Monday, August 28, 2023

 केटा 

नजरका ति माद पीई मदहोश बन्न पाए 

कती छ प्यास काँपेका ओठलाई भन्न पाए 

निर्दोष एक मुठी खुशी पोती त्यो दिलमा 

मायाका अनुभुतीहरु एक एक गन्न पाए  


केटी 

ख़ाली खाली छ यो मन, तिमी रंग भर्छौ भने 

जवानीको यहि रङमा तिमी दंग पर्छौ भने 

नजर भरी प्यास बोकी लजाएर बस्नेछु म 

सुस्त सुस्त आउ तिमी मेरो मुटु चर्छौ भने 


केटा 

मधुमास बोकी तिम्रा अधरले पर्खि बसे 

मगमगाएर बैशको सुबास छर्की बसे 

रुमानी उन्मादलाई सुम्सुमाउन आउँला 

हल्का बदमास बन्दै म झुमाउन आउँला 


प्यासी छु म रुझाउने कोइ भए रुझी दिन्छु 

बुझ्नु छ केही बुझाउने कोइ भए बुझी दिन्छु 

मन भरी समर्पणको अनुराग बोकेर फेरि  

समाहित हुने छु म ति नयनमा हेरी हेरी 

दुबै 

बाँच्नु छ साँचेर हुन्न यो दुई दिनको जवानी 

आउँ लेखम प्रेमको जुग जुग खप्ने काहानी

No comments: