Friday, June 19, 2015

मरो माया तिमीलाई गलपासो भो कि कतै
उडाएर गिल्ला गर्छ्यौ मात्र हाँसो भो कि कतै  

भए जती रित्याएर मैले मुटु दिएकै हो
बिझायो कि मुटु या अन्त चासो भो कि कतै

उस्को लागि माया साच्यौ भो उ नै संसार तिम्रो
मेरो माया तिम्रो लागी मात्रा नासो भो कि कतै

मन पराएर के भो बोझ भाछु तिम्रो लागि
झिकी फाल्नु पर्‍यो होला कित टाँसो भो कि कतै

No comments: