आउनु देश यो मिलेर टाल्नु पर्यो
भोका छन यहाँका उपिया उडुस जती डसे नि
खोजि खोजी लेराउ अचुक ओखती हाल्नु पर्यो
खै कसरी कुहियो टाउका ति आलु कुहिए झै
गनाउन थालेछ गिदीको फोहोर फाल्नु पर्यो
माटो दुखे सुखी को चुहिए छाना ओतिन्छ को
हातेमालो गरेर एउटा कदम चाल्नु पर्यो
Thursday, December 30, 2010
Tuesday, December 7, 2010
सबै तिर लुटिए पछि,आँखाबाट पोखिए म
दुई कदम संगै के हिंडेथे, बेसरी ठोकिए म
फुलै बिझ्न थाले पछि काडा बिचरो भयो
दु:खाइमा होस कहाँ, नसोध किन झोकिए म
जिन्दगी तिमी साथ हिडोस यही चाह थियो
तिमी बेग मारी कता पुग्यौ,बिचमै रोकिए म
कहिले रत्न भए कहिले पथ्थर यस्तै भयो
अनुरागमा दाग लाग्यो कौडिमा तोकिए म
मोल मोलाई धेरै भो तिमीले छाडे देखि
लाग्छ समान सरि लीलाममा जोखिए म
दुई कदम संगै के हिंडेथे, बेसरी ठोकिए म
फुलै बिझ्न थाले पछि काडा बिचरो भयो
दु:खाइमा होस कहाँ, नसोध किन झोकिए म
जिन्दगी तिमी साथ हिडोस यही चाह थियो
तिमी बेग मारी कता पुग्यौ,बिचमै रोकिए म
कहिले रत्न भए कहिले पथ्थर यस्तै भयो
अनुरागमा दाग लाग्यो कौडिमा तोकिए म
मोल मोलाई धेरै भो तिमीले छाडे देखि
लाग्छ समान सरि लीलाममा जोखिए म
Tuesday, November 23, 2010
तिमीले जस्तो कालोलाई सेतो भन्न जानिन मैले
आत्मा बन्धकी राख भन्नेका कुरा मानिन मैले
स्वाभिमानको मोल के था इमान बेच्नेहरुलाई
चोर बजारका नक्कली मान शान छानिन मैले
बिना बिधी बिधान, कस्तो पूजाको उपसना गर्नु
शाधक फटाह थे आफुलाई योग्य ठानिन मैले
जलपमा चम्किदैमा सबै पहेलो सुन हुँदैन
जानाजानी पित्तललाई सुन भनी तानिन मैले
जन्दिन भन्थ्यौ लप्पन छप्पन खेल खेल्नलाई
तिमीले जस्तै फेरि मौकामा चौका हानिन मैले

Friday, November 19, 2010
Wednesday, October 13, 2010
सुकेका पेट दुखेका मनमा खुशी बोकेर आउ दशै
चन्ड मुन्डको झुन्ड धेरै भो लात ठोकेर आउ दशै
कौरबको बिगबिगी धेरै हुँदैछ अर्को कुरुक्षत्र रच्न
कपटी सकुनिको जाली पासा रोकेर आउ दशै
घिच्नेहरुले थिच्न छाडेनन निर्धा घाँटिहरु यहाँ
दुर्गा कालीको जस्तै अग्नी ज्वाला पोखेर आउ दशै
मान्छे मान्छेको हुलमा मान्छे भेटिदैन अचेल यहाँ
युग बदल्ने एउटा सच्चा मान्छे खोजेर आउ दशै
जात नेपाली मन नेपाली पन नेपाली धर्म नेपाली
एकै सन्तान एकै घर सदभाब रोपेर आउ दशै

Tuesday, October 12, 2010
Monday, September 27, 2010
तिमीले साट्या मुटु पनि भित्र भित्रै चर्किएको छ
नपत्याए हेर आँखा यि साउन भदौ दर्किएको छ
दुई कदम संगै थियौ बदलियो झै भो जिन्दगी
छदम रैछ ति कदम आज भोली तर्किएको छ
अबोध लाग्थ्यो मन्द मुस्कान ति म माथि छरिएका
बिझेर तिनै पलहरु जिन्दगी यो सर्किएको छ
अब त घाम कहाँ जुन कहाँ सारा तारा टुटे मेरा
छट्पटी छ छाती भरी लाग्छ घाऊ फर्किएको छ
तिमी बिनाको अधुरो यो जिबन मधुरो हुँदै छ
बाँच्नैको लागि बाँचेको यो मन पनि मर्किएको छ

Thursday, September 16, 2010
सुन्दैछु म ,मेची र काली नि चेपिएको छ रे
भुत्ते भो कि गोर्खे खुकुरी नि हेपिएको छ रे
कलापानी सुक्यो भन्छन जंगे पिलर ढल्यो रे
लाजैले हो कि सगरमाथा सेपिएको छ रे
पलायन भए शिप शिल्प रोजी रोटी टिप्न
रित्ता पेट भित्र रिनै रिन खेपिएको छ रे
कतै छिटा रगतका कतै गन्ध बारुदका
बुद्ध फल्ने माटो रगतमा लेपिएको छ रे
दही जम्यो कि त ईतिहास रच्ने हात भित्र
दुख्दा दुख्दै सिमा आँफै तिर ढेपिएको छ रे

Saturday, September 11, 2010
तिमी सम्झी सम्झी दुख्ने मुटु मैले लुकाको छु
आलै छ घाऊ फेरि नि छाती भित्रै सुकाको छु
बिना गल्ती दोषी भए सम्झी तिमी कती रोए
अधुरा सपना बिझाउदा रात दुखाको छु
भर थिए डर भए पर पर तिमी भाग्छ्यौ
न भाग भो तिमी घेर्ने यि नजर झुकाको छु
हार भो कि जित भयो बन्दकीमा छ यो मन
च्याँखे कस्ले थाप्यो बेर्थै ठुलो घाटा चुकाको छु
बिर्सि दिनु भन्छ्यौ तिमी बाँच्ने आधार खोसेर
बरु आउ अटाउ मायाको पारीधी फुकाको छु

Wednesday, August 25, 2010
मनको कुरा मनै भित्र बाँकी नराख
चुक्न सक्छ निशाना नि ताकी नराख
ढुङोको मुर्ती सुन्दैन पुकार मनको
मुटु खोज्न देब देबी भाकी नराख
प्रेम बिना निरश छ जिबन कथा
ढुकडुकी त्यो लाजले ढाकी नराख
झर्नै पर्छ भने किन नफुल्नु फक्री
गुम्सिएर बेर्थै तिमी पाकी नराख
आफ्नो भन्ने पराइ हुन बेर हुन्न
परै बसी आर्का मुटु झाँकी नराख
चुक्न सक्छ निशाना नि ताकी नराख
ढुङोको मुर्ती सुन्दैन पुकार मनको
मुटु खोज्न देब देबी भाकी नराख
प्रेम बिना निरश छ जिबन कथा
ढुकडुकी त्यो लाजले ढाकी नराख
झर्नै पर्छ भने किन नफुल्नु फक्री
गुम्सिएर बेर्थै तिमी पाकी नराख
आफ्नो भन्ने पराइ हुन बेर हुन्न
परै बसी आर्का मुटु झाँकी नराख
Friday, July 30, 2010
छारो उडन थाल्यो अरे आङ कनायौ कि
नाक थुन्न पर्ने भो रे तिमी गनायौ कि
न बनायौ न सघायौ ओतिनु त पर्छ
भत्काएर आफ्नै घर जात जनायौ कि
च्याखे थापी मनहरु कुन पन जित्यौ
खुशी भनी कतै फेरि शोक मनायौ कि
बलिरछ शान मान खरानी नहोस्
निभाउछु भन्दै फेरि तेल खनायौ कि
आत्मा साक्षी राखी हेर एक चोटि तिमी
तिखारेर कलममा धार बनायौ कि
नाक थुन्न पर्ने भो रे तिमी गनायौ कि
न बनायौ न सघायौ ओतिनु त पर्छ
भत्काएर आफ्नै घर जात जनायौ कि
च्याखे थापी मनहरु कुन पन जित्यौ
खुशी भनी कतै फेरि शोक मनायौ कि
बलिरछ शान मान खरानी नहोस्
निभाउछु भन्दै फेरि तेल खनायौ कि
आत्मा साक्षी राखी हेर एक चोटि तिमी
तिखारेर कलममा धार बनायौ कि
Thursday, July 8, 2010
अब देखिका भोली तिमीलाई ,आज आफ्नो हुन देउ
एक्लो भएर बाँच्नु छ अब त ,एक चोटी छुन देउ
पराया गन्ध फैलेला कि कतै ,फेरिएला बोली तिम्रो
राखी छातीमा आजै शिर मेरो ,एक चोटी रुन देउ
पुछनु निको पुरानो याद ति ,धेरै छन आँसु यहाँ
मायामा दाग नलागोस फेरि ,आलो छदै धुन देउ
पागल ठान या निरह भन मेटिदै छु सुस्त सुस्त
थुनेर राख्छु नाता मुटु भित्रै ,आज बह फुन देउ
बेसुर छन ताल जिबनको ,तिम्रो अन्तिम श्पर्समा
उधारो हांस्न सक्छ कि यो मन ,एक ताल बुन देउ

Saturday, June 19, 2010
शुभकामना ,तिम्रो जन्म दिन सुखमय होस्
हटी हरेक बाधाहरु तिम्रो सधैं जय होस्
जिन्दगी हो यो उताब चडाब हुन पनि सक्ला
निराशाको बादल फाटी खुशीको उदय होस्
शुसिल शिस्ट हुन तिम्रा व्यबहार सदा सदा
अनि मधुर बोली गीत संगीतको लय होस्
बिघ्न बाधाले रोक्न सक्छ आशाका किरणहरु
नशा नशामा जोश पसी सधैं उमंग नय होस्
जय बिजय गर गहना हुन कामना भो यो
चिरन्जिबी सधैं तिमी आयु बिसासय होस्
हटी हरेक बाधाहरु तिम्रो सधैं जय होस्
जिन्दगी हो यो उताब चडाब हुन पनि सक्ला
निराशाको बादल फाटी खुशीको उदय होस्
शुसिल शिस्ट हुन तिम्रा व्यबहार सदा सदा
अनि मधुर बोली गीत संगीतको लय होस्
बिघ्न बाधाले रोक्न सक्छ आशाका किरणहरु
नशा नशामा जोश पसी सधैं उमंग नय होस्
जय बिजय गर गहना हुन कामना भो यो
चिरन्जिबी सधैं तिमी आयु बिसासय होस्
संसार हो साथी मान्छेले ढुङो नि देउता बनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन
उधारोमा नाम किनेर निर्लज दात ङिच्याउदै
सुझबुझ नभा स्वाँठ नै आँफैलाई ज्ञाता भनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन
भरोसाको पासो थापेर मौकाको खोचे थाप्नेहरु
निचोरेर घाँटी निर्धाको जितको खुशी मनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन
संस्कार सिक्न बिर्सें कि कुरिती भित्र रुमल्लिदै
उडे पनि उडोस् छारो त्यो आफ्नैले आङ कनाउछ्न
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन
कठैबरा ! हाम्रो यो धरा किन भो दुर्घन्ध यतिखेरा
नहोस नि किन यहाँ त मान्छेकै बोली गनाउछन

Wednesday, June 16, 2010
जिन्दगी हिसाब माग्छ घटाऊ भने नि तिमीलाई
बन्धकीमा छ यो मुटु अटाउ भने नि तिमीलाई
बिधान बिधिको कस्तो सोचेको एउटा लेखियो के
निभेको छु म उज्यालो खटाउ भने नि तिमीलाई
स्वार्थले घेरेको छ कि घेरिए बन्धनको पासोमा
आत्माले धिक्कार्छ कि हटाउ भने नि तिमीलाई
मायाको साधना गर्छ्यौ तिमी म बुझ पचाउछु
पापको भयले पोल्छ ठटाउ भने नि तिमीलाई
जिबन खातामा छाप अमिट छ नशा नशा भित्र
सकिन सक्तिन होला कटाउ भने नि तिमीलाई

Wednesday, June 9, 2010
अरबको तातो घाममा तिम्रो मान्छे ढल्यो भन्दिनु
तिम्रै नाम जप्दा जप्दै उस्को श्वास चल्यो भन्दिनु
पूर्णिमाको जुन जस्तै तिम्रो रुप सजाउछु भन्दै
सुन टिप्न गाको मान्छे आगो भित्र बल्यो भन्दिनु
जिर्ण भको शरीर त्यो खियाउदा खियाउदै
मर्नु अगि दुब्लाएर सियो जस्तो गल्यो भन्दिनु
खुशी निखन्छु भन्दै आँसु पुछने तिम्रो आधार
निराधार भो रे सपनाले पनि छल्यो भन्दिनु
उफ्री उफ्री छुन सकिन आकाश भन्दै रुन्थ्यो
कती थे रे आशाहरु उसै संग जल्यो भन्दिनु

Thursday, May 13, 2010
शान्ति जित्न युध्दमा बुध्द पनि खटायौ रे
सुन्छु फेरि नचिनी शान्ति डाँडो कटायौ रे
रंङ उस्तै नचिन्नेलाई जे अर्थ लाए नि
खोइ के भो चिनी हो भनि नुन चटायौ रे
पानी सुक्यो भन्छन आगो बोल्न थाले पछि
गाम बस्ती जे होस ज्वाला राप रटायौ रे
सुर छैन बेसुर भको हो कि के के बोल्छ्यौ
हल्लै हल्ला छ यहाँ सुने तिमी छाटायौ रे
लुरे लाम्रे छैनन लुते कुकुर त अचेल
तर्साउछु भनेर फेरि नाङ्लो ठटायौ रे
सुन्छु फेरि नचिनी शान्ति डाँडो कटायौ रे
रंङ उस्तै नचिन्नेलाई जे अर्थ लाए नि
खोइ के भो चिनी हो भनि नुन चटायौ रे
पानी सुक्यो भन्छन आगो बोल्न थाले पछि
गाम बस्ती जे होस ज्वाला राप रटायौ रे
सुर छैन बेसुर भको हो कि के के बोल्छ्यौ
हल्लै हल्ला छ यहाँ सुने तिमी छाटायौ रे
लुरे लाम्रे छैनन लुते कुकुर त अचेल
तर्साउछु भनेर फेरि नाङ्लो ठटायौ रे
Monday, May 10, 2010
बगे कति मेरा आँसु तिम्रो साथ छुटे पछि
किन आयौ यति खेरा मुटु फेरि फुटे पछि
चर्की चर्की दुख्छ छाती हर दिन हर राती
यस्तै हुदो रैछ क्यारे मनको नाता टुटे पछि
दिन पनि रात भयो अंधेरोको राज भयो
तिम्रो लागि साँच्या माया अरुले नै लुटे पछि
संग संगै खोप्या चिनो झिनो भयो जस्तो लाग्छ
जथाभाबी दिललाई आर्का मन्ले खुटे पछि
बन्द खाम बन्दै होस् बेर्थ हुन्छ अर्थ अब
आँट कहाँ खोल्न शब्द शब्दले चुटे पछि

Tuesday, February 23, 2010
धुजा धुजा भै सके'छि जिन्दगी फुकायौ किन
आँफै मक्काको छु टाल्न पहिले लुकायौ किन
चिराचिरा भै फुट्या छ मुटु सिंच भनु भने
रुदारुदा बाँकी भा'को आँसु नि सुकायौ किन
मन मुटु धितो राखी उधारो बाँचिछ्यौ तिमी
पल पल दुख्दै आफ्नै जिबन चुकायौ किन
श्रदा हो कि भ्रम तिम्रो पत्थर देबता भो रे
माने मनै मन्दिर हो फेरि माथा झुकायौ किन
फुकाउछु भन्नेले नै कस्छन मुटुमा गाँठो
प्रभाहको धार नबुझी आधार दु:खायौ किन

Friday, February 12, 2010
Thursday, January 21, 2010
तिम्रो यादमा बग्दा आँसु नि प्यारो लाग्दो रैछ
दुखे पनि मुटुमै छ्यौ झिक्न गारो लाग्दो रैछ
मनै चुहियो मुटुबाट टाल्न सकिन छाती
बिझे पछि बाचा नि आँखको छारो लाग्दो रैछ
घातको छालले भरोसामा सुनामी लेरायो
डुबेर बाँच्दा जिबन नै अध्यारो लाग्दो रैछ
निसाना ताक या चलाऊ गोली घाइते भै सके
तिमीलाई सधैं मेरै छाती तारो लाग्दो रैछ
लिनु दिनुको हिसाब राखीन तिर्नु कसरी
तिमी सँगका हर पल उधारो लाग्दो रैछ

Tuesday, January 12, 2010
आज भोली हरेक रात आँसुले धुन थालेको छु
होश दुख्छ र त मदिराका प्याला छुन थालेको छु
अनुरागमा दाग थियो या घात मेरो भाग थियो
समाधान नपाएर आँफै प्रश्न हुन थालेको छु
शुभकामना कुशल मंगल तेस्तै भो यो जुनीमा
आफ्नै मृत्युमा बजाउने शोकको धून थालेको छु
बिचलन भ'का बिचारमा सन्तुलन हुन्छ कहाँ
गल्ली गल्ली बेबारिस मन्को बह फुन थालेको छु
बदनाम छु गुमनाम थिए चर्चाको शिखर चडे
मायाको उप्लब्धी हो कि मन्थन पून थालेको छु

Subscribe to:
Posts (Atom)