Friday, September 16, 2022

 एउटा सोच्यो हुन्छ अर्कै कस्को हातमा छ चाबी 

खुशी सबै झरे कस्तो भाग्य लेखिस तैले भावी 


तहस नहस भो जीवन खुशी भित्रै बाडी पसी 

तमशा भा छु दुनियाँ रमिता हेर्छ बसी बसी 

बिझाउछ माया पनि दु:ख मात्र भयो हावी 

खुशी सबै झरे कस्तो भाग्य लेखिस तैले भावी 


पाइन्न रैछ पाप धर्म  छुट्ट्याउने कसी 

न मिल्दो रैछ् कतै भाग्य सच्याउने मसी 

मनको नाता मन्मै रह्यो न रह्यो कुनै दावी 

खुशी सबै झरे कस्तो भाग्य लेखिस तैले भावी

 


यो माया नि कस्तो कैले खुशी फिजाउछ 

यस्तै होला यस्को रित परेली भिजाउछ 


काँडा टेक्ने भाग्य छ शायद भागमा मेरो 

यसैले अचेल मलाई फूल पनि बिझाउछ 


बिछिप्त भा छु भित्र भित्रै रुन्छ यो मन 

अरु त अरु आफ्नै छाँयाले गिजाउछ


 ए जिन्दगी तँ पनि कठोर बन म जस्तै             

स्वार्थ नभए यहाँ कस्ले कस्लाई रिजाउछ