Monday, August 28, 2023

 मेरो खुशी तिमीसित छ त्यो पनि खोस्न खोज्छयौ

मैले फुल बिछ्याउन खोज्दा तिमी काँडा रोज्छ्यौ 


मेटिउ म आँफै बरु तिम्रो खुशी लेखु भन्छु 

तिम्रा वरपर मेरो आफ्नै जीवन देखु भन्छु 

तिम्रा आँखा रसाउदा मेरो मन नि कुडिन्छ

चोट लाग्दा तिमीलाई मेरो मुटु नै चुडिन्छ 


भोको छु म पनि पिरतिमा तला थपु भन्छु 

देउता बनाइ तिमीलाई तिम्रै नाम जपु भन्छु 

पन्छाउन सकुँ खुशी छेक्ने तिम्रा बाटाहरु 

तिमी भित्रै थुनिएका पिरका ज्वारभाटाहरु

 केटा 

नजरका ति माद पीई मदहोश बन्न पाए 

कती छ प्यास काँपेका ओठलाई भन्न पाए 

निर्दोष एक मुठी खुशी पोती त्यो दिलमा 

मायाका अनुभुतीहरु एक एक गन्न पाए  


केटी 

ख़ाली खाली छ यो मन, तिमी रंग भर्छौ भने 

जवानीको यहि रङमा तिमी दंग पर्छौ भने 

नजर भरी प्यास बोकी लजाएर बस्नेछु म 

सुस्त सुस्त आउ तिमी मेरो मुटु चर्छौ भने 


केटा 

मधुमास बोकी तिम्रा अधरले पर्खि बसे 

मगमगाएर बैशको सुबास छर्की बसे 

रुमानी उन्मादलाई सुम्सुमाउन आउँला 

हल्का बदमास बन्दै म झुमाउन आउँला 


प्यासी छु म रुझाउने कोइ भए रुझी दिन्छु 

बुझ्नु छ केही बुझाउने कोइ भए बुझी दिन्छु 

मन भरी समर्पणको अनुराग बोकेर फेरि  

समाहित हुने छु म ति नयनमा हेरी हेरी 

दुबै 

बाँच्नु छ साँचेर हुन्न यो दुई दिनको जवानी 

आउँ लेखम प्रेमको जुग जुग खप्ने काहानी

 जान्ने सुन्नेहरु गैर बहर या बहरमा गजल लेख्छन 

म जस्ता हिज्जे नजान्नेहरु रहरमा गजल लेख्छन


आरोप प्रत्यारोपको सृखला कति बढदो गतिमाछ 

उचाल्ने पछार्नेहरु यहाँ प्रहर प्रहरमा गजल लेख्छन 


कुन्ठा झँङिए मनमा,ऐजेरुको जरा फैलिन्छ परै सम्म निस्सासिदै प्रदुसित भावनाहरु शहरमा गजल लेख्छन 


प्रेम स्नेह बिना घर घर हुँदैन बङला नै ठड्याए पनि 

सद्भाव बिना रिस रागको कहरमा गजल लेख्छन 


म मिठा मिठा कुराहरु सोच्छु मिठै लेख्न खोज्छु 

बिष र अमृत न चिन्नेहरु जहरमा गजल लेख्छन 


ताल नतुइको फुइ ,दुई चार गजल लेख्दैमा कोइ

गजलको पुरै आकाश थामेको ठहरमा गजल लेख्छन 






Sunday, August 13, 2023

 मुसुमुसु हाँस्छे आँखा सन्काई काली 

लटरम्म पाक्या रैछ बैशको बाली 


भाउ खोज्या होकी दाउ कुरी बस्या

चारै तिर हेर्छे नजर फाली फाली 


नाखरा नि पार्छे छिल्लिएर बस्छे 

हाँसी हाँसी गर्छे मरेस भनि गाली 


ज्यानमारा चाल मन थुन्ने पासो 

तै पासोमा पर्छु भए दिल खाली 


कतै गोरी काली कतै अग्ली होची 

अझै छैन कोइ रित्तै मेरो डाली 


नाई नाई भन्दै हुन्छ जस्तो गर्छे 

बज्छ कित मेरो पिरतिको ताली 


भन्न थाली सके काठ पस्या मुला

झ्याइ पार्नु पर्छ अब यसै पाली


Wednesday, January 18, 2023

 भीड़मै पनि एक्लै छु तिम्रो अभाव खड्कियो 

सबै मन खुशी खुशी मेरो मन कता भडकियो 


नरम नरम मुलायम थियो हाम्रो काहानी 

कता’ट चट्टान आयो अनि हलो अडकियो 


हाँसी हाँसी नासी दियौं जीवनका स्पन्दन 

सुस्त भाछ मेरो मुटु कस्को मुटु धडकियो  


धेरै भयो बेसुर भको लय कस्ले मिलाउने

निस्कन्न धून सरगमको तार सड्कियो