Monday, August 28, 2023

 जान्ने सुन्नेहरु गैर बहर या बहरमा गजल लेख्छन 

म जस्ता हिज्जे नजान्नेहरु रहरमा गजल लेख्छन


आरोप प्रत्यारोपको सृखला कति बढदो गतिमाछ 

उचाल्ने पछार्नेहरु यहाँ प्रहर प्रहरमा गजल लेख्छन 


कुन्ठा झँङिए मनमा,ऐजेरुको जरा फैलिन्छ परै सम्म निस्सासिदै प्रदुसित भावनाहरु शहरमा गजल लेख्छन 


प्रेम स्नेह बिना घर घर हुँदैन बङला नै ठड्याए पनि 

सद्भाव बिना रिस रागको कहरमा गजल लेख्छन 


म मिठा मिठा कुराहरु सोच्छु मिठै लेख्न खोज्छु 

बिष र अमृत न चिन्नेहरु जहरमा गजल लेख्छन 


ताल नतुइको फुइ ,दुई चार गजल लेख्दैमा कोइ

गजलको पुरै आकाश थामेको ठहरमा गजल लेख्छन 






No comments: