Wednesday, June 17, 2015

तिमी बाहेक यो संसारमा अरु मेरो को नै छ र
मन्मा राखी सकेर नि राख्या छैन भन्छ्यौ तर
आँखाभरी माया देख्छु तर मन्मा केछ डर
टाढा हुँदा नजिक खोज्छ्यौ नजिक भए भाग्छ्यौ पर


तिम्री इच्छा खुशी तिम्रो गर्दिन म कुनै कर
नरुवाउनु मलाई तिम्ले बरु चाहे जे नै गर
देउ तिर्थ थाहा छैन मेरो मन्दिर तिम्रो घर
जिन्दगीमा कस्को लाग्छ तिम्रो भन्दा भर

No comments: