Wednesday, March 26, 2014

जति कमाउ संगै लान कत्रो भित्र गोजी हुँदैन
दुई चार दिन रोलान अनि पछि खोजी हुँदैन

भोग र भागको कुरा होला सोचे जस्तो कहाँ हुन्छ
जे भए नि भोग्नु पर्छ कसैको नि रोजी हुँदैन

कहाँ पुग्छ कहाँ फुक्छ जिबनको हिसाब किताब
लेखान्तरका जोड घटाऊहरु मनमोजी हुँदैन

Friday, March 21, 2014

दोष मात्र खोजे पछि खोटै खोट भेटिन्छ प्रिया
शंका पस्यो भने फेरि जिन्दगी नै मेटिन्छ प्रिया

बाचा कसमले हुन्न भरोसाको आधार चाहिन्छ
विश्वाश नै छैन भने माया नि अचेटिन्छ प्रिया

दर्द पनि आनन्द नि मायामा यस्तै हुन्छ कि
संसारमा माया बोक्ने, मुटु नैत रेटिन्छ प्रियाा  

एक पल पनि जुग हुन्छ माया मिले पछि  
माया बिना त जिन्दगी पनि लखेटिन्छ प्रियाा
कहाँ पाइन्छ श्वास फेर्न आकाश मिचिएको शहरमा
न भेटिन्छ मान्छेहरु नै  भिडले किचिएको  शहरमा

के अर्थ मन्दिर मुर्तिको, देबता नै  निदाए पछि
लीलाम हुन्छ भन्छन धर्मै, मुर्तीले थिचिएको शहरमा

माया रंग देखाउछ खुशी पनि बेचबिखन हुन्छ
मुटु हुन्न पैसा संग मानबता खिचिएको शहरमा


निसास्सिएको छ सुगन्ध आँफै दुर्गन्ध भित्र यहाँ
कलमको डोब भित्र बारुद बिच्छिएको शहरमा

Wednesday, March 5, 2014

शान्त थियो मन्को तलाउ खै के चलाएर गयौ
जालिम तिम्ले पानीमा नि आगो लगाएर गयौ

कहाँ देखुँ कहाँ भेटुँ हुन्छ छटपटी मनमा
सारा रात जाग्छ मेरो निद भागाएर गयौ

साथै हिडने कती थिए मन्मा पुग्यौ तिमी मात्र
सक्तिन राख्न अरु दिल्मा डेरा जमाएर गयौ

जोख्दै थिए खुशीहरु बोक्दै थिए चाह पनि
के भो हिसाब जिन्दगीको सारा घटाएर गयौ

छल थ्यो कि भल थियो तर आँखा भरी थियो
भित्री मन्मा के थ्यो कुन्नी आँसु बगाएर गयौ