लाजै लाग्छ छि ! ट्वाल्ल परी हेर्छ एकोहोरो
मुसुमुसु हाँस्छ हिस्सी पर्या क्या राम्रो छ फेरी मोरो
मस्त चाल घुम्रिएको बाल मिलेको जिउडाल
झन झन चन्चल भो मन कस्को होला छोरो
जुगाको रेखी हल्का दारी आबाज छ भारी
रसिलो ओठ मिलेको दन्त न कालो न गोरो
मादक छ हेराइ भुतुक्कै पार्छ कस्तो कस्तो
हलचल भो दिल यो गासौ कि मायाको डोरो
Saturday, December 31, 2011
घातको साथ पाएको धापको के काम सानी
आफ्नै छानो सेकी पाको तापको के काम सानी
खडेरी छ देश भरी माटो चिरा चिरा भा 'छ
अझै चिरा पार्ने घामको रापको के काम सानी
नयाँ दर्जी नयाँ ढाँचा के के सिउछु भन्छ
लाज ढाक्ने टालो छैन नापको के काम सानी
साँध सिमा मिचिदा नि टुलुटुलु हेरी बस्ने
बनको स्याल जस्ता लुते सापको के काम सानी
रुखो पिठो जे छ खाउ मिठो मसिनोको लोभमा
घर बारै जाने सहि छापको के काम सानी
आफ्नै छानो सेकी पाको तापको के काम सानी
खडेरी छ देश भरी माटो चिरा चिरा भा 'छ
अझै चिरा पार्ने घामको रापको के काम सानी
नयाँ दर्जी नयाँ ढाँचा के के सिउछु भन्छ
लाज ढाक्ने टालो छैन नापको के काम सानी
साँध सिमा मिचिदा नि टुलुटुलु हेरी बस्ने
बनको स्याल जस्ता लुते सापको के काम सानी
रुखो पिठो जे छ खाउ मिठो मसिनोको लोभमा
घर बारै जाने सहि छापको के काम सानी
Thursday, December 29, 2011
काश !ति पुराना पलहरु, फेरि दोराउन पाए
तिमी संग साथ बिताउने ,भाग्य कोराउन पाए
दुङालाई पनि देब भन्थे,माथा टेक्थे मुर्तिको नि
तिम्रा दु:ख सुखमा साथ भै ,जिबन डोराउन पाए
बदमाश छ मन झन झन ,अझै बदमाश हुन्थे
तिम्रा भागका अलिकती ति ,पल चोराउन पाए
कति आए उकाली ओराली ,आउला अझै कति
भाग्य ठान्थे तिम्रा पथका पहरा फोराउन पाए

Saturday, December 24, 2011
हरपल हरघडी हिडनै पर्ने यो टेडो जिन्दगी
चाहेर या नचाहेरै बग्नु पर्ने गल्छेडो जिन्दगी
कति बुने सपनाका घरहरु बिपनामै टुटे
एउटा सोच्यो अर्को हुने कस्तो रैछ बखेडो /जिन्दगी
आफु भलो जगत भलो हुन्न रैछ सोचे जस्तो यो
सिधा हेर्दा बांगो देख्ने अजिब छ यो डेडो जिन्दगी
बाँच्नैको लागि बाँचेको हुँ कि बाँच्नु बिबशता मेरो
चुस्दा चुस्दै निख्रिएको लप्सि पो हो कि गेडो जिन्दगी
धिक्कार्छु जन्मिएर बोझ भए कि देशको म पनि
लैलैमा नै पछि लाग्ने बिना सोचको यो भेडो जिन्दगी

Sunday, November 27, 2011
Friday, November 11, 2011
उज्यालो नै देख्न नपाई रात हुन लाग्यो रे
भर थियो तिम्रो कुठारघात हुन लाग्यो रे
कलीयुगको राम राज्य यस्तै हुँदो रैछ कि
सुन्छु चोरलाइ चौतारीको बात हुन लाग्यो रे
घाइते भै ढलेको छ बिचारो निरह शान्ति
उठोस् कसरी बारुद सौगात हुन लाग्यो रे
सबको आश अब बिस्तारै लाश हुँदै छ यहाँ
खुशी मर्यो मलामिको शुरुवात हुन लाग्यो रे
बिबेकमा बिर्को लाग्यो कि बुद्धी धेरै भो तिम्रो
जाली फटाहाको टोली पो साथ हुन लाग्यो रे

Friday, October 28, 2011
तिम्रो भाषा आज अतिक्रमणमा परेको छ
तिम्रो भेष आज संक्रमणमा परेको छ
तिम्रो जिर्ण भएको बुढो मुनामदन
आज धरासायी हुँदै छ
तिम्रो आँफ्नै सन्ततिहरु
तिम्रो अस्मिता माथि धाबा बोल्दैछन
नितिका श्लोकहरु पुरानो भयो रे
तेसैले र्यापमा झ्याप हुँदै छन
बिचारमा खडेरी परेको हो कि नाकाबन्दी भको हो
कुहिएका गुदिहरुले गिदी भरिएका हुन कि
उधारा गिदिहरुले चलेका टाउका हुन
दुर्गान्धले ब्याप्त भाछ
तेसैले
कहिले जातिय बिभेदको राँको फुकी
कहिले संघियताको आगो बोकी
आफ्नो छाक पोल्न छानो फुक्नेहरु
घर जलाई हात सेकी रका छन
तेसैले
तिम्रो कान्तीपुर कोलाहल र भिडमा अल्मल्लिएको छ
प्यास र अनिकालले जकडिएको छ
आतंक र हिसाको चोटले रन्थनिएको छ
सदभाब र भाईचारा बिर्सिएर
यहाँ हरेक दिन तान्डब हुन्छ
पसिना माग्ने माटो रगतले लथपतिदा
पौरख खोज्ने हात दिनानुदिन पलायन हुँदा
टुलुटुलु हेर्ने अगुवा मान्छे भनाउदाहरु
निहित स्वार्थको लागि देश बेच्न के बेर
तेसैले देबकोटा बाजे
एउटा जथ्था लिएर आउ तिमी
जस्मा निती बोक्ने बिदुर पनि होस
शान्ती बोक्ने बुध्ध पनि होस
जनता बुझ्ने जनक पनि होस
नत्र फेरि
हाम्रो स्वाबिमानमा खोट आउनेछ
हाम्रो अभिमानमा चोट आउनेछ
हुन सक्छ
शान्ती जित्न बुद्ध युद्धमा खटाउने छन
कलमको साटो बारुद थमाउने छन
तेसैले बिन्ती
एउटा सुन्दर अमरआबती लिएर आउ
एउटा सुन्दर कान्तिपुरी लिएर आउ
म मेरो माटोमा म भएर बाँच्न पाउ
आउ मलाई बच्चाउ
मेरोम देश्लाई बचाउ

Tuesday, October 18, 2011
तिमीलाई दुख्दा छुन नमिल्ने यि हात भएर के गर्नु
सुन्दैन रे उसले तिम्रो कुरा ,उ साथ भएर के गर्नु
पराइ भनु आफ्नो लाग्छ,आफ्नो भनु बात लाग्छ होला
न छुनै सक्छु,न सम्झी रुनै,इच्छाको खात भएर के गर्नु
मन मिलेर नि बग्न नसकेको अधुरो माया भो हाम्रो
तिमी बदलिएकी छ्यौ संगै संगै रात भएर के गर्नु
तिम्रो हेराइमा कति माद थियो, कति उन्माद थियो
अचेल निरश छ्यौ तिमी म मा मात भएर के गर्नु

Monday, October 3, 2011
शुभ होस दशै भन्दै कति रटनु पट्टु सरि
भोक र रोगले सुकेको छ पेट यो टट्टु सरि
खेरा गयो पोहोर पनि शुभकामना दशैको
शान्ति कता पुग्यो बोली भो मेरो छट्टु सरि
सुख सम्ऋद्धी तेस्तै भो ऋणको बोझ थपियो
लाचार भै चुपचाप भाछु म फेरि लठ्ठु सरि
सुरका कुरा धेरै भए बेसुर छ ताल देशको
दानब नै देब देखे कि! कि मै छु मठ्ठु सरि

Sunday, September 18, 2011
अरुको भए आँसु हुन्थ्यो मेरो चाँही पानी भो रे
लुटने तिमी लुटिने म फेरि तिम्रै हानी भो रे
तिमी नै थियौ एक, मेरो लागि हजारौ लाखमा
आँखा छल्छयौ तिमी फेरि मेरै मनमानी भो रे
टोली पिच्छे लोली मिलाई के के लेनदेन गर्यौ
इमान बाँकी कहाँ तिम्रो फेरि बदनामी भो रे
निर्दयीताले सिमा नाघेछ ,मायाको के कुरा
सुन्छु अचेल मुटु रेटने अर्को बानी भो रे
संसारै यस्तो लेखाजोखा कस्ले राख्छ र यहाँ
दान थ्यो कि ज्यान बिष दिने पनि दानी भो रे

Saturday, August 20, 2011
छल्काएर कती कुरा तिम्रो आँखा बोल्दो होला
सकिन कि बुझ्न मैले मनको पिर खोल्दो होला
आर्का घाऊ कसलाई दुख्छ र सुमसुमाउन पनि
भाग्य सम्झी सम्झी रोला मन थुमाथुमाउन पनि
मनको घाऊ दुख्ला तिम्रो मुटु कती पोल्दो होला
छल्काएर कती कुरा तिम्रो आँखा बोल्दो होला
उडदो होला त्यो मन पखेटा नै कटिदा पनि
सहदै पर्दो रैछ तिमीले टेक्ने धर्ती फाँटिदा पनि

Friday, August 12, 2011
बिझाएर हाँस्नु भन्दा निभाएर रुनु जाती,,,
दुख्नु जति दुखी सके रुन्न अब साथी !!!
फुल भनी सजाएछु तिखो काँडा थियो कि
घोची रैछ शोला बनी अझै यही छाती माथि
कहिले दुख्छु कहिले फुक्छु यस्तै छ काहानी
झस्किएर याद रुन्छ खुलै हुन्छ आँखा राती
मनमा पस्न सकिएन आफ्नै जस्तो लाग्थ्यो
सुमसुमाएर छुरा उन्ने आफ्नै भए घाती

Thursday, August 11, 2011
यसै पनि राम्री छ्यौ तिमी त लाखौं हजारमा
तिम्रा लागि फिका सबै के किनु म बजारमा
जब जब देख्छु तिमी किन किन यस्तो लाग्छ
फुर्सदमा तिमी बन्यौ बाँकी अरु हतारमा
तिमी हाँस्दा गुरांस फुल्छ मनको बनै भरी
अब किन चाहियो फुल र खोजु बहारमा
हिरा मोतिको मोल हुन्छ तिम्रो हाँसो अमुल्य
मुस्कान नै काफी हुन्छ पाए त उपहारमा

Wednesday, July 6, 2011
Sunday, June 26, 2011
तिमी जहाँ खुशी त्यहाँ सधैं तिम्रै हुन पाउ
हर घडी साथ भई तिम्रा दु:ख छुन पाउ
तिमीलाई ठेस लाग्दा मलाई दुखोस बरु
हाँस्न बिर्सें बिर्सु म नै, तिम्रा आँसु रुन पाउ
तिम्रो चित्त दुख्दा मेरै मन फाँटे फाँटोस
एक एक गरि तिम्रा पिर ब्यथा धुन पाउ
तिमी खसाल्दै छ्यौ जती, उती म बसाल्दै छु
निभेको छु, सक्छु भने अलिकती जुन पाउ

Tuesday, June 21, 2011
Tuesday, June 7, 2011
टोली पिच्छे बोली फेर्ने जिब्रोलाई चलाउनु हुन्न
आत्मा ग्याली होला कतै आँफैलाई छलाउनु हुन्न
उर्लेर के! कुर्लेर के! खहरेको के भरोसा भो र ?
होश गर्नु बगाउला आसपास पलाउनु हुन्न
स्वबिबेक धितो राखी कस्तो गर्ब हुन्छ कुन्नी खोइ ?
पोल्ला कतै चुलो फुक्न आफ्नै हात जलाउन हुन्न
राम राम धेरै भयो छलछाम गर्नेहरु बिच
पाप पुण्य चिन्ने ले त मन्मा लोभ फलाउनु हुन्न
कालो कालै हुन्छ रंग बदलेर सेतो बनाएर
आस्थाले बनाएको धरोहर ढलाउनु हुन्न

तिमी आयौ र त हाबा पनि मगमगायो
के भो के भो दिल मेरो त्यसै सकसकायो
पिर्लिक्क पारी आँखा के खोलेथ्यौ तिमीले
कुन्नी किन होला सारा शरीर सकसकायो
दुरी घट्यो श्वास बढ्यो मुटु तेज तेज चल्यो
डर त्रास यती भो कि खुट्टै लगलगयो
के गरु कसो गरु छटपटी धेरै भयो
मन बेकाबु थियो धर्य नि डगमगायो
तिमी हाँस्यौ बल्ल सहज भयो मौषम
कुइरोले ढकेको मन बल्ल जगमगायो

Thursday, June 2, 2011
Thursday, May 26, 2011
Wednesday, May 18, 2011
ग्रह दशा बिग्रो क्यारे, देशलाई राहु केतुले छोको छ
लौन धामी झाक्री, डाम्न पर्यो देश डस्ने कोको छ
लुतो खोरेत के हो कुन्नी,टन्की रहने कस्तो महामारी
फुटाउ आउ अब, देश भरी पाप भरिएको फोको छ
गिदी कुहिए पछि टाउको के काम, खाली गनाउछ
फाँकौ अब साथी,यहाँ धेरै सडेका बिचराको पोको छ
सियो देखि हात्ती निली सक्यौ अब के नै बाँकी छ र निल्न
सुन्दा पनि तज्जुब लाग्छ घिच्नेहरु अझै कति भोको छ
बारुद बोल्छ बस्ती बस्ती कुजो भको छ पहरा र गस्ती
बुद्ध फेरि शान्ती रोपुन अब बस यही एक धोको छ

Monday, May 2, 2011
सेबक हाजिर छ जब हजुर बोलाइसिन्छ
बैशमा यस्तै हो मैसाप किन टोलाइसिन्छ
के के गर्न जान्या रैछ यो गरीबले नि हजुर
मौका त दिएर हेरिस्यो ब्यर्थै किन लोलाइसिन्छ
जस्ले हान्यो तेस्ले जान्यो निशानाको कुरा हजुर
कल्पी कल्पी बस्दै फेरि मन किन घोलाइसिन्छ
आँट कहाँ म नाथेको मनको कुरा खोलु भने
मन बुझे सबै खोल्छु जे जे हजुर खोलाइसिन्छ
श्पर्शको लालच छ , छनक मात्र दिस्यो हजुर
सबै कुरा मोली दिन्छु जे जे हजुर मोलाइसिन्छ

Tuesday, April 19, 2011
भय लाग्छ अचेल, देश हराको सुन्न पर्छ कि!
दौरा सुराल बिर्सी,धोती कुर्ता पो उन्न पर्छ कि!
ईतिहासको ब्याज सकियो,बर्तमान धितोमा छ
पराधिन भै कतै,स्वाभिमानै थुन्न पर्छ कि!
चन्द्र सुर्य लाजले झुक्यो गोर्खे खुकुरी भुत्ते छ
धुजा भो साँध सिमाना,सबै मिली तुन्न पर्छ कि!
माटो कस्ले चिन्यो र यहाँ,इमान बेच्ने गाउँमा
चोरलाइ चौतारी धेरै भो, शूली चुन्न पर्छ कि!

Wednesday, April 13, 2011
नयाँ बर्ष तिमी खुशीको अंकुर लिएर आउछ्यौ कि
बेसुरमा छ रे देश एक शुर लिएर आउछ्यौ कि
कतै छिटा रगतका, गन्ध कतै बारुदका छरिए रे
चाहिएन सुनको लंका कान्तिपुर लिएर आउछ्यौ कि
पाइला पाइला हाबी भयो ,कपट निती भन्छन
सकुनीको बिगबिगी भो रे ,बिदुर लिएर आउछ्यौ कि
घडा त्यो पापको भरिदा पनि चुप छ जगत सारा
सेक्नु पर्यो पुर्पुरो पापीका,उजुर लिएर आउछ्यौ कि
मेरो प्यारो धरा बिचरा पारीदै छ अरे चिरा चिरा
मन मिलाउने बिचारको नुर लिएर आउछ्यौ कि

Friday, April 1, 2011
हुने भए घोटनु हुन्थ्यो माया चिन्ने कसी
आत्मा साक्षी राख्दा पनि खोज्ने थिनौ दसी
हाँस्न मैले हुन्न कि त पाए कर्म यस्तै
सक्ने भए पुछ्थे बरु भाग्य लेख्ने मसी
मुटु फोडने खेल खेल्छ्यौ भन्ने जान्या भए
रुनु पर्ने थेंन आज तिम्रो जालमा फसी
संगै बांच्ने कसम खा थ्यौ देब देउता भाकी
बोल्दो रन्छ कहिँ मुर्ति हाँस्यो मौन बसी
सहनुले सिमा नाघ्यो ब्रज खस्यो मनमा
सबै खुसि कता लग्यो आज आसु पसी
आत्मा साक्षी राख्दा पनि खोज्ने थिनौ दसी
हाँस्न मैले हुन्न कि त पाए कर्म यस्तै
सक्ने भए पुछ्थे बरु भाग्य लेख्ने मसी
मुटु फोडने खेल खेल्छ्यौ भन्ने जान्या भए
रुनु पर्ने थेंन आज तिम्रो जालमा फसी
संगै बांच्ने कसम खा थ्यौ देब देउता भाकी
बोल्दो रन्छ कहिँ मुर्ति हाँस्यो मौन बसी
सहनुले सिमा नाघ्यो ब्रज खस्यो मनमा
सबै खुसि कता लग्यो आज आसु पसी
Tuesday, March 29, 2011
Sunday, March 27, 2011
छल्काएर आँखा भरी खुशी किन झार्यौ भन
संसारै पो जित्छु भन्थ्यौ अब केके हार्यौ भन
बाँझो हुँदा तर्की दियौ डुबानमा छु दर्कीदियौ
निस्सिदा म, अरु कस कसलाई तार्यौ भन
मन मुटु मिले पनि शंका पसे लंका डड्छ
भत्काएर आफ्नो घर कता डेरा सार्यौ भन
भाग्यमा नै ठेस लाग्यो जिन्दगी त लड्ने नै भो
साहाराको खाँचो हुँदा अन्तै कता चार्यौ भन
घाम हुँदा छाँया थिए तिम्रो सधैं दाँया थिए
बहकीयौ कि आँफैले किन आँफै मार्यौ भन

Friday, March 25, 2011
Monday, March 14, 2011
Wednesday, March 2, 2011
तिम्रो याद आँखा भरि पो छल्कियो
निभ्ला भन्यो जल्या मुटु झनै सल्कियो
बिर्सु भन्छु पुराना पलहरु
झन उर्लिन्छ आसुका भलहरु
रोकिएन
घतै घात बिझेको यो छाती
चस्की चस्की दुख्छ झन राती
हासी हासी गरेका छलहरु
बिथोल्छन मनका हलहरु
सकिएन
लेख्न नपाई सकियो यो जिन्दगी
भर्न नपाई पोखियो यो जिन्दगी
आसै आसको ति लाशहरु
हेर्दा हेर्दै जलेका आशहरु
निभिदेन
निभ्ला भन्यो जल्या मुटु झनै सल्कियो
बिर्सु भन्छु पुराना पलहरु
झन उर्लिन्छ आसुका भलहरु
रोकिएन
घतै घात बिझेको यो छाती
चस्की चस्की दुख्छ झन राती
हासी हासी गरेका छलहरु
बिथोल्छन मनका हलहरु
सकिएन
लेख्न नपाई सकियो यो जिन्दगी
भर्न नपाई पोखियो यो जिन्दगी
आसै आसको ति लाशहरु
हेर्दा हेर्दै जलेका आशहरु
निभिदेन
Wednesday, February 23, 2011
सबै बाटा बन्द थिए म रोए छटपटाइ
तेसै दिन भगवान मर्यो के हुन्थ्यो कराइ
कहाँ हुँदो रैछ यहाँ दु:ख थाप्ने साथी
थेग्नु पर्दो रैछ आकाश खस्ता आँफै माथि
चर्क्या छाती चर्की रह्यो के हुन्थ्यो र सुम्सुमाइ
तेस्सै दिन भगवान मर्यो के हुन्थ्यो र कराइ
कहाँ पाइदो रैछ मुक्ती खरानी घसी
न मिल्यो कतै भाग्य सच्याउने मसी
साथ भरी घात बिझ्यो आफ्नै भए पराइ
तेसै दिन भगवान मर्यो के हुन्थ्यो कराइ
तिमी हार्दाको चोट आँखामा तप्किन्छन
जलेको छ छाती आगो अझै लप्किन्छन

Thursday, February 17, 2011
मान्छेलाई मान्छेको नै यहाँ किन डर लाग्छ
देखिदैन देब, फेरि किन उसकै भर लाग्छ
शंकाले लन्का पिटछ,चिन्ताले चिता खन्छ
बिश्वासको धागो छिने पछि सबै पर लाग्छ
कति मन आस माग्छन कति प्यास माग्छन
बास माग्नु कता तिम्रो मुटु मेरो घर लाग्छ
म टुटनु र फुटनु भाग्यको खेल हुन सक्छ
मेरो खुशी तिमी हाँस किन यस्तै र'र लाग्छ

Wednesday, February 16, 2011
Saturday, February 12, 2011
देख्नेले के भन्लान छि: किन यसरी तानेको
जे गर्नु एकान्तमा गर्नु, कैले छैन र मानेको
ठाँउ न ठहर छ्या कस्तो गर्नु भा यस्तो रहर
अटेरी नहुनु, छु मैले नि त फेरि जानेको
मात्तेको किन? के छ र नजरमा त्यस्तो मेरो
लठ्ठ हुनु भो त, छैन जादु टुनाले हानेको
कटिन सक्छ कुरा कति,चियो चर्चा होला फेरि
शरम मान्नु अली कती त,किन ख्याल ठानेको
फुक्न मन न भाको कहाँ हो र मलाई पनि
रिसानी माफ होस है , समाजले छ बानेको

Thursday, February 10, 2011
आँखा भरी रसाका छन यादहरु रोक्न नि सकिएन
जिन्दगी नै भारी भा छ अचेल त बोक्न नि सकिएन
पूजा गरे तिम्रा लागि बरदान दियो अरु कसैलाई
ढुङै रैछ मुर्ती पनि देब भनि ढोग्न नि सकिएन
म किनरा नपाइ डुबे माझधारमा तिमीले छाड्यौ
हेर्दा शान्त थियो धार गहिराइ जोख्न नि सकिएन
बिझ्छ छातीमा पुराना ति पल फेरि जतन गरी राछु
हद कति थियो माया भित्र सिमा तोक्न नि सकिएन

Sunday, February 6, 2011
Wednesday, January 12, 2011
भाग्यलाई दोष द्याछु भैगो साथ हुनु पर्दैन तिमीले
फुट्नेको नै दुख्छ मुटु साखिली भै रुनु पर्दैन तिमीले
दु:खाइमा समयले सिकाको छ हाँस्न अचेल मलाई
च्यातिएको छाती पनि सिकाको छ गाँस्न अचेल मलाई
चाराए नि चराउन घाऊहरु छुनु पर्दैन तिमीले
म हुनु र नहुनुमा के फरक पर्छ र अब तिम्लाई
निभेको छु बाल भनि कस्ले कर गर्छ र अब तिम्लाई
जति लागे कलंकका दागहरु धुनु पर्दैन तिमीले
आँखा भरि भरि छन थोपा थोपा तिनै पुराना पलहरु
जती थुन्न खोजे पनि बग्दा रहेछन आँसुका भलहरु
नयाँ घाम खोजी खोजी आँसु सुकाउनु पर्दैन तिमीले

Subscribe to:
Posts (Atom)