Friday, November 22, 2013

हामी बिचको दुरी नबढेको भए
बेलैमा तिम्ले मुटु यो पढेको भए

न कोइ आउथ्यो जीबनमा पराइ
न पर्थ्यो बाँच्न अरु संग डराइ
बगे होलान रहर तिम्रा आँसुका भेलले
लड्यौ कि जिन्दगीबाट भाग्यको खेलले

धनको माद मात्र नचढेको भए
मन संग मुटु यो जडेको भए

न पर्थ्यो बाँच्न परिचय हराइ
न दुख्थ्यो घाऊ चराई चराइ
जागे होलान कति रात अनिदा भएर  
बग्यौ होला शायद तिमी यादमा अल्झेर

Wednesday, November 13, 2013

तिम्रो मनको तीर देखिनछु किन मैले
मुटु छेड्दा पनि छेकिनछु किन मैले

बिझे कति दुखे कति लेखा राख्या भए
मन हल्का हुन्थ्यो लेखिनछु किन मैले

थाहै नदी तिम्ले बदल्यौ दल एक्लिए म  
अर्कै दलको संघार टेकिनछु किन मैले