Friday, August 1, 2014

कोइली जस्तो बोली तिम्रो रूप हेर्दा परि
बाटो बिराइ आकी हौ की स्वर्ग बाट झरि

मन्द मुस्कान बन्द ओठ हिस्सी छ मुहारमा
तिमी हाँस्दा गुराँस फुल्छ मनको बनै भरी

शिष्ट भाषा सालिन तिमी मुर्दु भाषी पनि
निच्छल छ तिम्रो मन बोल्छ्यौ सुबास छरी

फिका पर्छन जून् तारा तिम्रो आगमनमा
तिमी देख्दा खुल्छ मन झुल्के घाम सरी
उसो त भातेहरू,खोई के के,गर्छु भनि खोक्छन
के गर्थे गर्न त, बरु गर्ने ,लाई चाहि रोक्छन

दहि चिउरे चाकडिबाज,हरूको गर्नु के कुरा
कुरा काटछन पछाडि ,अगाडी तिनै,सलाम ठोक्छन

जात जे होस् आखिर, कुकुर् त कुकुरै हुन्छ नी
हडडी मात्र देख्न पर्छ एकले अर्कोलाई टोक्छन

स्वाभिमानको गला थिची देश चुस्ने फटाहाहरू
नारामा बुद्द रोपी सपनामा सिंगापुर बोक्छन

माथी देखि तल सम्मै मिलाउन जान्नेहरू
एक थरि समाज सेवामा नी आफ्नो भाउ तोक्छन