Friday, July 31, 2015

आगो यता छ उता मन जल्यो भन्छ्यौ।
घाइते यता छु कता गोली चल्यो भन्छ्यौ

खरानी भए छि दियालोको काम हुन्न
निभी सकेको आगोलाई बल्यो भन्छ्यौ
 
जिन्दगीको भिडमा कहाँ छु कता छु  
आँफै छलिएको छु फेरि छल्यो भन्छ्यौ  

Thursday, July 30, 2015

भरोसा नै छैन भने विश्वाश दिलाउनु कसरी
संकाले बेरिन्छ भने मन्मा मन मिलाउनु कसरी

मेरो पनि च्यातिएको छ धुजा भै यो जिबन
आधार नै फाँट्यो भने बिचमा सिलाउनु कसरी

कती पल्टे कति थिए बाँकी पल्टिन जिबन कथा
एकै भाग कथा भित्र निस्कर्षमा बिलाउनु कसरी

छाती भरी मरुभूमी बोकी भौतरिएको छु
आँफै प्यासी धूपमा अरुलाई पिलाउनु कसरी
जागे जागोस रात बरु कोइ त होस हल्का सताउने
बातै बातमा मदहोस बनाइ मदिरा भन्दा मताउने

अंग अंगमा नशा बोकी पर्खाइमा पोखिन आतुर
मन्द मुस्कान बोकी, कोइ त होश माहौल तताउने

लाज बोकेर आँखा बसुन मधुरस बोकी ओठ
नबोलेरै सारा संसार आँखा आँखाले बताउने

घुर्काएर या फुर्काएर कित आसु तुर्काएर
आफ्नो भनि कोइ त होस मेरो हक जताउने