Sunday, February 19, 2017

माया थियो कि त त्यो मुटु फोडने खेल थियो
पानी देख्यौ होला तर यो आँसुको भेल थियो

तिमी जलपमा थियौ टलकमा भर परे
झुटो साँचोको यो कस्तो अनौठो मेल थियो




टुक्रा टुक्रा जिन्दगी यो जोडछु भन्दा नत जोडीयो
छेक्छु भन्थे उस्को याद फेरि किन उतै मोडियो

नछ घाम नछ जुन बज्यो कुनै नत यहाँ धून
अलिकती जुन थियो त्यो पनि उसै सित छोडियो

हातमा पो लेखिएको थ्यो कि तिम्ले लेख्यौ भाग्य
अंगालोमा थियौ तिमी यता खुला आकाश ओडियो

नावो थियो झार थियो तिम्रो वारपार थियो
आफ्नो जस्तो लाग्थ्यो तर अर्कै बाग गोडियो
उठाउ म कसो यो जिन्दगी आँफै ढलेकोछु
न बढछ पाइला नै अगाडि यो म गलेकोछु

धूँवा नआएर के भो बल्न त बलेकै छ यो
छामी हेर छाती मेरो भित्र भित्रै जलेकोछु

गहबाट झरे पछि मुर्झाएका ति मायाका थोपा
खोटो सिक्का सरि भाछु न म कतै चलेकोछु

खुशीको यो अभिनयमा फगत यो हाँसो भिरी
छल्न सके कोही या म आँफैलाई छलेकोछु

Monday, February 6, 2017

नबोलेरै के के भन्छ त्यो नजर रत बदमाश हुन्छु
उम्लेर आउछ कस्तो कस्तो रहर रत बदमाश हुन्छु

बेमनी छ हावा उछलेर छिलिन्छ तिम्रो आचल सित  
हावामै तिम्रो सुबाश चल्छ सरासर रत बदमाश हुन्छु

तिम्रो सालीनता र सुन्दरताले जब खिच्छ मलाई
होश हराइ काँप्छ बदन थरथर रत बदमाश हुन्छु







 


 




 
 

Friday, February 3, 2017

नजर जुध्दा झुक्न परे अर्कै बाटो फेरे हुन्छ
मुटु भित्र जेजे छन बाँकी सबै केरे हुन्छ

जहर भन्थ्यौं रहर भो चढछ यो प्याला भरी
लत न हो ढले भने नचिने झै हेरे हुन्छ

अर्को संग साट्यौ मन फाट्यो छाती यता मेरो
बिझाए म अब अरु कसैलाई बेरे हुन्छ

झुक्किएर खोजेछ भने तिम्रो मुटुले मलाई
नछिरोस याद चारै तिर मुटु घेरे हुन्छ