Friday, December 2, 2022

 चोटै चोट फुल्ने बोट भयो जीवन 

कतै नि नचल्ने खोट भयो जीवन 


नयाँ छ रहर पुरानो छ बिचार  

दोधारमा लोटपोट भयो जीवन 


बर्षौ देखि मक्किएको टालो जस्तो 

धमिरा लागेको कोट भयो जीवन 


सत्य तथ्य भन्दा दसी साक्षी खोज्ने 

वकिलको कालो कोट भयो जीवन 


हल्लै हल्ला बिचको चुनाव जस्तो 

विवेक नपुगेको भोट भयो जीवन 


नत किन्न सक्ने नत बिक्न सक्ने 

बजारको जाली नोट भयो जीवन 


छिया छिया हुने गरि छप्काको 

अचानाको जस्तो चोट भयो जीवन 

No comments: