Thursday, January 21, 2010

तिम्रो यादमा बग्दा आँसु नि प्यारो लाग्दो रैछ
दुखे पनि मुटुमै छ्यौ झिक्न गारो लाग्दो रैछ

मनै चुहियो मुटुबाट टाल्न सकिन छाती
बिझे पछि बाचा नि आँखको छारो लाग्दो रैछ

घातको छालले भरोसामा सुनामी लेरायो
डुबेर बाँच्दा जिबन नै अध्यारो लाग्दो रैछ

निसाना ताक या चलाऊ गोली घाइते भै सके
तिमीलाई सधैं मेरै छाती तारो लाग्दो रैछ

लिनु दिनुको हिसाब राखीन तिर्नु कसरी
तिमी सँगका हर पल उधारो लाग्दो रैछ

Tuesday, January 12, 2010

आज भोली हरेक रात आँसुले धुन थालेको छु
होश दुख्छ र त मदिराका प्याला छुन थालेको छु

अनुरागमा दाग थियो या घात मेरो भाग थियो
समाधान नपाएर आँफै प्रश्न हुन थालेको छु

शुभकामना कुशल मंगल तेस्तै भो यो जुनीमा
आफ्नै मृत्‍युमा बजाउने शोकको धून थालेको छु

बिचलन भ'का बिचारमा सन्तुलन हुन्छ कहाँ
गल्ली गल्ली बेबारिस मन्को बह फुन थालेको छु

बदनाम छु गुमनाम थिए चर्चाको शिखर चडे
मायाको उप्लब्धी हो कि मन्थन पून थालेको छु