Monday, January 28, 2013


शायद तिम्रो काहानीको एउटा पात्र थिए म
नायक कैले बनाइनौ निमित्त मात्र थिए म

यस्तो लाग्थ्यो हर कदम तिम्रै साथ हुनेछु
खुशी जति तिम्लाई दि तिम्रा आँसु रुनेछु
दुई कदम हिंडे पछि तिम्रो बाटो कतै मोडियो
मेरो मुटु टुक्रा पार्दै तिम्रो मुटु अन्तै जोडियो






Friday, January 18, 2013


तिम्रो मेरो नाता केहो आफ्नै आत्मा संग सोध तिमी
पाइनौ कुनै जबाफ भने मेरा आँखा भित्र खोज तिमी

पाप थ्यो कि पुण्य थियो मेरो लागि यही धर्म थियो
सहि गलत हुन्न माया मैले जास्तै मन्ले सोच तिमी

नहेरुँ नि ठाउँ कुठाउँ, खुला खुला राख्छ्यौ तिमी
हेर्‍यो कित लाज मानी ,मुख छोप्दै भाग्छ्यौ तिमी

जाडो हुंदा कुन्ता बिजोक, हाबा चल्दा के पो होला
छोटा छोटा बश्त्र भिर्छ्यौ, केले लाज ढाक्छ्यौ तिमी

अंग अंग बैश चढि ,भरिलो छ  जवानी त्यो
आगाँ घिउ थप्न अझै ,कर्के नजर फाक्छ्यौ तिमी

जवानीको उन्माद हो,कि या बैशको कुतकुती त्यो
होला मात चढाउनै, लाडिएर हाँस्छ्यौ तिमी

नजरमा केछ कुन्नी  ? दिलै भयो आरपार
बिना तिर घाइते भाछु, अरु किन ताक्छयौ तिमी

Wednesday, January 16, 2013


भन्ने मात्र भए यहाँ छैनन कोही देश बन्नेहरु
सपनाकै कुरा गर्छन दिउसै जून तारा गन्नेहरु

चेपिन्छ कहिले मेची हेपिन्छ कहिले महाकाली
कता लुके आज परे देशका लागि मर्छु भन्नेहरु

नत चिन्ता छ माटोको न सोच मुटु जोडने बाटोको
बिकासको निकास दिन्छु भन्छन आफ्नै आगन खन्नेहरु  

Saturday, January 5, 2013


धर्म शास्त्र कण्ठ थियो लाग्थ्यो ॠषि मुनी थियो
संगत पछि थाहा भयो एक नम्बरको खुनी थियो

तर्क भने यस्तो गर्थ्यो मै हुँ भन्ने पार लाग्थे
बिदुर जस्तो सबले भने तर उत सकुनी थियो

बोली भित्र गोली बेच्थ्यो पत्तै नपाई मृत्‍यु किन्थे
हुन पनि मिठो बाणी मनै भित्र छुनी थियो

Thursday, January 3, 2013


नरोक भो जसोतसो  जिन्दगी यो बहाबमा छ
नखोले कै जाती होला अचेल यो नकाबमा छ

तिमी उड्यौ आकाश छुन म रहे यही जमिनमा  
उडुँ भने मेरो आकाश हाबाको अभाबमा छ

बोली हुन्थ्यो हर हेराइमा चुपचाप सुन्थे ति नयन
मौन मौन बस्छ आँखा अचेल यो दबाबमा छ
 
कहाँ छु म किन छु म बेखबर छु आँफै सित
दिमागको के कुरा अब दिल पनि तनाबमा छ

Tuesday, January 1, 2013


बदमाश छ यो दिल, जति भने पनि मान्दैन
बेकाबुमा छ यो किन, तिमी बिना अरु छान्दैन

कुनै दिल माया खेल्छ ,कुनै दिल माया झेल्छ
माया गर्छ तिमि संग यो, अरु केही पनि जान्दैन
 
बिर्सु भन्छु झन झन, सम्झनाले सताउछ
ठान तिमी जे ठान्छ्यौ दिल यो त पराइ ठान्दैन

सुन चाँदी ,हिरा मोती सबै फिका लाग्छ अब
मेरो लागि सबै तिमी, यो मन केहीले नि तान्दैन

तिम्रो यादमा कहाँ कहाँ पुग्छ यो मन अचेल
फुकेको छ यो दिल  यसलाई केही ले नि बान्दैन