Friday, June 14, 2013

सक्छ्यौ भने दिलैबाट झिक टन्टै सकिन्छ
न बाँस न बाँसुरी जिन्दगीमा लन्ठै सकिन्छ

कति बस्नु टडपिएर भित्र भित्रै छडकिएर
पापी मन कता कता उडछ आँफै भडकिएर
हुन्न भन्छ्यौ छुन्न भन्छ्यौ जान्न कतै घुम्न भन्छयौ
ओठमा मन्द मुस्कान बोकी ,बोल्छ्यौ किन मस्किएर

मन्को कुरा मन्मै राखी बोल्छ्यौ फेरी जोखी जोखी
प्यासी आँखा आँफै बोल्छ जती खोज राख्न रोकी
दुनियाँको डरले हो कि लाज शरमले हो कि
पर पर भाग्य जस्तो गर्छ्यौ ओठ टोकी टोकी
तिमी बिना मेरो जिबन खरी झरेको मादल भा'छ
बर्सिन्छ यो घरी घरी साउनको बादल भा'छ

न होश छ आजभोलि न बोल्छु ठेगानाकै बोली
कता पुग्छु किन पुग्छु मेरो यो मन्नै पागल भा'छ

न छ् कतै आफ्नोपन ,न पाउछु आफ्नो भन्ने मन
खोक्रो भे 'छी के काम यो ज्यानै आफलताफल भा'छ

उधारो खुशी टिक्छ कति ब्याजमा आँसु भए 'सी
चोटै चोटमा हाँसे पनि लाग्छ यो भाग्य घायल भा'छ

Wednesday, June 12, 2013


तिमीलाई खुशी मिल्छ भने छेकबार हुन्न म
जति बगोस भित्रै बगोस आँसु देखाएर रुन्न म

तडपिन सक्छु एक्लै म बरु रोक्दिन तिम्लाई
छुनु आकाश तिम्रा रहरलाई कदापी छुन्न म

अतितका याद साथ लिई बाँचुला कति अब
सक्तिन तिमी बिना जिबनमा अरु कोही चुन्न म

तिमी बिनाका पलहरु कति शुन्य होलान् कुन्नी
फलोस फुलोस तिम्रो नराम्रो सक्तिन सुन्न म