Wednesday, October 13, 2010

सुकेका पेट दुखेका मनमा खुशी बोकेर आउ दशै
चन्ड मुन्डको झुन्ड धेरै भो लात ठोकेर आउ दशै

कौरबको बिगबिगी धेरै हुँदैछ अर्को कुरुक्षत्र रच्न
कपटी सकुनिको जाली पासा रोकेर आउ दशै

घिच्नेहरुले थिच्न छाडेनन निर्धा घाँटिहरु यहाँ
दुर्गा कालीको जस्तै अग्नी ज्वाला पोखेर आउ दशै

मान्छे मान्छेको हुलमा मान्छे भेटिदैन अचेल यहाँ
युग बदल्ने एउटा सच्चा मान्छे खोजेर आउ दशै

जात नेपाली मन नेपाली पन नेपाली धर्म नेपाली
एकै सन्तान एकै घर सदभाब रोपेर आउ दशै

Tuesday, October 12, 2010

मुटु बाटै लाको माया टाढा भन्छ्यौ रे
सतहमा पोत्या माया गाढा भन्छ्यौ रे

थाहा छैन के भो आजभोलि तिमीलाई
मैले छर्या फुल पनि काढा भन्छ्यौ रे

फुटे पछि दुख्ने रैछ् दुख्यो भने थे
बरबराई के के भने भाडा भन्छ्यौ रे