धुजा धुजा भै सके'छि जिन्दगी फुकायौ किन
आँफै मक्काको छु टाल्न पहिले लुकायौ किन
चिराचिरा भै फुट्या छ मुटु सिंच भनु भने
रुदारुदा बाँकी भा'को आँसु नि सुकायौ किन
मन मुटु धितो राखी उधारो बाँचिछ्यौ तिमी
पल पल दुख्दै आफ्नै जिबन चुकायौ किन
श्रदा हो कि भ्रम तिम्रो पत्थर देबता भो रे
माने मनै मन्दिर हो फेरि माथा झुकायौ किन
फुकाउछु भन्नेले नै कस्छन मुटुमा गाँठो
प्रभाहको धार नबुझी आधार दु:खायौ किन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment