Wednesday, August 25, 2010

मनको कुरा मनै भित्र बाँकी नराख
चुक्न सक्छ निशाना नि ताकी नराख

ढुङोको मुर्ती सुन्दैन पुकार मनको
मुटु खोज्न देब देबी भाकी नराख

प्रेम बिना निरश छ जिबन कथा
ढुकडुकी त्यो लाजले ढाकी नराख

झर्नै पर्छ भने किन नफुल्नु फक्री
गुम्सिएर बेर्थै तिमी पाकी नराख

आफ्नो भन्ने पराइ हुन बेर हुन्न
परै बसी आर्का मुटु झाँकी नराख