Saturday, December 3, 2022

 विश्व मान चित्रमा मेरो यस्तो देश छ 

मनका धनी बस्छन् संसारकै बेस छ 


पसिनाले माटो भिजाउछन यिनै 

इमानको ज्योति फिजाउछन यिनै 

न झुक्न जान्छन न लुक्न खोज्छन 

मागोस मात्र देश परे मृत्‍यु रोज्छन 


शान मानको ताज मेरो यस्तो देश छ 

मनका धनी बस्छन संसारकै बेस छ 


जहाँ बसुन हिमाल होस या तराइ 

सद्भावले जोडछ रिस राग हराइ 

तराइको बाली पहाडको भोक मेटछ 

बुद्दको भूमी यो मनले आनद भेटछ 

Friday, December 2, 2022

 प्रिय सखा

सागर जस्तै गहिरो त्यो 

तिम्रो नयन भित्र लुकेका 

अनगिनित रहस्यमा तैरिदै 

म एक अजुली मायाको मोती खोज्दैछु 


हुनसक्छ 

फुल जस्तै मगमगाएको 

एक हुल सुगन्ध बोकेर 

जुन जस्तै जगमगाएको 

एक बथान ज्योती बोकेर 

तिमी कतै दुर बस्तिमा

मुस्कुराइ रहेकी हौली 

हुन सक्छ 

तिम्रो लय मिलेका मधूर बोली 

छन्द मिलेका मनमोहक मुस्कान 

यि सबलाई सजाएर 

क्षितिज पारी खुशीका रङहरु पोत्दै हौली 


नबोलेरै सुट्टुक्क मनको दैलो उघारेर 

जव तिमीले स्वागत गरेकी थियौ 

मेरो स्पदनलाई 

म हरपल तेही याद धडकी रहेकोछु 

र 

कल्पनाका यि परीदृश्य 

मनमनै श्पर्श गर्दै 

भूगोलको अर्को कुनामा 

म एक मुठी खुशी बाँचीरहेको छु 

तिमी हुनुको मिठो आभासले 

झाङिएको उर्जाको गति लिएर 


तिम्रा आँखाका चुम्बकिय आकर्षणले 

तानेको मेरो मन 

तिम्रो वारीपरी अल्झिरहेकोछ 

मिठो अनुभुतिको कसिलो बन्धनमा 


र मलाई त्यो आँखाको बन्धनबाट 

शायद मुक्त हुनुछैन

 बिना ढौवाके 


पसिनाको प्यासले 

तिर्खाएको मेरो माटोलाई 

प्यासी नै छाडेर 

म मरुभूमी सिच्न आएको पनि बर्षौ भएछ 

यो

प्रचन्ड गर्मीमा बूढा बाबुकी 

सपना फुलाउन खोज्दै गर्दा 

म सम्झी रकोछु कि 

मैले 

चिसो चुलोमा आगो फलाउनु छ

आमाको आङ छोप्नु छ 

बुढीको बशालु रहर गोडमेल गर्नु छ 

छोरा छोरीका भबिष्यमा उकेरा लगाउनु छ

चाङका चाङ समस्याका पहाड फोर्नु छ 

र म तप तप पसिना बालुवामा रोपीरहेको छु 

 

फलाम झै तातेको यो मरुभूमीमा 

म मेरो पाखा पखेरीको चिसो 

मन भरी सम्झिदै 

यता तातो तातो श्वास फेरि रहेकोछु 


गाँसको आशमा भौतारिएको

यो यन्त्र ज्यान सकी नसकी 

एक रफ्तारमा चलाईरहेको छु 


गगनचुम्वी भवनले कुल्चिएको 

अलिशान सपना 

अचेल किन भत भति पोल्छ 

र म बिपनामै बर्बराइरहेको छु 


हिमाल तराइ 

गाम बेसि गर्दै हुर्केका मेरा रहरहरु 

लहलहाउदै मेरै माटोमा फुल्नु पर्ने हो 

यो उर्बर मौषम 

यो बिबिध अलौकिक भूगोल 

प्रकृतिको अनुपम मिलन बिन्दू 

खोइ कहाँ के मिलेन 

सुन फुल्ने पाखाहरु बाँझो छन 

विश्वलाई चकित पार्ने जात्रा उत्सव र पर्व 

कलाका अदभूत मठ मन्दिर 

खोइ के ले लुकाइ राखेकोछ 


बुर्ज खलिपाको कृतिमताको आकर्षणमा 

बिस्तारै बिस्तारै डगमगाउदै गरेको 

मेरो कलाकारिता 

मेरो ऐतिहासिक धरोहर 

खोइ के ले छोपी रहेको छ 

मैले अझै बुझ्न् सकेकोछैन 


कहिले सगरमाथा भजाउदै 

कहिले बुद्द भजाउदै 

लीलामी बजारमा राखिएको बस्तु जस्तै                  

किन अबमुल्यन हुँदैछ मेरो स्वाभिमानको मुल्य 


मेरो कोठामा थुनिएका म जस्तै 

एक हुल सपना रोप्ने युवा जोश 

काश ! 

मेरो देश मै फुल्न पाको भए 

आज परिवार वरिपरि 

सबैको ओठमा खुशी फुलीरहेको हुन्थ्यो होला  

र 

पर पर नेपत्थबाट 

आवाज आउँदैन थियो होला 

फ्री भिसा र फी पासपोर्टको कुरा 

त्यो पनि बिना ढौवाके

 चोटै चोट फुल्ने बोट भयो जीवन 

कतै नि नचल्ने खोट भयो जीवन 


नयाँ छ रहर पुरानो छ बिचार  

दोधारमा लोटपोट भयो जीवन 


बर्षौ देखि मक्किएको टालो जस्तो 

धमिरा लागेको कोट भयो जीवन 


सत्य तथ्य भन्दा दसी साक्षी खोज्ने 

वकिलको कालो कोट भयो जीवन 


हल्लै हल्ला बिचको चुनाव जस्तो 

विवेक नपुगेको भोट भयो जीवन 


नत किन्न सक्ने नत बिक्न सक्ने 

बजारको जाली नोट भयो जीवन 


छिया छिया हुने गरि छप्काको 

अचानाको जस्तो चोट भयो जीवन 

Friday, September 16, 2022

 एउटा सोच्यो हुन्छ अर्कै कस्को हातमा छ चाबी 

खुशी सबै झरे कस्तो भाग्य लेखिस तैले भावी 


तहस नहस भो जीवन खुशी भित्रै बाडी पसी 

तमशा भा छु दुनियाँ रमिता हेर्छ बसी बसी 

बिझाउछ माया पनि दु:ख मात्र भयो हावी 

खुशी सबै झरे कस्तो भाग्य लेखिस तैले भावी 


पाइन्न रैछ पाप धर्म  छुट्ट्याउने कसी 

न मिल्दो रैछ् कतै भाग्य सच्याउने मसी 

मनको नाता मन्मै रह्यो न रह्यो कुनै दावी 

खुशी सबै झरे कस्तो भाग्य लेखिस तैले भावी

 


यो माया नि कस्तो कैले खुशी फिजाउछ 

यस्तै होला यस्को रित परेली भिजाउछ 


काँडा टेक्ने भाग्य छ शायद भागमा मेरो 

यसैले अचेल मलाई फूल पनि बिझाउछ 


बिछिप्त भा छु भित्र भित्रै रुन्छ यो मन 

अरु त अरु आफ्नै छाँयाले गिजाउछ


 ए जिन्दगी तँ पनि कठोर बन म जस्तै             

स्वार्थ नभए यहाँ कस्ले कस्लाई रिजाउछ

Saturday, August 6, 2022

 जव गर्‍यो तिम्ले नजरको हमला

बज्न थाल्यो दिल्मा सारङि तबला 


धढकन बढ्यो हल्का नशा चढ्यो 

मनै हलचल पार्ने के छ तिम्रो कला 


नसके मन् खोल्न नत सके बोल्न 

अबरुद्द भयो सुक्यो मेरो गला 


चुरिफुरी हो कि जवानीको रंग  

भद्रतामा पनि थियो चन्चलता 


भाग्यमानी हुन्थे म नि तिमी सित 

थप्न पाए देखि पिरतिको तला

 सिथिल र सुसुक्त अनुराग पनि 

तिम्रो आभसको उर्जाबाट 

खोइ कस्तो सन्जिबिनी पाउछ 

र पलाउछन मुनाहरु 

जिर्ण मनका कापाहरुबाट 


तिम्रा ओठका कम्पनबाट 

निस्कने मिठासको स्वादमा 

जीवनको उत्सर्ग पिएर 

एक झुल्को रहर 

किन खोज्छन बाँच्न 


तिम्रा नयनबाट निस्केका

शालीन तरंगले 

किन हलचल लेराउछ 

मेरा भावशून्य

अभिप्शा माथि 


प्रिय शालिनता 

तिम्रा शान्त र कोमलताको 

आलंगनले 

जबर्जस्ती थुनेका मनको बांध  

किन भात्काउन खोज्छ 

रत 

डर लाग्छ घरी घरी 

कतै आरोपित हुन पर्छ कि 

मनको अदालतमा 

फेरि मलाई 

ब्यभिचारको 


त्यसैले म अचेल चट्टानको

अभिनय गर्दैछु 

नौनीमा पत्थरको जलप घसेर 

र मन्चन हुँदैछ 

आदर्शको ढोंग

 दोब्रिएका कलमका निबबाट 

जबर्जस्ती कोरिने अक्षर जस्तै    

मेरो देशको कविता लेख्ने मसी पनि 

अचेल यस्तै कलममा भरिएको छ 

र जबर्जस्ती लेखिँदै छ 

छन्द नमिलेको कविता जस्तै         

देशको स्वदेश गान 


कहिले चर्को कहिले मधुरो 

लय भंग

बेसुर धून भरिएको संगीत जस्तै

आश्वसन लयहरूले 

टट्याएका छन् अचेल कानहरू


खोइ कहिले लेखिन्छन् 

अनवरत सद्भावका कविताहरू

निव नभाचिँएका कलमले र 

मेटिन्छन् सारा दुःखी मनका पीडाहरू


खोई कहिले बज्छन्

 सुमधुर सरगमका धूनहरू 

र गाइन्छन आर्तका  घाउहरू 

मल्हमका रागहरुले 

अब त हे 

कलम समाउने हातहरू

टाठाबाठाको चङ्गुलमा 

निस्ससिएको कवितालाई 

एउटा नयाँ आयम बोकेर 

एउटा नयाँ आकार बोकेर 

स्वतन्त्रताको कविता लेख 

निर्धक्क भएर 

निडर भएर 

अनि पो भित्रिनेछन् 

नयाँ यामका  बिहानीहरू 

र 

दैलोभरि झुल्किनेछन् 

खुशीका कविताका आभाहरु

Sunday, February 13, 2022

 तिम्रो पटपट फुटेका पैतालाले कोरेको धर्सा भित्र 

बामे सरेर हुर्केका बर्तमान

तिम्रो ममताको अभावमा 

हुन त न दरफराएको कहाँ हो र आमा !


तर 

तिमीले आफ्नो गाँस काटेर 

भरेको यो मेरो सानो पेट  

अचेल कहिले भरिन्न आमा 

किन कि 

अचेल मलाई धेरै भोक लाग्छ 


धेरै भोक यसर्थ कि 

यो भोक भित्र लोभ मिसिएको छ 

यो भोग भित्र लालच भरिएको छ 


हुन त 

यो पेट खुम्चिदै जाँदा 

यस्को आयतन पनि घटनु पर्ने हो 

पाचन शक्ती घटेर 

परेजमा तौली तैली खान पर्दा 

थोरैमा भरिनु पर्ने हो 

तर यो पेट भरिन्न आमा 


हो पहिलेपहिले 

अलौटा मकै सागको डुकु 

गहु बारीको कुटुली कोशा 

चिचिले कटमेरा फलफुल 

अगेनामा पोलेको आधा काँचो आलु 

नुन खोर्सानी देलेर खाको काँक्रो 

नपखाली लुगैमा पुछेर खाको मुला 

सबले भरिथ्यो यो पेट आमा 

अचेल 


तिम्रो क्षिण भएको श्रबण शक्ती 

लर्खराउने तिम्रा झिना खुट्टा 

धमिलिएको तिम्रो आँखा 

सबले मलाई खोज्दो हो 

माफ गर म लाचर छु आमा 

किनकि कहिले नभरिने 

यो पेट भर्न तल्लिन छु म

 प्रणय !!


रातो गुलाफको गला 

न त कुनै प्रपोज 

न त कुनै अालङ्गिन

न त कुनै उपहार 

न त कुनै तामझाम 

मनको कुनामा झाङ्गिएका

तिमी प्रतिको मायालु अनुराग 

तिम्रा आँखालाई सुनाउन 

मलाई कुनै पर्ब 

कुर्न पर्छ जस्तो लाग्दैन 


आयातित राता बस्त्रको अस्त्रमा 

रमाएका भ्यालिन्टाइनहरु 

कति चाडै फस्टाएर 

तिम्रा गाम बस्तीहरुमा 

परास्त गर्दैछन 

अर्गानिक मायाका सुमधुर लयहरु 

अलापी रहेकाछन 

बेढंगका बेसुरा मायाका धूनहरु 

तर 

यि सबबाट बेखबर म 

मन भरी प्रणय बोकी 

तिम्रो मन सम्मको दुरी 

मायाको कम्पनबाट छुदै 

सधैं मनाइरहेकोछु 

प्रणय दिवस !

 तिम्रो नयनको श्पर्शले 

बिथोलिएको उन्मादलाई 

असिरल्ल छाडेर 

म पनि सालीनताको अभिनय गर्न 

खप्पिस भएको छु प्रिय मान्छे 

मौन सम्वादमा अभिब्यक्त 

तिम्रा मौन स्विकृतिलाई 

बुझ पचाएर आदर्शको थोत्रो 

तथाकथित खोल ओढेर 

शायद म पनि भद्र बन्न

जान्ने भएको छु प्रिय मान्छे 


तिम्रो सामिप्यको प्यासमा 

काकाकुल भएको यो मन 

तिम्रो आगमनको सुवासमा 

कत्ती पुलन्कित हुन्छ 

तिमीलाई के थाहा ?

अन्जान जस्तो तर जानी जानी 

तिम्रो शरीरको कम्पन मापन गर्दा 

मनमा कत्रो भुइचालो जान्छ 

तिमीलाई के थाहा ?


चाहेर पनि 

मनका उकुसमुकुस तरंगलाई 

जबर्जस्ती बांध बाधेर 

कुनै हाइड्रो पावोर जस्तो 

तिम्रो मनको वस्ती भरी 

न म उज्यालो छर्न सक्छु 

समाजको बक्र रेखामा थुनिएका 

तिम्रा रहरहरु तन्काएर 

न म सिधा पार्न सक्छु 

किन कि 

तिमी फुलेर नि मग्मगाउन जन्दिनौ 

तिमी डुलेर नि रमाउन जान्दिनौ 

मात्र तिमीले समर्पण हुन जनेकी छौ 

र त्यसैलाई आदर्श मानेकी छौ 

अनि 

निस्वार्थ म माया गर्ने मान्छे 

माया मात्र गर्छु  

तिम्रा हर कुरालाई यथावत आत्मासाथ गर्दै 

मन भरी तिमीलाई अगालेर 

वेप्रभाह माया गरी रहन्छु 


सार्वजनिक बसको घुइचोमा 

जानी जानी न जाने झै 

तिमी सँग फलाम र चुम्बकको 

जस्तो आकर्षणको एउटा आयम बोकेर 

मन भरी साँचेको जोश 

पुरा होसमा लुकाएको कुरा 

तिमीले पनि चाल पाएकी हौली है 

मेरा अनुरागका सुसुक्त कम्पनको झडका 

तिमीले पनि महसुस गरेकी हौली है 


प्रिय  मान्छे 

तिम्रा आँखाले बेलाबेलामा दिएका

अनुमती भित्र 

मलाई सोह्र बर्षे त्यही बैश पैचो मागी 

ति आँखामा तन्नेरी जोवनको कथा लेखु झै लाग्छ 

फुकाएर सारा बन्धन 

केबल मुटुको भाखा टिपी 

मनको सुन्दर महाकाब्य लेखु झै लाग्छ 

र मात्र  मायाका 

लिपिमा तिमी सँगै मेरो नाम गाँस्न मन लाग्छ 

अन्नेथा न मान ल 

तिम्रो हेराइमा बेरिएका मेरा खुशी 

तिमी सितै छन 

र म त्यही खुशीलाई पछ्याइ रहन पाउ 


जब सम्म यो मुटु चल्छ 

जब सम्म यो श्वास चल्छ 

यि आँखाले ठम्याएसम्म तिम्रै आकृति हेरी रहन पाउ