Friday, October 28, 2011

तिम्रो भाषा आज अतिक्रमणमा परेको छ
तिम्रो भेष आज संक्रमणमा परेको छ
तिम्रो जिर्ण भएको बुढो मुनामदन
आज धरासायी हुँदै छ

तिम्रो आँफ्नै सन्ततिहरु
तिम्रो अस्मिता माथि धाबा बोल्दैछन
नितिका श्लोकहरु पुरानो भयो रे
तेसैले र्‍यापमा झ्याप हुँदै छन


बिचारमा खडेरी परेको हो कि नाकाबन्दी भको हो
कुहिएका गुदिहरुले गिदी भरिएका हुन कि
उधारा गिदिहरुले चलेका टाउका हुन
दुर्गान्धले ब्याप्त भाछ

तेसैले
कहिले जातिय बिभेदको राँको फुकी
कहिले संघियताको आगो बोकी
आफ्नो छाक पोल्न छानो फुक्नेहरु
घर जलाई हात सेकी रका छन

तेसैले
तिम्रो कान्तीपुर कोलाहल र भिडमा अल्मल्लिएको छ
प्यास र अनिकालले जकडिएको छ
आतंक र हिसाको चोटले रन्थनिएको छ

सदभाब र भाईचारा बिर्सिएर
यहाँ हरेक दिन तान्डब हुन्छ
पसिना माग्ने माटो रगतले लथपतिदा
पौरख खोज्ने हात दिनानुदिन पलायन हुँदा
टुलुटुलु हेर्ने अगुवा मान्छे भनाउदाहरु
निहित स्वार्थको लागि देश बेच्न के बेर
तेसैले देबकोटा बाजे
एउटा जथ्था लिएर आउ तिमी
जस्मा निती बोक्ने बिदुर पनि होस
शान्ती बोक्ने बुध्ध पनि होस
जनता बुझ्ने जनक पनि होस
नत्र फेरि
हाम्रो स्वाबिमानमा खोट आउनेछ
हाम्रो अभिमानमा चोट आउनेछ
हुन सक्छ
शान्ती जित्न बुद्ध युद्धमा खटाउने छन
कलमको साटो बारुद थमाउने छन
तेसैले बिन्ती
एउटा सुन्दर अमरआबती लिएर आउ
एउटा सुन्दर कान्तिपुरी लिएर आउ
म मेरो माटोमा म भएर बाँच्न पाउ
आउ मलाई बच्चाउ
मेरोम देश्लाई बचाउ

No comments: