Friday, September 19, 2014

कहिले कसो म रिसाए भने तिमी फकाउन आउनु
जे जसो छु तिम्रै लागि छु म मनमा बसाउन आउनु

सताउला कैले  तिमीलाई हसाउला कैले फेरि
यस्तै हुन्छ पिरतिमा मायाले थुमथुमाउन आउनु

मेरो लागि सबै तिमी तिमी बिना म अधुरो अपुरो छु
भागे झै गरे भने मैले कैले कसो समाउन आउनु
मेरो जस्तै तिम्रो पनि रात जागा हुँदो हो कि
बितेका ति पल सम्झी तिम्रो मन नि रुँदो हो कि

बहकियो होला मन मेरो जस्तै तिम्रो पनि
गल्तिको महसुसले तिम्लाई नि छुँदो हो कि

तिमी जितेरै हार्‍यौ म त आँफै नि हारेको मान्छे
आबेगको फैशला थ्यो सम्झी सताउँदो हो कि

न भो खुशी बसमा न सक्यौ फाल्न दुखै पनि
बेदनाले पोले पछि कसै संग बह फुँदो हो कि

Tuesday, September 9, 2014

प्याला चढनु पर्छ अनी लुते पनि शुरा हुन्छ
काम भन्या यस्तै तेस्तै ठूला ठूला कुरा हुन्छ

बन्नु र नबन्नु संग किन राख्नु सरोकार
बजेट त आओस काम त कागत मै पुरा हुन्छ

पसिना माग्छ माटो दिन्छ्यौ तिमी बली रगतको
प्राप्ती के भो आफ्नै नारिको याँ फुट्या चुरा हुन्छ

भबिष्य कोर्छ बर्तमान नि जोडछ कलमले
कलममा आधार छ फलाममा  त छुरा हुन्छ