Saturday, August 25, 2012


एउटा मान्छे यस्तो मिलोस मेरो आँसु रुन सक्ने
बताए बिनै मनका कुरा मन बाटै छुन सक्ने

रहरहरु भात्किरैछन लंगडो भा'छ जिबन यो
लडखडाइ उठन खोज्दा मेरो साथ हुन सक्ने

धडकन कहाँ सुन्दा रैछन् मुटु खेल्ने हरुले त
अनुरागमा दागै दाग भो चाइयो सबै धुन सक्ने

छटपटी छ कती मनमा देख्छ कस्ले भित्री घाऊ
आखिर कोही त होस मेरो मन्को बह फुन सक्ने

धिपधिपाइ कती बलोस निभेको छ मेरो भाग्य
मलाई ज्योति दिने को होला आफ्नै भागको जुन सक्ने