Sunday, November 27, 2011

यस्तो लाग्छ आजभोलि म अधुरो अधुरो छु
खुल्दैन रुप तिमी बिना म मधुरो मधुरो छु

छर भने मुटु भरि मायाका बिउ तिमीलाई
दिल रोप्ने मन रहिन्छ म अपुरो अपुरो छु


कमी छैन केही फेरि मन्मा किन छैन चैन
तिमी टाढा भए पछि म टुहुरो टुहुरो छु

Friday, November 11, 2011

उज्यालो नै देख्न नपाई रात हुन लाग्यो रे
भर थियो तिम्रो कुठारघात हुन लाग्यो रे

कलीयुगको राम राज्य यस्तै हुँदो रैछ कि
सुन्छु चोरलाइ चौतारीको बात हुन लाग्यो रे

घाइते भै ढलेको छ बिचारो निरह शान्ति
उठोस् कसरी बारुद सौगात हुन लाग्यो रे

सबको आश अब बिस्तारै लाश हुँदै छ यहाँ
खुशी मर्‍यो मलामिको शुरुवात हुन लाग्यो रे

बिबेकमा बिर्को लाग्यो कि बुद्धी धेरै भो तिम्रो
जाली फटाहाको टोली पो साथ हुन लाग्यो रे