Wednesday, November 26, 2008

कती रछन यहाँ छानोमा आगो फुक्नेहरु
माहत्मा भए रे सुने निर्धाको बाटो ढुक्नेहरु

घरको बाघ बन्को स्याल हुइया कि गर्जन
शेर को?टांग मुनी पुच्छर लुकाइ भुक्नेहरु

अर्तिले पाक्यो कान,अर्तिकै भयो हानाहान
सत्य र निष्ठा भन्छन कर्तब्यमा चुक्नेहरु

स्वछ,निर्मल,शान्त आधारको बर्णण भो रे
अर्थ्याउने तिनै थिए पिच्च पिच्च थुक्नेहरु

सापटिमा हल्लिएका हुल्का हुल टाउका
वीर भएछन कसरी? थाङनामा लुक्नेहरु

Tuesday, November 25, 2008

जित्नुमा पनि हार हुन्छ ,मन्ले छोएर हेर
किनेको खुशी कती टिक्छ,दील फोएर हेर

बिजय जय धेरै भयो ,गुणगान नि तिम्रै
खुशीको माद पियौ अरुको आशु रोएर हेर

बाहिर कती बाँचा बेच्यौं,कालो कती सेतो भो
मनको चर काँती छ की, सके धोएर हेर

आरोप प्रत्यारोप मै झेलिनु कती अब लौ
चियो चर्चा त अती भयो,सत्य दोएर हेर

बजार खुशीको थापेर दु:खै बिक्री गरे'सी
पल पल हाँसेर दुखेको मन गोएर हेर

Thursday, November 20, 2008

बदली धार बगी, चट्टानमा ठोक्कियौ रे
दुखेर मुटु अब,सम्झनामा कोक्कियौ रे

संन्चो बिसंन्चो मात्र जिज्ञासा राख्दा पनि
शुभ बोलीलाइ धाबा बोली झोक्कियौ रे

उताब चढाबमा थिलथिले भए पछी
किनारा पुग्न नपाई बिचमै रोक्कियौ रे

मेरो जस्तो सस्तो ठान्यौ होला अरुको मुटु
सुने मुटु तोडनेको नाईके पो तोक्कियौ रे

मन र मुटुको सिमाना चेपिएछ क्यारे
खोइ कता दुखेछ आँखा भरी पोख्खियौ रे

Wednesday, November 19, 2008

स्वयम्भूको आँखाले नदेखेर हो कि
तुवाँलोले छेकिएर हो कि
आफ्नै ईतिहासको पाना मेटिए पछी
आफै बुनेको सपना फुटे पछी
जथाभाबी चर्किएका आशाहरु
एकचोटी आँखले छुन खोज्दी हुन मेरी आमा

आफ्नै आगन बिरानो भए पछी
आफ्नै पन आँफै सँग बिछडिए पछी
आफ्नै माटोमा हराएको बिचार खोज्दै
आफ्नै पसिनामा बगेको रहर खोज्दै
क्षितिज पारी शान्तिका परेबालाई
शान्तिको सन्देश बोकी लेराउछ कि भनी
एकचोटि मन भरी आशा फिज्दी हुन मेरी आमा

चाउरिका अनुहार भरी खुम्चिएका विश्वाश भिरी
दाउरिएका पेट भरी थिचिएका आस्था भिरी
बिना गुदिका टाउकाका हुलहरुमा
बिना बुद्धिका सोचहरुका हुलहरुमा
रगतको छिट्टामा रंगिएका सडक पेटिमा
बारुदको धूवामा रंमगिएको एक हुल निरहलाई
रसाएका आँखा भरी पुछ्दी हुन मेरी आमा

बुद्धले छरेको शान्तीका पाटा भरी
जनकले गोडेका भाईचाराका बाटा भरी
शान्तिका सुगम यात्रामा बिझेका काँढा
मुटु भरी दुखी पल पल रन्थनिदै
मर्महित भई काँढा पंन्छ्याई दिने
कोही मिल्छ कि भनी नियाल्दी हुन मेरी आमा

कतै कोप्चिएका ,कतै अग्लिएका
कुपोषणले कुरुप शहर भित्र
कहिले टाएरको बिसाक्त धुवाँमा
कहिले बारुदको गर्जनमा
क्षेतबिक्षेत भएको भानु बाजेको
सुन्दर कान्तिपुरलाई
एकचोटी आँफैलाई चिमोटी झस्किदी हुन मेरी आमा

धूलो ,धुवाँ ,प्रदुषण ,जाम ,
अनिकाल ,हाहाकार ,चित्कार,
त्रसादी, बर्बादी ,अपहण ,बलत्कार
समस्या ,अभाब ,भष्ट्राचार .......
दुरबिन भित्र असरल्ल फिजिए पछी
लामो सुस्केरा हाली
मजेत्रोले पसिना पुछ्दै नयाँ नेपाललाई धिक्कार्दी हुन मेरी आमा

Tuesday, November 18, 2008

तिमीलाई भेटे देखी छैन मन नै थिर
आफ्नो भन्दा लाग्छ किन बडी तिम्रै पिर

छाती भित्र आगो बल्यो पोली रैछ मुटु
दुख्दा मुटु रुन देउ काँखमा राखी शिर

खोले फाँडो अमृत हुन्छ तिम्रो हातले दिए
स्वर्ग पनि चाहिएन भो राख मुटु निर

नानाथरी कुराहरु छुरा बनी कोर्ला
भत्काएर मन्को सिमा मुटु भित्र छिर

डाँडा कांडा भिर पाखा सुन्छु तिम्रो भाषा
तिमी बिना जिन्दगीको पैरो जाने भिर

Thursday, November 13, 2008

मुटु केलाँउन दियौ तिम्ले,घाउ दरफरायो
सम्झी फेरी तिमिलाई आँखा,मेरो फरफरायो

सुकी सकेको घाऊ मैले किन कोट्याएछु
तप्किएर खसे आँसु तिम्रा,छाती भरभरायो

कती रछ मुटु भरी लाभा, छडकिरको दिल्मा
ज्यालामुखी फुटायौ तिमिले मन चरचरायो

भक्कानिएर पोखियौ तिमी,म बगेछु आँसुमा
सम्झाउ कसरी तिमिलाई, बोली लरखरायो

घाऊ तिम्रो पिडा मलाई दुख्यो छातीभरी
ओठ मुख काँपी रछ मेरो बोली लरबरायो

Wednesday, November 12, 2008

म त लठ्ठ परे के छ तिम्रो बोलिमा
नफाल खेरा हाँसो सजाउ मेरो झोलीमा

चाहिन्न केही मलाई थकाई लाग्दा बरु
शिर बिसाउन पाँउ तिम्रो त्यो चोलिमा

बाली दीप मायाको झलमल पारी रछु
सजा छु मन्लाई ,चढ दिल्को डोलिमा

तिम्रो साथ ,तिम्री हात मेरो भो सहारा
हीरा मोती किन चाहियो मन्को खोलिमा

Monday, November 10, 2008

मनले छोयौ मुटुमा बेरयौ तैपनी यो दुरी
बली नै रहोस् मायाको दीप नचली त्यो हुरी

डडेको छाती इश छ साँछी जून झै उदायौ
शितल छरी आउ मेरी परी बस्या छु म कुरी

रातले पनि गरेन जनी तड्पायो यो मन
दे दैब तिमी भई देउ गुनी मेटाइ यो दुरी

मुटुको धून सुटुक्क सुने सँगीत तिम्रै छ
बोलिमै जादु कोइली कण्ठ चाहिएन तान्पुरी

सगर पारी आँसु जो झारी नरोए पियारी
मिलन होस् चाडै म आउछु साइत जुरी

Saturday, November 8, 2008

आदर्णिय गुरु देबकोटा ,जदौ !
मनभरी देश दु:खी रैछ आराम छु भनु कसरी
छातीभरी माटो रोइ रहेछ आनन्द छु भनु कसरी
बरु ,
कट्कट्टिएको रगतको छिटामा
आंसुको थोपा घोली ,यो पत्र लेखी राछु
अनगिन्ती अनुउत्तरित प्रश्नहरु, यो पत्रमा सोधि रहेछु
ब्रुजुकहरु उपबुज्रुक भएको ठाउँमा
अन्योल र संत्रास निबारणको ,उपाय मागी रहेछु
आशा छ मलाई न्याय गर्नु हुनेछ
दिल र जातको समायोजना हुन्छ कसरी ?
धन र मनको मिलन हुन्छ कसरी ?
हुलहुल टाउकाहरु बिचरामा बिचलन भ'का हुन कि
गूदी सकिएर रन्थनिएका हुन कि
जातिय भेदको नारामा भुल्लिन्छन टाउकाहरु
राजनीतिमा झुत्त्तिन्छन टाउकाहरु
हुलहरु मोर्चा भए ,हुलहरु संघ भए ,हुलहरु संघठन भए
हुलहरु तराइ भए ,हुलहरु पहाड भए ,हुलहरु शहर भए
हुलहरु जज्लपा भए ,सबेरो भए ,खै के के भए
तर
हुलहरु कहिले नेपाली भएनन किन ?
हुलहरु कहिले नेपाल भएनन किन?
शायद ,
बिचराकै अनिकाल परेको हो कि
सोचकै खडेरी परेको हो कि
बिखल्बन्धमा परेको छु म त
हजुर जस्तो ,
नोकोटिनको सर्कामा बिचारको मुस्लो उडाउन सकेन
चुरोटको बट्टा, भित्ता कतै, कसैले सोच खोप्न सकेन
बरु ,
जिलेटिनको धुँवामा बारुदको कथा लेखे
बुद्धको कांखमा बाँझलाई शरण दे
छटपटाएर शान्ती रुदा
फट्फटाएर परेबा रुदा
टाउका टाउकाहरु शर ताजको सतरंज खेले
किन ?
किन?
घरदेशका नंग्रा परदेशमा पलायन छन
आफ्नै घरगाउका बाटाहरु बिराना छन
सांध सिमानामा पनि चन्द्र सुर्य लत्रिएका छन
बांकी बचेँको सगरमाथाको टोपी पनि
लाजले झुकेर कोशीमा बगेको छ
स्वाभिमानको टाल्नै नसकिने भ्वाग परेको छ
किन ?
सबाल मात्र उठाउने म पनि लांछी छु शायद
यसैले उडी चन्द्र छुने लक्षय लिन सकिन
आफ्नै माटोलाई अन्याय गरी पसिना बेची रहेछु
आफ्नै टोपी लुकाएर आँफैलाई साटिरहेछु
थाहा छैन,
भडकिएको हुँ कि भडकाईएको हु
आफ्यानऐ भेष भुषा भुलेर उधारोमा बाँचिरहेछु म
तेसैले ,
म जस्ता कायरहरुको बुद्धिको बिर्को खोल्न
भडकिएको टाउकोमा गिदी भर्न हजुरलाई बिन्ती गर्छु
एक चोटि फेरी आँखा उघारी हेर्नु पर्‍यो
फेरी एउटा अर्को जन्म लिनु पर्‍यो
बरु सकिन्छ भने साथमा
हजारौं दुर्योधन र दुशासनलाई सुधार्न
एउटा बिदुर लिएर आउनु पर्‍यो
हजारौं राबण र कुम्भकर्णलाई बुँझ्याउन
एउटा राम लिएर आउनु पर्‍यो
किनकी ,
यहाँ धेरै रहरहरु बाँझो छ
र धेरै बिबेकको खाँचो छ
फेरी
दिल र जातको समायोजन पनि त गर्नु छ
सांग र सिस्नोको आनन्दिको बयान पनि त कोर्नु छ
मन र पनलाई पनि त गाँस्नु छ
तेसैले
मेरो बिन्ती ,
एउटा मुनामदन फेरी कोर्न आउनोस
एउटा नयाँ सोच फेरी फोर्न आउनोस
जहाँ सुनको थैला भन्दा आनन्दी मनको आकार होस्
जहाँ मुर्ती र मन्दिर भन्दा श्रम र शिपको आधार हो
र प्रतिघातको हाट भन्दा सदभाबको चाँदर होस्
हजुरको आग्याकारी चेलो

Friday, November 7, 2008

थाके जस्तो लाग्छ अचेल नझुल्कदै घामहरु
अधेरोमै चिसिएछन आज भोली गामहरु

पत्तै नभै झिकिएछ कि सुमसुमाउने हात
आलै रैछन् छाती भरी पाजिएका डामहरु

पाप धर्म जोख्नु र कहाँ जताभाबी दुखी राछु
धाइ रहे कुन आशले देबै नभा धामहरु

ढंग छैन रंग पोत्छन कस्तो होला शिल्पकला
आँखा भरी सांच्नु कसो शिपै नभा कामहरु

लंका भित्र शंकै शंका विश्वाश छिनेछ कि
कि डराए राबण सँग हुतिहारा रामहरु