Thursday, December 3, 2015

जेजे हुनु भैगो अब नजिक पर्न न आउनु
ठिकै छु म पराइको गन्ध छर्न न आउनु

न भो मन्दिर यो न मुर्ती तिम्रो लागी यो मन
आस्था अर्कै देब अर्कै, पूजा गर्न न आउनु

फूल चुम्ने हजार हुन्छन बास्ना छर्दै तिमी फुल्नु
सजाउन योग्य भईन, नजिक झर्न न आउनु

रंगिन होस तिम्रो जिबन चाहे जती खुशी मिलोस
कोरै ठीक छु म भुलेर नि रंग भर्न न आउनु

म त डुबेको छु माझधारमा तिमीले छाडे देखि
सतहमै हेरी तिमी जङ्हार  तर्न न आउनु

Friday, July 31, 2015

आगो यता छ उता मन जल्यो भन्छ्यौ।
घाइते यता छु कता गोली चल्यो भन्छ्यौ

खरानी भए छि दियालोको काम हुन्न
निभी सकेको आगोलाई बल्यो भन्छ्यौ
 
जिन्दगीको भिडमा कहाँ छु कता छु  
आँफै छलिएको छु फेरि छल्यो भन्छ्यौ  

Thursday, July 30, 2015

भरोसा नै छैन भने विश्वाश दिलाउनु कसरी
संकाले बेरिन्छ भने मन्मा मन मिलाउनु कसरी

मेरो पनि च्यातिएको छ धुजा भै यो जिबन
आधार नै फाँट्यो भने बिचमा सिलाउनु कसरी

कती पल्टे कति थिए बाँकी पल्टिन जिबन कथा
एकै भाग कथा भित्र निस्कर्षमा बिलाउनु कसरी

छाती भरी मरुभूमी बोकी भौतरिएको छु
आँफै प्यासी धूपमा अरुलाई पिलाउनु कसरी
जागे जागोस रात बरु कोइ त होस हल्का सताउने
बातै बातमा मदहोस बनाइ मदिरा भन्दा मताउने

अंग अंगमा नशा बोकी पर्खाइमा पोखिन आतुर
मन्द मुस्कान बोकी, कोइ त होश माहौल तताउने

लाज बोकेर आँखा बसुन मधुरस बोकी ओठ
नबोलेरै सारा संसार आँखा आँखाले बताउने

घुर्काएर या फुर्काएर कित आसु तुर्काएर
आफ्नो भनि कोइ त होस मेरो हक जताउने

Wednesday, June 24, 2015

कुन गल्तीको सजाय दिई रहिछ्यौ तिमी
फेरि कस्तो परिक्षा लिई रहीछ्यौ तिमी

म पिडामा छु थाहा छ तिमीलाई नि
खुशी खोसेर फेरि जीई रहिछ्यौ तिमी

अब त दिन रात आँसु पिउँदै छु म
मेरो आँसु सित के पीई रहिछ्यौ तिमी

जलेको छु छीया छीया भको छ यो छाती  
च्यातेर यो छाती के सीई रहिछ्यौ तिमी

तिमी बिनाको जिन्दगी अब,बाँच्नुको के अर्थ भो र
ढले ढलोस यो लाश मेरो ,साँच्नुको के अर्थ भो र

न छ सरगम सुरमा न छ ताल लय जिबनको
बेसुरको राग अलाप्दै, नाँच्नुको के अर्थ भो र

हिरामा टलक हुन्छ,जलप हुन सक्ला काँचमा
एकै देख्यौ काँच र हिरा,दाँज्नुको के अर्थ भो र

अतितका केही पलनै मेरा भए यादको लागि
मेरो खुशी अन्तै गयो हाँस्नुको के अर्थ भो र

Tuesday, June 23, 2015


मत एक्लै पटक पटक मरेको छु
फुल्नै नपाई कतो चोटि झरेको छु

सबको भागमा हरियाली थियो
तर म चाँही मरुभुमी चरेको छु

सपना नि देख्न पाइन शायद
बिपनामा त आँसु छरेको छु

न मल न जल रुखो माटोमा
जिङ्रिएर बिना कारण सरेको छु

दुनिया न हाँस्छ न हसाँउछ
यो कस्तो परबेजमा परेको छु
 






तिमी दुख्दा म नि दुख्छु दु:खाउने मन कहाँ छ र
भित्रै देखि माया गर्छु झुकाउने मन कहाँ छ र
तिम्रो लागि मर्न सकु बाँचे बाँचु तिम्रै लागि
यती धेरै माया गर्छु रुवाउने मन कहाँ छ र

Monday, June 22, 2015

म खुनी कहाँ थिए र  तिम्रो गला थिचेर मार्ने
बरु म नै हुँ त्यो मान्छे तिम्रो लागि संसारै हार्ने

जसरी थियौ मुटुमा अझै छ्यौ तिमी त्यसरी नै
तिम्रो जस्तो न भो शौख मेरो अन्त माया सार्ने

तिम्रो मन्मा थि कि थिन खुशी मैले दि कि दिन
ऊ नै भो रोजाइको तिमीलाई खुशी पार्ने

यो मन उडछ त्यतै पुग्छ बसमा किन हुन्न यो
रोक्न कती खोजे लौन कसरी मन्को बार बार्ने

Friday, June 19, 2015

मरो माया तिमीलाई गलपासो भो कि कतै
उडाएर गिल्ला गर्छ्यौ मात्र हाँसो भो कि कतै  

भए जती रित्याएर मैले मुटु दिएकै हो
बिझायो कि मुटु या अन्त चासो भो कि कतै

उस्को लागि माया साच्यौ भो उ नै संसार तिम्रो
मेरो माया तिम्रो लागी मात्रा नासो भो कि कतै

मन पराएर के भो बोझ भाछु तिम्रो लागि
झिकी फाल्नु पर्‍यो होला कित टाँसो भो कि कतै
यती धेरै माया गर्दा ढुङ्गा पनि पग्लिन्थ्यो होला
तिम्ले मलाई बुझ्या भए हाम्रो माया अग्लिन्थ्यो होला

धम्लिएको छ तिम्रो मन उस्को मन संग मिसिएर
मेरो माया सुन्य भए तिम्रो मन नि सग्लिन्थ्यो होला

तिम्रो यदले रात जाग्छ भोक बिर्सिन्छ पेटले नि
मेरो हालत बाँच्या भए तिम्रो आँखा नि छल्किन्थ्यो होला

पलपल ईशारा गर्छ मृत्‍यु किन अचेल मलाई
ब्युताइ दिए मेरो आश बाँच्ने रहर सल्टिन्थ्यो होला
तिम्रो सम्झनामा आँसु नबगाको कुनै रात छैन
जे छु यस्तै छु तिम्लाई थाह नभाको बात छैन

न तैरिन्छ जिबन न जान्द्छ तैरिन मन पनि
माझधारमा साथ छोड्यौ समाउँ तिम्रो हात छैन

आफ्नो भन्दा माया लाग्छ देखाउन सकिन कि
मलाई बुझ्ने कोशीस गर यस्मा कुनै घात् छैन

तिम्रो खुशी भित्र मेरो आँसु पनि होला हेर
पाखा लायौ किन मलाई कित मेरो औकात छैन

साउन भाडाउ बग्छ आँखामा अबिरल भै ईन्द्रबती
आसु बाहेक मैले दिने अब कुनै सौगात छैन

Wednesday, June 17, 2015

तिमी बाहेक यो संसारमा अरु मेरो को नै छ र
मन्मा राखी सकेर नि राख्या छैन भन्छ्यौ तर
आँखाभरी माया देख्छु तर मन्मा केछ डर
टाढा हुँदा नजिक खोज्छ्यौ नजिक भए भाग्छ्यौ पर


तिम्री इच्छा खुशी तिम्रो गर्दिन म कुनै कर
नरुवाउनु मलाई तिम्ले बरु चाहे जे नै गर
देउ तिर्थ थाहा छैन मेरो मन्दिर तिम्रो घर
जिन्दगीमा कस्को लाग्छ तिम्रो भन्दा भर

हे !भगवान किन पिडा दिन्छस मेरो जुनलाई
दे बरु मेरो खुशी मन्जुर छ म आँफै रुनलाई

आस्था होस नहोस बरु टेकी दिम्ला माथा पनि
सक्छस भने सुन्दे पुकार दिनु सबै खुशी उनलाई

उनी दुख्दा छाती जल्छ धिकारछु आँफैलाई
सुमसुमाउन मन लाग्छ न सक्छु फेरी छुनलाई


कुन जुनिको पाप थियो किन पराइ भए म
के गरु भन्दे दैब अर्को जूनी उन्को हुनलाई

Wednesday, June 10, 2015

तिम्रो त उ छँदै छ क्यारे, मेरो आँसु झरेर तिम्लाई के
ठाम छैन मन्मा अब त तिम्रो ,मैले माया गरेर तिम्लाई के

मेटिन्थ्यो किन आँसुले प्यास यो छाती जल्दै छ
दर्किन्छ आँसु निभ्दैन आगो झन झन पो बल्दै छ्    
जोडीन्न आँखा छ तुफान मन्मा नछ भोक र प्यास
कसरी कट्छ लंगडो जिबन अब त लाग्छ आँफैमा अत्यास

बिर्सि त सक्यौ यो दिल्को बाटो ,बाटोमा फुल छरेर तिम्लाई के
म ढल्न सक्छु म गल्न सक्छु म जिउदै मरेर तिम्लाई के

घाऊ बनाइ दुख्यो कि भन्छ्यौ पिडा तिमीले बुझेकी छनौ कि
जरुरत पुरा भै राछ तिम्रो आँसुले म झै रुझेकी छनौ कि
कसरी  दुख्छ कसरी पोल्छ यो मुटु बलेर दन्दनि
दुई पाइला चाल्न के खोज्छु म संसारै घुम्छ फान्फनि

Tuesday, June 2, 2015

अभी भि छलक्ती हे आखोमे आमानत तेरी
जलन सि होती हे फिर दिल्मे मोहब्बत तेरी

कहेती कुछ तुम करती कुछ ,खुदा हि समझ सके
हैरान सा हो गया मै तो ,एह कैसी आदत तेरी

झूठा हि सहि प्यार तो समझ बैठा था मैने
पर्दाके बाहर क्यु आ गइ फिर हकिकत तेरी  

मै बिचरा प्यारका सिबा कुछ दे नसका तुझे
आज वही दबा बना और उसिका जरुरत तेरी

मुबारक सफर मे वोह साँया बनकर तेरे साथ चले
मै तो खुद धूप मे खडा करु क्या सिकायत तेरी

Wednesday, May 27, 2015

तिमीलाई दु:खाउने मेरो कुनै रहर छैन
अतितले पिछा गर्छ भागने कुनै शहर छैन

सम्झ य नसम्झ यो त तिम्रो मनको कुरा
मैले चाँही नसम्झेको कुनै त्यस्तो प्रहर छैन

बीर्सु भन्छु पुराना घाऊ झन बल्झी पिडा दिन्छ
यादलाई मार्न सक्ने संसरमा जहर छैन

आँफै संग भागी रैछु नछ लक्ष्य अब
भर के भो जिन्दगीको कहाँ पुग्छ ठहर छैन

नत सक्छु देखाउन छाती चिरी मेरो माया
बेतुक छन मायाको शेर मिलेका बहर छैन

Friday, May 22, 2015

जति मलाई रुवाए नि तिमीलाई पाप नलागोस
आत्मै देखि दुवा दिन्छु कसैको सराप नलागोस

जोडीएर कतै मेरो नाम तिमीलाई गर्हो पर्ला
जे जति भो अब देखि बदनामी छाप नलागोस

दुर्घटना सम्झी हाम्रो कथा भए जति बिर्सी दिनु
ताकि कोही हात थाम्न आए फेरि संताप नलागोस

म अस्ताए तिम्रो लागि उदाउने त अझै होलान
मन छुने मान्छे खोज्नु कसैको करकाप नलागोस



Thursday, May 21, 2015

जिन्दगीनै नै हारी सके ,तिमी तिम्रो खुशी जित
 शुभकामना मेरो तिमीलाई, सुखी हुनु उसै सित

दिल्मा बिझ्या काँडा रैछु, झिक्दा हल्का भयो होला
तडपी तडपी बाँच्या छु म ,बल्ल चित्त बुझ्यो कि त

शुन्य छन तिमी बिना ,यि पलहरु बेजान होलान
अकालमै मृत्‍यु भयो बेवारीस भो मेरो प्रित

कैले भिज्छ सिरानी त रुज्छ संगै मन
छपिएका छन नलेखेरै छाती भित्र धेरै गीत

पर्दा अघी म नै थिए पर्दा पछि कोही रैछ
अबोध बनि छुरा हान्यौ न बुझियो पिरती को रित

Saturday, May 16, 2015

यसै त छन यहाँ कति पाए मेरो खोइरो खन्ने
तिमीले नि साथ छोड्यौ को छ अब मेरो भन्ने

तिम्रै मात्र आश थियो त्यो नि आज लास भयो
रंगिन बन्यो तिम्रो दुनिँया मेरो ऊठि बास भयो
भात्किएको मनलाई को हुन्छ र  फेरि बन्ने
तिमीले नि साथ छोड्यौ को छ अब मेरो भन्ने

मैले लाको माया शायद पलाँसको फुल भयो
बस्ना खोज्या रैछौ तिम्ले मेरो ठुलो भुल भयो
तिम्रा लागि होलान कोही दिन्मै जुन तारा गन्ने
तिमीले नि साथ छोड्यौ को छ अब मेरो भन्ने

तिम्रो मेरो कथा एकै पात्र किन फरक भयो
झूटो चोखो के थ्यो माया नत कुनै परख भयो
फुल रोज्यौ काँडा रैछु होस् तिम्रो जिबन धन्य
तिमीले नि साथ छोड्यौ को छ अब मेरो भन्ने

Monday, March 30, 2015

किन ढाटनु! तिमी सित म फिदा छु
जे देख्छु भन्छु त्यै कसम म सिधा  छु

हेराइ हो या खिचाइ तानिन्छु म तेतै
पराइ या जे ठान मैले आफ्नै चिता छु

पुरा होस या नहोस कल्पी कल्पी
कोरा सपनामा केहि रंग मिसा छु

संकुचनको घेरा भित्र कति बस्छ्यौ
तिम्रा लागि पुरा आकाश फिजा छु

Tuesday, February 3, 2015

चुहाएर त हेर पसिना, यो माटोमा सुन फल्न सक्छ
मिलेर गरे हुन्न के र, बिजुली भै पानी त बल्न सक्छ

स्वाभिमान बेचि कति बाँच्नु पराधिन भै बिदेशमा
श्रम शिप यही लगायौ जब सम्म यि हात चल्न सक्छ

सामाजिक सदभाब जगाइ पौरखी हात चलाऊ
भोको हुन्न तब कोही निभेको चुलो फेरि जल्न सक्छ

राखी बन्धक देश यो गर्लान कोही स्वार्थ सिद्धी
खबर्दार गरौ कुपुतलाई नत्र देशको शान ढल्न सक्छ