Friday, June 19, 2015

तिम्रो सम्झनामा आँसु नबगाको कुनै रात छैन
जे छु यस्तै छु तिम्लाई थाह नभाको बात छैन

न तैरिन्छ जिबन न जान्द्छ तैरिन मन पनि
माझधारमा साथ छोड्यौ समाउँ तिम्रो हात छैन

आफ्नो भन्दा माया लाग्छ देखाउन सकिन कि
मलाई बुझ्ने कोशीस गर यस्मा कुनै घात् छैन

तिम्रो खुशी भित्र मेरो आँसु पनि होला हेर
पाखा लायौ किन मलाई कित मेरो औकात छैन

साउन भाडाउ बग्छ आँखामा अबिरल भै ईन्द्रबती
आसु बाहेक मैले दिने अब कुनै सौगात छैन

No comments: