Wednesday, December 31, 2008

उदाङ थियो अंग हाबा भई छिल्लिन मन लाग्यो
सिरिङ्ग भो यो तन तिमी सित गिल्लिन मन लाग्यो

मुजा मुजा गाला जिस्काउन थाले ऐनाले पनि
सोर्ह बर्से जोबन पैचो मागी चिल्लिन मन लाग्यो

ईश्वोरको फुर्सदको श्रीजना हो कि कारीगरी हो
सुझ बुझ कहाँ? तिमी हेरी जिल्लिन मन लाग्यो

हर पल दुख्छु बरु मन्जुर भो टन्किने घाऊ नि
श्पर्शको लालचमा पिलो सरी पिल्लिन मन लाग्यो

धन दौलत शान सौकात सब छन नासबान
दाईजोमा केबल तिम्रो त्यो दिललिन मन लाग्यो

Sunday, December 28, 2008

आधारमा धार थ्यो कि माया आरो भो
रेटी रैछ मुटु मेरो बांच्न गारो भो

छुन्छु भनी भनी यो मन भत्कायौ
बिझिँ बाँचा आज त्यो आँखाको छारो भो

दया माया शिकारीको कहाँ हुदो रैछ
ताकी ताकी हान्यौ तिर छाती तारो भो

सतहमा भेट्या माया मुटुमा राख्न नि
निल्नै नपाई जालमा पार्ने चारो भो

मन नपर्नेको श्वाससै गनायो कि
फन्की फन्की रन्किने रिसको पारो भो

प्यासी जिबन प्यासमै सिमित भा छ
पिउन पनि बिना पानीको धारो भो

Tuesday, December 23, 2008

रिनले थिचिएको टोपी अब त झुक्छु भन्छ
धेरै भो रे लाज सगरमाथा नि लुक्छु भन्छ

अटल भएर कती ठडियोस चन्द्र सुर्य पनि
रगतको छिटा माथि फराउदा दुख्छु भन्छ

बाघको छाला ओढ्या स्याल शेर भो कि छेर
लुते कुकुर झै पुच्छर लुकाइ भुक्छु भन्छ

अपार जलको खानि,अभाब छ फेरी पानी
मेटाउन नसकी तिर्खा,नदी नि सुक्छु भन्छ

थरी थरी फुल सजाएर गाँसियो भन्थे कोही
मालाको डोरी यो कसरी उनियो फुक्छु भन्छ

Sunday, December 14, 2008

कुर्दा कुर्दा थाकी सके अब त लौ है आऊ कालु
निरशाले छाको मन्मा मायाको गीत गाऊ कालु

मन लुकाउने छानो छैन,पिर पोख्ने साथी छैन
यो दिल यसै खाली भाछ प्रितीको गूड् लाऊ कालु

डुंगालाई पानी,ढुङालाई माटो, मलाई तिमी
मुटु छामी मन्मै पुगी मायाले चुम्मा खाऊ कालु

पानी बिना माछी,भुटभुटि छटपटाको छु
निको हुन्छ तिम्ले छोए चराको यो घाऊ कालु

श्रदा भए ढुंगा देबता,मनमा भए लोटाँ गंगा
पाटी पनि मन्दिर हुन्छ जहाँ पर्छ पाऊ कालु
नबुझे झैँ गर्नु अब,मैले तिमीलाई लेखे भने
अर्कै बाटो हिडनु फेरी,मेरा नजरले छेके भने

मनै त हो मेरो पनि होशै थिएन आबेगमा
औंसी पुर्णे लाग्या बेला खोइ मैले के के भने

ओईलाएछ फुलको बारी काडाँघारी वारीपारी
खुचिङ पर्‍यो भन्छयौ अरे कडाँलाई टेके भने

बेहोशिमा बर्बराउछु ,तहसनहस भैसकेछु
सखिली भई कठै! भन्नु बरबादी यो देखे भने

अन्न पानीको जिन्दगानी कुही जाने चोला भन्छन
सहनु नै पर्दो रैछ पुषे सिरेटोले सेके पनि

Friday, December 12, 2008

यो उताब चडाब जिबनमा गुने कोही छ कि
सुख दु:ख हर मोडमा साथ हुने कोही छ कि

रसाएर गलेको मन,झरी बनी उर्लियो झन
मुल फुटी बगी रहने आँसु रुने कोही छ कि

बैरी भयो बिधाता नि भाग्य भित्र दैब पस्यो
नियतिले थुपारेको यो पिडा धुने कोही छ कि

फुल्ने रहर कत्ती थियो,पहेलिएर कता पुगे
कोपिलैमा मुर्झाएको यो मन छुने कोही छ कि

कस्तो बन्धन मुटु थुन्ने,मन कैदी पारी दिए
सिमा भित्र बाँधिएको डोरो फुने कोही छ कि

Wednesday, December 10, 2008

कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ
कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ

खरिद बिक्रिको पसलमा के के मिलथ्यो कुन्नी
सपना बेच्नेको उधोग धन्दा पनि पुरा भएछ

माया हो कि दया, सदभाब भनेर जताउथे
आर्का मुटु के भर थ्यो र,फेरी टुहुरा भएछ

बल्ल बल्ल लाँको बाली हात मुख जोर्न पनि
खडेरिमै चर्को घाम,आशा जती झुरा भएछ

ढोगी जोगी कस्ले चिन्यो,गेरु बस्त्र अस्त्र थियो
दर्शन बाँडे भनी सुन्थेँ, बुद्ध पुर्ने कुरा भएछ

Monday, December 8, 2008

मुटु भरी दुखी रछ घाऊ बनी चराई दियौ .
श्वास चली र'दा नि लाग्छ जिबन हराई दियौ

खोइ कुन बाटो थियो तिमी सँग हिडि नै रहे.
सहज यात्रा थियो धराप थापी डराई दियौ

साधनामा लिन थिए आरधना तिम्रै थियो
रियाजमा लय हाल्दै थिए तिमी कराई दियौ

फुटेको थेँ टुटेको थेँ तैपनी किन हो जुटेको थेँ
तहस नहस पारी फेरी बिजोक गराई दियौ

सुधो थिए,सच्चा थिए लप्पन छप्पन के था
धोका दीइ धोकेबाज मलाई नै दराई दियौ

Saturday, December 6, 2008

मन्मै छिरी सक्यौ तिमी,खोली छाती हेर्न पर्छ र
तिमी दुख्दा काटछ् मुटु,आँसु नत्र कहाँ झर्छ र

शंका उपशंका के के हुर्के होलान मन भरी
थामेर राख भरोसा,चोखो माया कहाँ मर्छ र

बेली चमेलिको जस्तो सुगन्ध बोकेर झुलुला
नखुदे मन बाँझो पारी,रोप्दा माया फेरी सर्छ र

छुरा जस्तो कुरा चले,मायाको बैरी जलुन जले
छामी सके छि मुटुले मुटु प्रभा कस्ले गर्छ र

अल्झिए बल्झिन्छ अतित,मुटु भित्र राख्छु बरु
टिल्पिलाएर नबग आँसुले कही घाँउ भर्छ र

Wednesday, November 26, 2008

कती रछन यहाँ छानोमा आगो फुक्नेहरु
माहत्मा भए रे सुने निर्धाको बाटो ढुक्नेहरु

घरको बाघ बन्को स्याल हुइया कि गर्जन
शेर को?टांग मुनी पुच्छर लुकाइ भुक्नेहरु

अर्तिले पाक्यो कान,अर्तिकै भयो हानाहान
सत्य र निष्ठा भन्छन कर्तब्यमा चुक्नेहरु

स्वछ,निर्मल,शान्त आधारको बर्णण भो रे
अर्थ्याउने तिनै थिए पिच्च पिच्च थुक्नेहरु

सापटिमा हल्लिएका हुल्का हुल टाउका
वीर भएछन कसरी? थाङनामा लुक्नेहरु

Tuesday, November 25, 2008

जित्नुमा पनि हार हुन्छ ,मन्ले छोएर हेर
किनेको खुशी कती टिक्छ,दील फोएर हेर

बिजय जय धेरै भयो ,गुणगान नि तिम्रै
खुशीको माद पियौ अरुको आशु रोएर हेर

बाहिर कती बाँचा बेच्यौं,कालो कती सेतो भो
मनको चर काँती छ की, सके धोएर हेर

आरोप प्रत्यारोप मै झेलिनु कती अब लौ
चियो चर्चा त अती भयो,सत्य दोएर हेर

बजार खुशीको थापेर दु:खै बिक्री गरे'सी
पल पल हाँसेर दुखेको मन गोएर हेर

Thursday, November 20, 2008

बदली धार बगी, चट्टानमा ठोक्कियौ रे
दुखेर मुटु अब,सम्झनामा कोक्कियौ रे

संन्चो बिसंन्चो मात्र जिज्ञासा राख्दा पनि
शुभ बोलीलाइ धाबा बोली झोक्कियौ रे

उताब चढाबमा थिलथिले भए पछी
किनारा पुग्न नपाई बिचमै रोक्कियौ रे

मेरो जस्तो सस्तो ठान्यौ होला अरुको मुटु
सुने मुटु तोडनेको नाईके पो तोक्कियौ रे

मन र मुटुको सिमाना चेपिएछ क्यारे
खोइ कता दुखेछ आँखा भरी पोख्खियौ रे

Wednesday, November 19, 2008

स्वयम्भूको आँखाले नदेखेर हो कि
तुवाँलोले छेकिएर हो कि
आफ्नै ईतिहासको पाना मेटिए पछी
आफै बुनेको सपना फुटे पछी
जथाभाबी चर्किएका आशाहरु
एकचोटी आँखले छुन खोज्दी हुन मेरी आमा

आफ्नै आगन बिरानो भए पछी
आफ्नै पन आँफै सँग बिछडिए पछी
आफ्नै माटोमा हराएको बिचार खोज्दै
आफ्नै पसिनामा बगेको रहर खोज्दै
क्षितिज पारी शान्तिका परेबालाई
शान्तिको सन्देश बोकी लेराउछ कि भनी
एकचोटि मन भरी आशा फिज्दी हुन मेरी आमा

चाउरिका अनुहार भरी खुम्चिएका विश्वाश भिरी
दाउरिएका पेट भरी थिचिएका आस्था भिरी
बिना गुदिका टाउकाका हुलहरुमा
बिना बुद्धिका सोचहरुका हुलहरुमा
रगतको छिट्टामा रंगिएका सडक पेटिमा
बारुदको धूवामा रंमगिएको एक हुल निरहलाई
रसाएका आँखा भरी पुछ्दी हुन मेरी आमा

बुद्धले छरेको शान्तीका पाटा भरी
जनकले गोडेका भाईचाराका बाटा भरी
शान्तिका सुगम यात्रामा बिझेका काँढा
मुटु भरी दुखी पल पल रन्थनिदै
मर्महित भई काँढा पंन्छ्याई दिने
कोही मिल्छ कि भनी नियाल्दी हुन मेरी आमा

कतै कोप्चिएका ,कतै अग्लिएका
कुपोषणले कुरुप शहर भित्र
कहिले टाएरको बिसाक्त धुवाँमा
कहिले बारुदको गर्जनमा
क्षेतबिक्षेत भएको भानु बाजेको
सुन्दर कान्तिपुरलाई
एकचोटी आँफैलाई चिमोटी झस्किदी हुन मेरी आमा

धूलो ,धुवाँ ,प्रदुषण ,जाम ,
अनिकाल ,हाहाकार ,चित्कार,
त्रसादी, बर्बादी ,अपहण ,बलत्कार
समस्या ,अभाब ,भष्ट्राचार .......
दुरबिन भित्र असरल्ल फिजिए पछी
लामो सुस्केरा हाली
मजेत्रोले पसिना पुछ्दै नयाँ नेपाललाई धिक्कार्दी हुन मेरी आमा

Tuesday, November 18, 2008

तिमीलाई भेटे देखी छैन मन नै थिर
आफ्नो भन्दा लाग्छ किन बडी तिम्रै पिर

छाती भित्र आगो बल्यो पोली रैछ मुटु
दुख्दा मुटु रुन देउ काँखमा राखी शिर

खोले फाँडो अमृत हुन्छ तिम्रो हातले दिए
स्वर्ग पनि चाहिएन भो राख मुटु निर

नानाथरी कुराहरु छुरा बनी कोर्ला
भत्काएर मन्को सिमा मुटु भित्र छिर

डाँडा कांडा भिर पाखा सुन्छु तिम्रो भाषा
तिमी बिना जिन्दगीको पैरो जाने भिर

Thursday, November 13, 2008

मुटु केलाँउन दियौ तिम्ले,घाउ दरफरायो
सम्झी फेरी तिमिलाई आँखा,मेरो फरफरायो

सुकी सकेको घाऊ मैले किन कोट्याएछु
तप्किएर खसे आँसु तिम्रा,छाती भरभरायो

कती रछ मुटु भरी लाभा, छडकिरको दिल्मा
ज्यालामुखी फुटायौ तिमिले मन चरचरायो

भक्कानिएर पोखियौ तिमी,म बगेछु आँसुमा
सम्झाउ कसरी तिमिलाई, बोली लरखरायो

घाऊ तिम्रो पिडा मलाई दुख्यो छातीभरी
ओठ मुख काँपी रछ मेरो बोली लरबरायो

Wednesday, November 12, 2008

म त लठ्ठ परे के छ तिम्रो बोलिमा
नफाल खेरा हाँसो सजाउ मेरो झोलीमा

चाहिन्न केही मलाई थकाई लाग्दा बरु
शिर बिसाउन पाँउ तिम्रो त्यो चोलिमा

बाली दीप मायाको झलमल पारी रछु
सजा छु मन्लाई ,चढ दिल्को डोलिमा

तिम्रो साथ ,तिम्री हात मेरो भो सहारा
हीरा मोती किन चाहियो मन्को खोलिमा

Monday, November 10, 2008

मनले छोयौ मुटुमा बेरयौ तैपनी यो दुरी
बली नै रहोस् मायाको दीप नचली त्यो हुरी

डडेको छाती इश छ साँछी जून झै उदायौ
शितल छरी आउ मेरी परी बस्या छु म कुरी

रातले पनि गरेन जनी तड्पायो यो मन
दे दैब तिमी भई देउ गुनी मेटाइ यो दुरी

मुटुको धून सुटुक्क सुने सँगीत तिम्रै छ
बोलिमै जादु कोइली कण्ठ चाहिएन तान्पुरी

सगर पारी आँसु जो झारी नरोए पियारी
मिलन होस् चाडै म आउछु साइत जुरी

Saturday, November 8, 2008

आदर्णिय गुरु देबकोटा ,जदौ !
मनभरी देश दु:खी रैछ आराम छु भनु कसरी
छातीभरी माटो रोइ रहेछ आनन्द छु भनु कसरी
बरु ,
कट्कट्टिएको रगतको छिटामा
आंसुको थोपा घोली ,यो पत्र लेखी राछु
अनगिन्ती अनुउत्तरित प्रश्नहरु, यो पत्रमा सोधि रहेछु
ब्रुजुकहरु उपबुज्रुक भएको ठाउँमा
अन्योल र संत्रास निबारणको ,उपाय मागी रहेछु
आशा छ मलाई न्याय गर्नु हुनेछ
दिल र जातको समायोजना हुन्छ कसरी ?
धन र मनको मिलन हुन्छ कसरी ?
हुलहुल टाउकाहरु बिचरामा बिचलन भ'का हुन कि
गूदी सकिएर रन्थनिएका हुन कि
जातिय भेदको नारामा भुल्लिन्छन टाउकाहरु
राजनीतिमा झुत्त्तिन्छन टाउकाहरु
हुलहरु मोर्चा भए ,हुलहरु संघ भए ,हुलहरु संघठन भए
हुलहरु तराइ भए ,हुलहरु पहाड भए ,हुलहरु शहर भए
हुलहरु जज्लपा भए ,सबेरो भए ,खै के के भए
तर
हुलहरु कहिले नेपाली भएनन किन ?
हुलहरु कहिले नेपाल भएनन किन?
शायद ,
बिचराकै अनिकाल परेको हो कि
सोचकै खडेरी परेको हो कि
बिखल्बन्धमा परेको छु म त
हजुर जस्तो ,
नोकोटिनको सर्कामा बिचारको मुस्लो उडाउन सकेन
चुरोटको बट्टा, भित्ता कतै, कसैले सोच खोप्न सकेन
बरु ,
जिलेटिनको धुँवामा बारुदको कथा लेखे
बुद्धको कांखमा बाँझलाई शरण दे
छटपटाएर शान्ती रुदा
फट्फटाएर परेबा रुदा
टाउका टाउकाहरु शर ताजको सतरंज खेले
किन ?
किन?
घरदेशका नंग्रा परदेशमा पलायन छन
आफ्नै घरगाउका बाटाहरु बिराना छन
सांध सिमानामा पनि चन्द्र सुर्य लत्रिएका छन
बांकी बचेँको सगरमाथाको टोपी पनि
लाजले झुकेर कोशीमा बगेको छ
स्वाभिमानको टाल्नै नसकिने भ्वाग परेको छ
किन ?
सबाल मात्र उठाउने म पनि लांछी छु शायद
यसैले उडी चन्द्र छुने लक्षय लिन सकिन
आफ्नै माटोलाई अन्याय गरी पसिना बेची रहेछु
आफ्नै टोपी लुकाएर आँफैलाई साटिरहेछु
थाहा छैन,
भडकिएको हुँ कि भडकाईएको हु
आफ्यानऐ भेष भुषा भुलेर उधारोमा बाँचिरहेछु म
तेसैले ,
म जस्ता कायरहरुको बुद्धिको बिर्को खोल्न
भडकिएको टाउकोमा गिदी भर्न हजुरलाई बिन्ती गर्छु
एक चोटि फेरी आँखा उघारी हेर्नु पर्‍यो
फेरी एउटा अर्को जन्म लिनु पर्‍यो
बरु सकिन्छ भने साथमा
हजारौं दुर्योधन र दुशासनलाई सुधार्न
एउटा बिदुर लिएर आउनु पर्‍यो
हजारौं राबण र कुम्भकर्णलाई बुँझ्याउन
एउटा राम लिएर आउनु पर्‍यो
किनकी ,
यहाँ धेरै रहरहरु बाँझो छ
र धेरै बिबेकको खाँचो छ
फेरी
दिल र जातको समायोजन पनि त गर्नु छ
सांग र सिस्नोको आनन्दिको बयान पनि त कोर्नु छ
मन र पनलाई पनि त गाँस्नु छ
तेसैले
मेरो बिन्ती ,
एउटा मुनामदन फेरी कोर्न आउनोस
एउटा नयाँ सोच फेरी फोर्न आउनोस
जहाँ सुनको थैला भन्दा आनन्दी मनको आकार होस्
जहाँ मुर्ती र मन्दिर भन्दा श्रम र शिपको आधार हो
र प्रतिघातको हाट भन्दा सदभाबको चाँदर होस्
हजुरको आग्याकारी चेलो

Friday, November 7, 2008

थाके जस्तो लाग्छ अचेल नझुल्कदै घामहरु
अधेरोमै चिसिएछन आज भोली गामहरु

पत्तै नभै झिकिएछ कि सुमसुमाउने हात
आलै रैछन् छाती भरी पाजिएका डामहरु

पाप धर्म जोख्नु र कहाँ जताभाबी दुखी राछु
धाइ रहे कुन आशले देबै नभा धामहरु

ढंग छैन रंग पोत्छन कस्तो होला शिल्पकला
आँखा भरी सांच्नु कसो शिपै नभा कामहरु

लंका भित्र शंकै शंका विश्वाश छिनेछ कि
कि डराए राबण सँग हुतिहारा रामहरु

Sunday, October 26, 2008

कसरी भनु अब यो मनमा के के अटेको हुन्छ
हाँसेको देखे पनि रोको मुटु कती फटेको हुन्छ

अग्लिनु र पग्लिनु जिबनको खेल भनेर खेल्यौ
बदली धार बगे पहाड नि कती कटेको हुन्छ

प्रयोग भएँ कती लेखाजोखा मेरो अस्तित्वको के
नलग बजार भो बासी चिज मोल घटेको हुन्छ

हाँसेर नाँस्न सिक्यौ टुक्रा टुक्रा म त फुटेको छु
नसोध चिरा भको मन्मा मुटु कहाँ डटेको हुन्छ

मायाको खेल रची धोका जित्यौ ,सहेको छु म
नभन फेरी तिमी सबै माया पछी हटेको हुन्छ

Saturday, October 25, 2008

हिरामोती के थियौ कुन्नी आँखाभरी टल्किदियौ
धित मारी तिर्खा मेट्न नि आँसु सरी छल्कीदियौ

मुटु भित्र मनै मेटेसी साधनामा के बाँकी भो
धुप दिप आरती गर्दा आगो बनी सल्किदियौ

हरियाली मरुभुमिमा देखिए नि के नै भो र
रेसा रेसा पोली रहेछ सिस्नो सरी हल्किदियौ

घाम निभी बादल छायो उदास छ रात पनि
चर्की दुखे घाउका टाटा जथाभाबी झल्कीदियौ

छलछाम निती नियम निया खोज्न जाउ कहाँ
तराजुको दोष देखाइ अन्तै तिर ढल्किदियौ

Sunday, October 19, 2008

गाँस खोज्न हत्केलामा ज्यान बोक्छन मान्छे
भेडा भाख्रा सरी आफ्नो भाउ जोख्छन मान्छे

आकाश छुनेको भिडमा छाना नपाका माथा
भोकमा जकडी आफ्नै ओठ टोक्छन मान्छे

ओबोध पिउषाका रहर सपनामा बुनी
साकारको आशमा ढुङ्गा ढोक्छन मान्छे

कर्मको मर्म,कस्तो यो धर्म जात भातमा
उच निचको सिमाना आँफै तोक्छन मान्छे

माटोको पाटो एकताको बाटो बिकास रोप्न
बढन नि अघी खुट्टा तानी रोक्छन मान्छे

Friday, October 17, 2008

अबमुल्यन भा'छु म त, मोल खोजछ्यौ तिमी
भासिएको गला न लय, बोल खोजछ्यौ तिमी

सल्केर मुटु डढेको मनमा पिडा छ कती
सुकेको छाती निचरी, झोल खोजछ्यौ तिमी

हल्लाको मान्छेहरु हल्लामा हांसे हल्ला गाँसे
हल्ला नछिर्ने कुन बस्ती टोल खोजछ्यौ तिमी

जिबनका खातामा भत्किएका सपना छ कि
नखोलेरै भित्री पाना बाहिरी खोल खोजछ्यौ तिमी

समुन्द्रको लहरले छुन्न अत्यास त्यो प्यास
तैपनी चिनी पानीको गुलियो घोल खोजछ्यौ तिमी

Thursday, October 16, 2008

मनको पाखो बाँझो हुँदा तिमी तर्की दियौ
डुबानमा छु आज भोली फेरी दर्की दियौ

आबरणमा अबतरण दोष आफ्नै हो कि
नौनी जस्तो लागथ्यो छाती भरी चर्की दियौ

हतारमा के थियो भोक थियो कि भोग
फुको फाँको यस्तै निल्न खोज्दा सर्की दियौ

आस्थाको सहयात्रा सहज थिएन क्यारे
यात्रामा एक्लै पारी बिच बाटो फर्की दियौ

मनको दैलो मैलो भयो दिल अन्धो कस्तो
अनुरागमा दाग थेन फेरी झर्की दियौ

Wednesday, October 15, 2008

आँखामा उर्लियो सागर मुटुको घाऊ धुन देउ
सकिन रोक्न पराइ हात धित मारी रुन देउ

खुम्चेका रहर बन्धकी परे पिजडा नियतिको
भोली तिम्लाई,पैचोमा आज एकफेरी छुन देउ

सिन्दुरको धूलो कती भो ठुलो,सिमाना कोरी गो
मुर्तिमा त बेजान देब,मुटुको कुना हुन देउ

खुशी लेख्ने मसी सुकेछ ,दिलको पना खाली भो
संगै रचेका भबिष्य पोखियो भन्दिन थुन देउ

भोलिको होली बेरंग बेढंग तिमी बिना अधुरो
निरस मनमा रंगिन सपना भन्दिन सुन देउ

Friday, October 10, 2008

थर्थराएका हातमा बर माला झल्केको याद छ
सिताराको चमक जिती आँसु टल्केको याद छ

अग्नी परीक्रमा सँगै मुटु डाँडाइ धूँवा लुकायौ
प्रणयमा उनिन गाँसेका बाचा सल्केको याद छ

मनमा मन मिसाइ पिर बिसा'को भुलुँ कोसरी
झ्याल चढी अधेरोमै घरी घरी पल्केको याद छ

परीपुरक थियौ आपसमा बहाबको धार बदल्दिए
यो मनमा खडेरी,सागर उता छल्केको याद छ

यादै यादमा याद भुली रात निदाउन सकेनन
नशाले सुके नसा अब जिन्दगी ढल्केको याद छ

Monday, October 6, 2008

मन भरीका रहरहरु ओठ भरी डुलुन
सुबास र सुगन्ध तिमिमा घरी घरी घुलुन

जमरा झै शान्ति मौलायोस कदम कदममा
आशाका कोपिला फक्री सुगन्ध छरी फूलुन

तेरो मेरोको घेरो,नपाल्नु आफैलाइ थुन्छ
सदभाबको ज्योतिले बिभेद मरी लुत्रुन

मैलोको थैलो दुर्गन्ध,आखिर यहाँ की त्यहाँ
बिकारका तुष जति सपनामै टरी भूलुन

आस्थाका देबी देबता विश्वाशमा जागा छन
कुसल मंगल सधैं तिम्रा पोल्टा भरी हुलुन

आशिष थापी निधारमा श्रदाको टिका होस
बिजय श्री सदा तिम्रो, खुशी घरी घरी फुलुन

Thursday, October 2, 2008

रातो अक्षतामा निरहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस

पाबन क्षण,माहान पर्ब ,उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस

राम या राबण ,सुर या असुर चिन्छ को
आस्थाको पूजारी बकुला भगत नहोस

सबका ओठमा उषाको कान्ती छायो भन्थे
निरह रगतले पोतिने जगत नहोस

मन फुकाई देको सुका आठना लाख हुन्छ
दान दक्षिणामा फिरौतिको नगत नहोस

Sunday, September 21, 2008

भरिएको थिए पोखिदा भने शर्मको कुरा
संस्कृतिले प्रकृति खुद्दा भने धर्मको कुरा

लिङिय सिमाको हदबन्दीमा थुनी दिए
देव र दासिको भेदलाई भने कर्मको कुरा

कर,भर,डर,रहर के थियो खोलिए
मुख लुकाए रे आफ्नाले भने मर्मको कुरा

छनौट बनौटको कुरामा कालो छाला आयो
अर्थोक त ठीक थियो रे भने चर्मको कुरा

कसैले भोज भने,कसैले मोज ,कसैले बोझ
मेलापात सरी खनिए भने पर्मको कुरा

Saturday, September 20, 2008

शिर बिसाउने काख पाइन जती थाके नि
थिर छैन प्रिया मन सुनै सुनले ढाके नि

लखतरान भई जब म तिमी सामु हुन्थे
अमृत छर्थेयौ तिमी खोले फाडो जे पाके नि

बिट फाटे टोपिको ,फेरा च्यातिए नी दौराको
हटेन कहिले त्या पुर्णिमा औसिले झाके नि

उचाई नाप्न नजाने,जती तन्काए नि धनु
झर्ला र कहिले तारा निशाना जती ताके पनि

सुनको पिजडामा कुजिई पैचो हाँस्नु परे
जानु छैन आफ्नो पन गुमे स्वोर्गैले डाके नि
फुटेको कर्म तग्न नि भाँचियो टुप्पो सियोको
मन्मै हुरी चलेसी निभेछ उज्यालो दियोको

बहेली खेली झुत्तियो घोर्ले बैश लहलह
दाँई गर्नै नपाइ मक्किएछ किलो मियोको

भरिएको बैश छल्किनु दोष हो कि जोश त्यो
आङगको भैंसी नदेखी गर्छ मेरो चियो को

मुटुको सोला कम पार्ने होला भनेर धाँए
गभको दह थापेर मदिरा भनी पियो को

गुरांस बनी फुलेथे, पलाँस भई झरेछु
मन्को दैलो खोलेर भैलो गाउँने थियो को

Thursday, September 18, 2008

ईतिहास खिया लाग्यो धार लगाउ भनेकै हो
लीलाममा परीन्छ कि पार लगाउ भनेकै हो

झिमिक्क गर्न हुन्न, सिङौरी खेल्दै बाली नास्छ
छिमेकिको डाम्ना रोक्न ,बार लगाउ भनेकै हो

झिङ्गे दाउ फोहोरिको,फुलमा रस नि जस नि
महुरिको मह मिठो ,घार लगाउ भनेकै हो

कहिले बाडी कैले पहिरो बिपती कती कती
कम्ताको फुको माटो ,झार लगाउ भनेकै हो

ग्रह दशा सबै यही,बुध्द मनमा क्रोध लुक्यो
सिमे भुमे भागउन ,खार लगाउ भनेकै हो

Saturday, September 13, 2008

मुसुक्क हाँसी सोध्यौ हजुर बिचार के छ
घाइते भए,हाँसो तिम्रो अचुक तिर रे छ

मनको मझेरी टेके पछी तेरो मेरो के
तन मन धन सबै तिम्रो,म सँग जे छ

शिर देखी पाउ सम्म हेर्छु,खोट न चोट
लाग्छ दैबले ,चाइने भन्दा बढी नै दे छ

अली पर पुगेथे, केही हराए झै लाग्यो
छामे मुटु,तिम्रै मुटुले ढुकढुकी ले छ

हर्षले झुम्छु,संसार भुल्छु अचेल किन
शायद तिम्रो ओठ,हाँसोको बोट भे छ

Friday, September 12, 2008

गाँसको आसमा श्वास गले,टिठ लाग्दो हो चोरको पनि
उर्बर हुने भए भूमी,लौ है काम लाग्दो हो फोरको पनि

गिदिमा गुदी नभए पछी टाउकोको बिर्को किन उघार्नु
बिबेक भए पशुले नि ख्याल राख्दो हो खोरको पनि

सिन्का सिन्का जोडेर लठ्ठी बनाउने होड किन हुन्छ
पन र मन जिउदै राखे,शक्ती हुँदो हो स्वोरको पनि

मच्चिन मन हुनेले पिङको झडका हैन फडका मार्नु
मक्किएको पिङमा थच्चिनु,हुन्न दोष डोरको पनि

मान सम्मान धन बैभब खोसेर पाईन्छ र कहाँ ?
आनन्द त त्यहाँ आँफै कमाई ल्याको थोरको पनि

Thursday, September 11, 2008

सुन पानी छर्केर आए भन्यौ नकार्न नि सकिन
नजिक पर्दा अर्कै गन्ध आयो सकार्न नि सकिन

मनको मान चित्रमा साँध सिमाना कोरेर गयौ
अर्कै झन्डा थियो ,कानून मिची खकार्न नि सकिन

मुटु भरी दुख्यौ तिमी,अधमेरो बाँचे मरेर
मनको तुष झारेर दुनियाँ चकार्न नि सकिन

हतारमा निली फुर्सदमा पछुताइ के हुनथ्यो
घाँटी सम्म आएको अमिलो डाँकार्न नि सकिन

मैलिएर कताकता फैलियौ,उज्यालोमा टिकिनौ
आखिरीमा समर्पण देखायौ ,हकार्न नि सकिन

Sunday, September 7, 2008

राप हो कि ताप,जे भए नि घाम भनी थापे
छानै जलाई सेकाको अन्न माम भनी थापे

मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे

ताप्केको बिँड नतातेको कती भयो चुल्होमा
तिर्मिराको आँखा,रातो के थ्यो जाम भनी थापे

राबणका दश टाउका ,शायद एक दाउका
दश दाउका टाउका उठे, राम भनी थापे

आँफै धामी आँफै बोक्सी, डम्फुको ताल आफ्नै
भेटिले पुगेन,फिरौतीलाई काम भनी थापे

Wednesday, August 27, 2008

झुण्ड झुण्ड कहाँबाट आयो हाटमा टाउको
मौकाछोपी चौका हान्न सबै ताकमा दाउको

माटोको बाटो,आस्थाको पाटो चसक्क दुखे
मन्द बुध्दी बन्द आँखा,देखेन बुटी घाउको

जालझेलको खेल खुशी हो कि उर्ले भेल
जाल बुनी शिकार गर्छ रे माकुरो माउको

धेरै छन यात्री ,लामो छ यात्रा डुब्न लाग्यो
तर्नु छ पारी किनारा,को टाल्छ दूलो नाउको

मन बचन र कर्मले निस्वार्थ गर्ने भन्थे
नि:सुल्क सेबामा मिलेन अरे कुरा भाउको

Thursday, August 21, 2008

लुकाएर राख्यौ त्यो मन सकिन चोर्न पनि
गाठो पर्‍यो मनको बह ग्राहो भो फोर्न पनि

छरी दियौ हासो, पासो थियो कि नासो
बटुलेर तिम्रो मुस्कान सकिन सोर्न पनि

नजरमा थुनिन,दिलमा उनिन मन त थियो
उदय र अस्तको घेरो धमिलो भो जोर्न पनि

अल्झिए,बल्झिए,ढल्किए र शायद अडकिए
काँपी रा'छ यो हात तिम्रो तस्बिर कोर्न पनि

बेसुर धून फगत अलापे सारा जिबन
झुन्डी रहेछ श्वास अझै सकिन मोर्न पनि

Wednesday, August 20, 2008

नजर जुध्दा झुक्न परे बाटो फेरे हुन्छ
मुटु कोर्ला मैले छाडया मन केरे हुन्छ

मरुभूमी छातीमा सल्के पछी पोल्दो रछ
बिझेछु अंगालोमा नबिझ्ने फुल बेरे हुन्छ

पूरानो बस्त्र नयाँ अस्त्र एकै के हुन्थ्यो र
अदली बादली माली,मन्को घर घेरे हुन्छ

मुढा भएरै ढली रछु,नशाले गली रछु
होशले थिच्छ बेहोशमा लडेको हेरे हुन्छ

रसायनले नि जोडीएन चर्किएको मुटु
बिक्षिप्त भएर बाँच्नु भन्दा बरु सेरे हुन्छ

Saturday, August 16, 2008

मन र माया मिलेपछी,नगर माया पुर्ने कुरा
ज्योतिषिमा के भर आँफैमा छ साइत जुर्ने कुरा

हल्ला चराएर धेरै भुलायौ,धेरै कुरायौ
म गर्छु सहयात्राको कुरा तिमी नगर हसुर्ने कुरा

निर्मल छु कि दुर्बल छु म,बुध्द हुँ कि बुद्धु हुँ म
उमङग धेरै बन्यौ,कहिले गर्छौ कुन्नी तुर्ने कुरा

हाबामा महल बन्ला कि त ,सुन्दर संसार रचेछु
बिपना छुन देउ,नहोस् अब सपनामा घुर्ने कुरा

उषाको झुल्को उदायो रे खोइ गाममा कि खाममा
के भरोसा राख्नु खै, मौसम अनुसार फुर्ने कुरा

Thursday, August 14, 2008

माया दीई खोस्ने भन्दा दुश्मननै जाती
सुम्सुमाएर घोप्दा रछन आफ्नैले छाती

सबका लागि उत्सब भो,मुटु चिर्ने खेल
जूनतारा निदाएछ पुर्णिमाको त्यो राती

गान्धी बोकी बुध्द बोल्ने बजार भरी कती
हासीहासी नासी दिने कस्ले चिन्छ घाती

तेरो मेरोको घेरो किन बनायौ तेडोमेडो
बाङगो पनि सिधा भन्ने मनै छ कि काती

मन्दिर भत्कियो मुर्ती बेखबर कता पुगे
सुकेरै गयो आखिर पूजाको फूलपाती

Wednesday, August 13, 2008

सडेगलेको बिकार भनेर फालीदियौ
संक्रमक माहामारी भनेर बालिदियौ

चराएको घाऊ लुकाउदा लुकाउदै
नून खोर्सानी दबाइ भनेर हालिदयौ

विश्वाशको पूजा चढाउन मन्दिर खोजे
बिधी नपुगोस भनेर जूठो थाली दियौ

काडालाई नि फुल भनी तारिफ गरे
घोचेर नपुगी जथाभाबी गालीदियौ

आफ्नै बाजी हरेको थाहा नपाई फेरी
हारलाई जीत ठानेर झन ताली दियौ

Wednesday, August 6, 2008

मुटु खेल्ने जुवाडे रछौ मनै हारी दियौ
सँगै हिंडे जस्तो गरी एक्लै पारी दियौ

हृदयमा लहरियौ,भरोसा पलायो
फुल भन्दै छाती भरी काँडा सारी दियौ

सुगन्धको आगमन भनी सुङ्गथ्यौ
फक्रिनै नपाई कोपिलामै झारी दियौ

मायाको पारीधिमा नै अटाउन खोजे
मनको सिमामा किन बार बारी दियौ

आज भन्दा भोली गन्दा जिबन गल्यो
झूठो बोली घोली घोली किन टारी दियौ

Sunday, August 3, 2008

रुखो छातीमा माया भएर दर्केर के भो खोइ
बिटुलो मुटु त्यो,चोखो मन छर्केर के भो खोइ

लोलोपोतो घस्न,साप बनी डस्न कताट आयौ
बाँचेँकैछु तिम्ले देको घाऊ चर्केर के भो खोइ

मरुभूमी बोकेर बाँच्ने बानी सिकी सकेको छु
मायाको घुडको नानील्दै सर्केर के भो खोइ

बलत्‍कृत बसन्तको रमितामा थाकेको मन
दुई पाईला अघी नसर्दै मर्केर के भो खोइ

मायामा एक मुठी खुशी माग्या थिए तिमीसँग
आफ्नै आगन बिरानो पार्यौं फर्केर के भो खोइ

Friday, August 1, 2008

उधारो रहेछ जिबन बलिमा जो रेटियो
पूजा खोजे ढुङ्गा सजाको मन्दिर भेटियो

बेमौशम चलेछ शितलहर रहरमा
तन त ढाँके मन यो सिरेटोमा सेटियो

ढुकढुकी उनी जनमभरिको लागि भनी
मनले लेख्या मुटु आज केले मेटियो

मनमा माया थियो कि काँडा थियो तिम्रो
आस्थाको आकार यो कताबाट चेप्टियो

मल जल थल सबै बिधिबत थियो
न अंकुरिदै मुना टुसामै अचेटियो

Saturday, July 26, 2008

नियतिले छल गरी बिपत ओढायो
फुल झारी मन भरी सिस्नु गोडायो

जलपमा ध्यान गएन ,पहेलो देखियो
परख थेन पित्तल छानी सुन छोडायो

आफ्नो मन आफ्नो पन आँफै सोध्छ
कोइली र कागको नाता कस्ले जोडायो

आफ्नो माटो आफ्नो बाटो गनतब्य निरै
सोझो बाटो छेकेर कस्ले अन्तै मोडायो

बाँचेर जिउदै मरेकालाई सोध्नु के
गाम बेसी उम्रेका खुशी कस्ले टोडायो

Saturday, July 19, 2008

स्वाभिमानलाई बन्धकी राखी हास्न लाज भो
आत्मासम्मान यो उधारोमा टास्न लाज भो

बेसुरा लौ कती धेरै बिना गुदीका टाउका
हल्लाको यो खेती भित्र विश्वाश गास्न लाज भो

आफ्नै महाभारत आफ्नै योद्धा को जित्यो हार्यो को
जालझेलको यो बिजय डांक बास्न लाज भो

प्रदुषित नैतीकता भित्र के जन्मिएला सोच
बिकृतिको सगर जो नसकी भास्न लाज भो

खुकुरिको डोब अझै ताजै होला गोर्खालिको
पुर्खाले आर्जेको पहिचान यो मास्न लाज भो

Thursday, July 17, 2008

मुटु राख्न दिन पनि तिम्रो कुनै भर छैन
अडकि सक्यौ मन भरी नबिझी नि धैर छैन

मुटु बालेर उज्यालो खोजेछु तिम्रो मनमा
तेल सकियो रहरमा उज्यालोको कर छैन

तिमीलाई झेले देखी मनको बन्दी भाको छु
हुकुम शिरोपर गरे शरणमा 'तर' छैन

कुजो भा'छु पिजडामा पखेटा काटिए सरी
फटफटाएर भाग्न मन लुक्ने घर छैन

सहनुको सिमा नाघ्यो जुध्न आंट पुगेन
दिलको बास कब्जा भो बनबास पर छैन

Wednesday, July 16, 2008

यात्री, यात्रा भरी तिमी मुटु डुल्न आयौ
बेस्वाद थिए म चिनी भई घुल्न आयौ

ओईलिएकी थिए ,मैलाईएकी थिए
बेजान मुर्तिमा मन भई फुल्न आयौ

धिपधिपाएर अंधिमा कत्ती बल्थे र
अधेरो दिलमा चाद भई खुल्न आयौ

भोगीको भोग ,रोगिको रोग जे थिए म
मैलो थियो काख खुशी भई झुल्न आयौ

क्षेत बिक्षेत पारी लुटेको रुखो मन्मा
कताबाट बसन्तको लाली हुल्न आयौ

Monday, July 14, 2008

धुस्नो पारी खुद्यौ मन बाझो जिबन जिउन थाले
फाटेको खुशी कहाँ जोडीन्छ र किन सिउन थाले

हराइ सक्या छु आफ्नै घर ठाउमा एक्लो भए
मान्छेलाई मान्छे बिझ्यो आँफै भुली पिउन थाले

आगो निली छाती बाले धुवा फैलिएला भनेरै
चर्काइएको मुटुमा तिम्रो यादले लिउन थाले

मदशालाका मदिरा फगत पानी भए अचेल
शायद अब जहरले नपुग्ने भित्ती हुन थाले

मुटुमा कोरेको मेरो नाम खोइ कसरी मेटायौ
मनमा अल्झिएका झल्का मैले नि धुन थाले

Saturday, July 12, 2008

अङग अङग उदाङग रहेछ, हाबा भई छोइ दिउ कि
तरङगले भरङग भाको मन, तिमिमा फोइ दिउ कि

कस्तो उन्मुक्त माद नशाको कि जवानीको थियो
मिचिमिची भएभरका काउकुती जती धोइ दिउ कि

लठ्ठिएका थुप्रा आँखा भोका छन आहरा कतै नहुनु
तिम्रो कामुकतालाई जोगाउन पहरे होइ दिउ कि

हराए झै ,डराए झै किन हो यो फेरी लोकाचारी
आटे तिम्ले तिम्रा लागि बाघको दुध दोइ दिउ कि

तिम्रो हासोमा मन भरी लालिगुरास फुली दिए
हास सधैं तिमी,परे तिम्रो आशु मै रोइ दिउ कि

Wednesday, June 25, 2008

सिनोमै अडकिदो रछ गिद्धहरुका आँखा
भन्किनु के अचम्म भो र फोहोरमा माखा

लालिगुरास नफुलेको खाली सिउदो छामी
बारुद बिझेर रोइराछ उजाड त्यो पाखा

सदभाबको बिउ थियो कि आगोको घिउ
अतिक्रमणमा चेप्पी रछ कठै! बुद्धका भाखा

बली बली आयो कि कली,छली कै ढलिमली
निर्धालाई नर्क सुनाउछ चित्रगुप्तको शाखा

चिसो चुलो धुवाउनु नधुवाउनु के भो र
हुनेकै बैबभ नहुनेलाई को भन्छ ला खा

Monday, June 23, 2008

साझको बेला हाबा मन्द मन्द थियो
तिम्रो केश खेल्दै हाबा बुलन्द थियो

मादक हेराइ पोखियो सुस्त सुस्त
आहा!त्यो क्षण कती आनन्द थियो

मधुर मुस्कान सजियो ओठभरी
लागथ्यो हासोमा पनि छन्द थियो

प्रकृतिको अनुपम स्रीजना कस्तो
उड्यो मन फर्कन बाटो बन्द थियो

नजिक के बढेथे तिमी बाटो लाग्यौ
हाबामा अझै नि तिम्रो सुगन्ध थियो

Monday, June 16, 2008

जपतपको बेला भो बुवा,मोह धेरै हुर्काउन हुन्न
हठ छाडे हामी चलाऊछौ घर धेरै घुर्काउन हुन्न

मिठो मसिनो सबै चपाकै हो र्याल के लाई चुहाउनु
स्वाद बाँकी होला र हड्डिमा आशु धेरै तुर्काउन हुन्न

पल्ला घरे दाइले उचालेको भरमा भडकिएर तेसै
आबेगमा आँफै घंटिमा लगाइ पासो सुर्काउन हुन्न

सिङौरी खेल्ल्न नि सिङ चाहिन्छ अबता अती भो
अलिकती भए नि बचेँको इज्जत बेर्थै खुर्काउन हुन्न

होशको कुरा केही हुन्न बर्बराउनथाल्नु भको छ
सुकेको जिउले थेग्दैन भार मन धेरै फुर्काउन हुन्न

Sunday, June 15, 2008

धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु

दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु

बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै
नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु

पसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्न
पलायन भए गिदी भका,बाकी घर फुटाउनेहरु

राम राम भन्ने हराम भए रे,सुनिदैछ अचेल
जालझेलमा अलमल्लिए भरोसा जुटाउनेहरु

Friday, June 13, 2008

मधुरो प्रकाशमा लजालु मुस्कानको बातै मिठो
मायालुले भर्दिएको मदिरा भए अझ मातै मिठो

गीतको सगीतमा धेरै रमाएका होलान यहाँ
सगीतको झन्कार भन्दा चुरा बजेको हातै मिठो

ओतिनु नै किन पर्छ सिमसिमे पानी परेको बेला
आधा भिजे पनि मायालुले ओढाएको छातै मिठो

उपहारको रुप हुन्न ,माया मिसाएर दिए पछी
बेली चमेलिको के कुरा,श्रदाले चुमेको पातै मिठो

भाबमा कल्पी टोलाउनु भन्दा जिबनको यात्रामा
मायालु सँग मन साटन पाए आहा! रातै मिठो

Wednesday, June 11, 2008

लडाएर हांस्छन यहाँ कोही घात गरी
गिजलेर फाल्छन कोही बासी भात सारी

जिबनको ओसमा पनि घाम पोत्छु भन्थे
फर्किएर अतित आज बगे रात भरी

झुन्डिएको थियो आशा आधिमा परेछ कि
उजाडी रोईराछ बसन्त नि पात झरी

रङगी बिरङगी जती कांच थपे पनि
दिन्न शोभा चुक्किएको चुराले हात भरी

'वाका'लाई जसले मनमा साचेको थियो
छेपारो झै रङग फेर्यो तेसैले सात थरी

Tuesday, June 10, 2008

तिमीलाई भेटे पछि मुटु त्यसै धडकिन्छ
भन्ने कुरा कती हुन्छ मन भित्रै अडकिन्छ

कल्पनामा झुमे जस्तो सपनामा चुमे जस्तो
उकुस मुकुस भको मन भित्रै छडकिन्छ

बाटो भरी आँखाहरु अलझाउन खोज्छन
त्येती धेरै नजरां नि तिम्रै अभाब खडकिन्छ

पूजामा साधना छैन कि लालसा बेग्रताको
किन भो यस्तो जलन मन तेसै भडकिन्छ

मनको चाहना खाममै बन्दी छ अझै पनि
जोडीन खोजे कसैको नाम दिमाग सडकिन्छ

Sunday, June 8, 2008

धेरै भ्या थियो मुटु तिमी सँग छुटेको
क्षणमै च्यात्यौ चोखो माया आँफै खुटेको

मलाई दुख्दा तिमी दु:खथ्यौ हरपल
हासी हासी हेरेयौ आज मुटु फुटेको

बिराइन,पिराइन,सजाय किन यो
दैबै बैरी कि त नियतिले नै चुटेको

तिम्रो मुस्कानमा घामपानी बिर्सिन्थे
ताझै छ अझै हिउ बर्षा सगै जुटेको

ताला साचो भरोसामा खाचो ठानिएन
किन होला मेरै बाच्ने आधार लुटेको

Wednesday, June 4, 2008

खोइ कस्ले बन्यो छाती भरी माकुराको जालो
इज्जत ढाक्न कस्ले दियो फेरी मक्काको टालो

शेरको जुङगा ओखलिए,छाला ओढी बाघ बन्ने
धेरै जनावरको होहल्लामा अब कस्को पालो

स्नेह सदभाबको बुटी पाखा भरी थियो
बाँदर जात उक्काइ पाप्रो पारे घाऊ आलो

बादलको घेरा हटेको किम्बदन्ती ताजै छ
घामको झुल्कै नपरी किन जताततै कालो

दाबिलो लाग्या पेटमा माड लगाउनु थियो
आज सुम्सुमाउनेले नै ठोके सुन्निएको गालो

Sunday, May 25, 2008

खसखस लाग्छ आजभोलि कुरा काट्यौ कि
अर्कै राजा मनमा पाली मलाई ढाट्यौ कि

श्रीखन्ड र खुर्पा बिड उस्तै देख्छौ तिमी
भ्रममा पारी चिनी भनी नून चट्यौ कि

विश्वास जोडछु भन्यौ शन्का लाग्छ अचेल
मनभरी कतै घातको दाम्लो बाट्यौ कि

कुरा छल्न सिपालु छौ डर लाग्छ अझै
जुठो माया चोखो भनी भाषाण छाट्यौ कि

अङालोमा बेरिदा नि हराएझै लाग्छ किन
अन्तै खाता खोली कतै माया साट्यौ कि

Saturday, May 17, 2008

खप्परै अभागी रछ भयो पिरै पिर
तडपाएर राख्नु भन्दा बरु मुटु चिर

आङ कनाई छारो उडायौ गाउ चारी
दुनियाँले कुरा काटे झुक्यो अब शिर

मायामा सन्का कहाँबाट पसायौ तिम्ले
साउन भदौ बगेर जिबन भो भिर

मनै भ्रान्ती भाको'छ शान्ती कहा पाउनु
तिमी सित भेटे देखी छैन मन थिर

फुल्छ्यौ भन्ने लाग्याथ्यो,मन खोल्दिए
तिमी दुखयौ सधैं भरी यही मुटु निर

Sunday, May 11, 2008

ओरालो लागे पछी तिमीले पनि हेप्न थाल्यौ
परचक्री भएछु दिलको सिमा चेप्न थाल्यौ

मन्द पदचाप पनि सहजै चिनी मुस्काउदै
हत्तपत्त खोल्थेउ मन्को ढोका ढेप्न थाल्यौ

अङगालोमा शितल मधुबन पाए भन्नेले
मेरो छाती चर्काएर कस्को मुटु लेप्न थाल्यौ

जवानीका नशामा आबेग बगेपछी के लाग्छ
श्रीखन्ड पन्छाई उत्तिसको भारी खेप्न थाल्यौ

म्रिगत्रिश्नाको तुवालोले छाडेछी होश खुलेछ
अत्मा ग्ल्यानीको बोझले थिचेर झेप्न थाल्यौ

Sunday, May 4, 2008

कोपेर मुटु लडायौ किन माया यो ढलेछ
खोपेर दिल्मा बनाको चिनो कसरी बलेछ

दुई दिन्को सुख दैबले खोसी लगेछ कही
छोपेर खुशी तडपाई त्यही भाग्यले छलेछ

तिर्खाको मन्मा उर्लेका प्यास निभाउन भनी
चोपेर खूनले लेखे थि पत्र नहेर्दै जलेछ

आफ्नो बिरानो भएछन बैरिको भिडमा खै
रोपेर फुल भएछ भुल कडा त्यही फलेछ

निरह थिए बिरह थियो साहरा थिएन
घोपेर छुरा पारी चिरा कुन हासो चलेछ

Saturday, April 26, 2008

ठुलो सपना छैन देख्या साथै दिए हुन्छ
जिन्दगी डोराउन सक्ने हातै दिए हुन्छ

दौडधुप धेरै भो अब शान्त मनले बरु
धेरैले कुलच्या फुल भन्दा पातै दिए हुन्छ

उचनिच कोही हुन्न कुलघरानले के गर्छ
दर्शन बाडन सक्ने जुन जातै दिए हुन्छ

रुखोसुखो आनन्द मनले निलौला बरु
घरको किचलो मिलाउने नातै दिए हुन्छ

बेमौशमको प्रहारले आजित भए अती
अशिना पानी थेग्न सक्ने छातै दिए हुन्छ
हस्याङफस्याङ निकै देख्छु के को चटारो पर्‍यो नि
हतारां नसोची लाको माया कठै झटारो पर्‍यो नि

आर्का कुरा छुरा भयो बचन गला लाग्यो अहिले
मुन्टो बटारी के हुन्छ र ,मायै खटारो पर्‍यो नि

कागलाई बेल हर्श न बिस्मात ,शायद यस्तै भो
टोक्नु न बोक्नु भको पिरती, लहै अप्ठारो पर्‍यो नि

कुखुरे बैशमा कता चर्न ग्याथ्यो होश तिम्रो कुन्नी
असिरल्ल छरीई दु:खहरु, आँफै पसारो पर्‍यो नि

सुकोमल रुप कस्तरी बिरुप भएछ अचेल
जिन्दगीको भारले थिचेछ, बरै लछारो पर्‍यो नि

Tuesday, April 22, 2008

तिमीले गाढ्या मायाको चिनो ढलायो को आई
छुराको धार मुटुमा रेटी चलायो को आई

भर्खरै बन्या मायाको घर सजिन नपाउदै
खरानी बनाइ खुशी सबै जलायो को आई

हर्श र उल्लास टुसाको मात्र के थ्यो यात्रामा
फर्कने बाटो नभाको ठाममा छलायो को आई

तिम्रै भरोसा ओढेको थिए जनम भर लाई
आसुको भेल पठाइ जिबन गलायो को आई

अमृत सरी बाणी कती मधुर थियो तिम्रो
सुन्दर संसार बिच बिश फलायो को आई

Sunday, April 20, 2008

धेरै भो आँखा जुध्या ,मनको कुरा गरे हुन्छ
प्यासी भा'छु पिउन ,बैशको प्याला भरे हुन्छ

बेली चमेली भरी ,मनै फुलाई देको छु
छेक्छ कस्ले तिम्लाई ,दिलको किल्ला चरे हुन्छ

पछुताएर के भो ,समयले नेटो काटेछी
सुकेछी झर्नै पर्छ ,तनको बास्ना छरे हुन्छ

उजाड छ पहाड ,बसाइ सर्न मन भए
मेरो दिलको गाम ,बस्ती तिर झरे हुन्छ

खोले फाडो जे मिले,सन्तोष मानी हास्ने भए
खुशी दाईजो दिन्छु 'मेरो नै भर परे हुन्छ

Friday, April 18, 2008

अंक न'भा जिरो
तमासेको हिरो

भोकाको बेलामा
चामलको किरो

गुलियो भुलियो
अब गड्यो पिरो

धाजा फाटे मन्मा
मुटु भित्र चिरो

तमासेको हुल
मादरिको हिरो

धेरै दुख्यो भयो
नछाड हो तिरो

Wednesday, April 16, 2008

झर्को फर्को तिम्रै ठुलो, अझै घुर्काउछौ तिमी
सानोतिनो कुरामा नि ,आशु तुर्काउछौ तिमी

मन सफा भए गंगा ,लोटामा पनि अटछ
सन्का पाली लन्का खाने, कुरा हुर्काउछौ तिमी

औशी पूर्णे लाग्छ क्यारे ,खुशी हुँदा किन फेरी
उडाएर हाबा भरी, साह्रै फुर्काउछौ तिमी

टलटुले विश्वाशको ,के भर हुदो रछ खै
आठठ्याएर किल्किलो,डोरी सुर्काउछौ तिमी

अबोध चेहरा भित्र ,कुटिल मन रछ त
राम राम भनी भिर तिर गुर्काउछौ तिमी

अत्मा साक्षी राखेर ,कसम खाको भन्थौ त
अतित भुलेर आज ,याद खुर्काउछौ तिमी

Monday, April 7, 2008

धेरै माया भए पछी पोखीदो रछ
पिडालुको गानो जस्तो कोकिदो रछ

रुप योबन सँग साटिएको माया
मुटु भरी बज्र सरी ठोकिदो रछ

हतारमा जोडीएको साइनोको भारी
जनम भरीको लागि बोकिदो रछ

घोच्ने र पोल्ने धेरै बाण चले पछी
आँफै भुलाउन मदिरा धोकिदो रछ

हन्डर ठक्कर खाएरै जिन्दगिमा
पिरतिको धेरै पाठ घोकिदो रछ

Saturday, April 5, 2008

मिल्छ भने अब ओठको छाप देउ प्यारी
बुन्न पर्‍यो माया मुटुको नाप देउ प्यारी

जन्ती लाबा लस्कर लगाइ आउँला लिन
लगन जुर्छ स्विकृतिको धाप देउ प्यारी

माइति आगन साघुरो हुन्छ चेलीलाई
सम्झाउदा पनि नभए टाप देउ प्यारी

धर्ना अनसन जे गरे पनि गर तिमी
बाबु आमालाई बिहेको चाप देउ प्यारी

तिम्रा हरेक इच्छा मेरा लक्ष्य हुने छन
जनम भरीको खुशी यो थाप देउ प्यारी
दिलको गहिराइ कती छ नापेर के भो र
चुहिएर बग्ने माया यस्तै थापेर के भो र

दुई दिन्को रामकाहानिमा कती सपना फुटे
अर्को मन्मा डुलेको फुल च्यापेर के भो र

क'ताट छिर्यो बादलको घेरो शिशिरको घाम्मा
छातीमा बल्या आगोको राप तापेर के भो र

बजार भरी हल्ला फिजाएर छापामा बेचिछौ
बिक्षिप्त भएर टुटेकालाई छापेर के भो र

कहिले कसो रुन्छौ रे अचेल मेरो माया सम्झी
जरै उखेली बोटमा पानी छ्यापेर के भो र

Wednesday, April 2, 2008

नाच्नै नजानेछी आगन टेडो हुदो रछ
मन नपरेछी देउता नि डेडो हुदो रछ

तिललाई पहाड बनाइ बखेडा गर्थेउ
नजर फेरेछी पहाड नि गेडो हुदो रछ

ताक छोप्ने खेलमा के नियम कानून भो र
आफ्नो नभएछी जो कोइ नि भेडो हुदो रछ

मौसम जस्तै छिनमै फेरिने माया भएछी
दिलको चौतारी मुटु सेक्ने छेडो हुदो रछ

मुटुको कुरा मुटुले नबुझे सम्म माया यो
बेबारिस जिन्दगी थिच्ने हतेडो हुदो रछ

Tuesday, April 1, 2008

पोखिएका खुशी
पोखिएका खुशी बटुल्ने आस्थाहरु कुजो भएर हो कि
छिनेका आशा उन्ने धागो काँचो भएर हो कि
विश्वाशका आधारहरु चुडिदै गई रहेछन
सपनाका आकारहरु खुम्चिदै गई रहेछन
छल्लिएका चेतना जगाउने पूजाहरु खोटो भएर हो कि
दुखी रहेको माटो सजाउने हातहरु लुलो भएर हो कि
भरोसाका धारहरु बदलिदै बगिरहेछन
श्रदाका मुर्तिहरु भात्किदै गईरहेछन
तेसैले
निस्ठा र कर्तब्य बिर्सिएका बिदुरहरु
धाराबाहिक किम्बदन्ती भित्र
दर्शन भुली भाषाण छाटीरहेछन
निती छोडि नाता साटी रहेछन
जातिय भेदलाई सल्काएर
मानबताको अबशेश डडाईरहेछन
बुद्दको ढाडमा टेकेर
कुजो शान्तिको बिगुल फुकी रहेछन
रोइ रहेको आफ्नो माटोलाई
भागबन्डाको तरबारले रेटी रहेछन
अर्कातिर अभिमानी दुर्योधनहरु
बुद्द फल्ने माटोमा आगो रोप्दैछन
शान्तिको छहारिमा बारुद सार्दैछन
अनी
गिदी नभएका दुर्योधनलाई हाक्ने सकुनिहरु
आफ्नै कुरुक्षेत्रको रचनामा
टनकपुर हारे सुस्ता हार्छन
कोशी हारे दशगजा हार्छन
हुनसक्छ हार्दाहार्दै अस्तित्व हार्छन
चेतनामा बिर्को लागेका
बिदुरहरुजती बरबराए पनि
दुर्योधनहरु जती कराए पनि
थेग्न नसकिने डुङुरका डुङुर योजनामा
गास, बास, कपास, अटला भन्ने छैन
शन्ती र सुरक्षा अटाउला भन्ने छैन ,
यसैले
निरह सगरमाथालाई धितो राख्दै
स्वाभिमानलाई लुटाउछौ हामी
आँफै सँग बिस्थापित भई
परदेशमा पसिना बेच्छौ हामी
सात समुन्द्र पारी झोक्रिएर
मन भरी रोएको नेपाल बोकी
दुई थोपा आशु खसाल्छौ हामी
दुई दिन्को खुशी हिनाइ नियती छली गयो
टेकोले नि थेग्न नसकी पिरती ढली गयो

आगोलाई छातीमा जानी नजानी टासिएछ
आसुले नि निभ्न नसकी मुटु नै बली गयो

गोडमेल प्रसस्त गरी माया रोपे भनेको
सामो मोथे झाङिएर नाभो नै फली दियो

चराएको दिलमा जरिबुटिको आशा थियो
दुखेको घाऊ भरी नून चुक नै मली गयो

रिसमा दन्किएको ज्वालाले के बाँकी राखथ्यो
हामी बिचको मायाको यो तुष नि बली गयो
बाटो भरी काडा छोपी फुल छरेछौ
मेरो सिउदो बदलेर अर्कै भरेछौ

पाइला बनी पच्छाउनु भुल थियो कि
मायामा अबमुल्यनको हल्ला गरेछौ

लहलह झुल्दा कती चरेउ दिल्को घारी
धित मरे पछी आज अन्तै चरेछौ

दु:ख: सुख साथ नछाडने प्रण थियो
गहिरोमा एक्लै छोडेर खोला तरेछौ

आँफै बालेको दियो आँफै निभाई किन
श्रदाको धरातल बाट तल झरेछौ

Sunday, March 30, 2008

गजल

पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो
बलियो थेन समाउने हात ,पलमै छुटी गयो

मुटु कोपरेर हास्यौ तिमी दिमागमा तनाब थियो
जती होसियार भए पनि सुझाबुझ लुटी गयो

जुग्जुग टिक्ने सुमधुर ,सङगित हालेको थिए
बज्नै नपाई मायाको धुन दिल्कै तार टुटी गयो

हिउद बर्षा केही नभनी तिमीलाई रोपी रहे
बिना बादल मेरो दिलमा असिनाले चुटी गयो

हाम्रो मायाको अबसानमा मलामिको खाचो थियो
मादरिको जातै यस्तो हो कि तमासामा जुटी गयो

Wednesday, March 26, 2008

मुटुमै खिच्यौ त्यो सिमारेखा,मनकै भो हदबन्दी
कटौती गरी के लेख्यो भाबिले भाग्यमै भो मन्दी

बिधी नपुग्या कि अधुरो भाको थियो प्रेमको पूजा
किन दियौ साँढे सातको दशा खनखनी गन्दी

थमौतिको दौड धूप बेकार भएर लड्यो अब
खारीज भयो मेरो दरखास्त थिएन दरबन्दी

खाता चुक्ता नगरि अर्को जुनिलाई उधारो भन्यौ
पराइको हासो सँग मुटु रेट्दी गर्यौ कुन सन्दी

लथालिङ भई छरिएको मन संगाल्न पनि त
भरोसाको घर भात्कियो आधारको जग खन्दी

Tuesday, March 18, 2008

आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई

आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुम कसरी बिरानो हुन जान्नेलाई
सम्झदा पोल्छ ,मुटुनै घोच्छ ,बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई
अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन
के भनुम मलाई नै अन्न भित्रको घुन ठान्नेलाई
हजार गल्ती गरे नि साखिली भयौ आखिर
दोसी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई
सफलताले शिखर चडोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई

धोकामा जलेको मन कसै गरी थिर हुन्न

धोकामा जलेको मन कसै गरी थिर हुन्न
जति दले नि साबुनले मनको पिर धुन्न

माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न

हारजितको च्याँखेमा माया थापिएछ
सबैलाई मात दियौ नि तिमीले तिर चुन्न

बेनामी बजारमा लिलाम भएछ इज्जत
सकिएन कसै गरे नि धागोले शिर तुन्न

स्वच्छ निर्मल शान्त तलाउ माग्या थिएँ
छाडिनौ जिबनमा पहिरो जाने भिर बुन्न

२ कैदी जस्तै मन

कैदी जस्तै यि मन भरी नेल बेरिछौ
दुई चार हात बाजी मारी खेल फेरिछौ

एकान्त खोजी आँफैलाई कैद गरे
अतितका याद्ले मनको जेल घेरिछौ

हतारले आशु पुछ्न पुग्थे हात तिम्रा
मौन भई आज आँखाको भेल हेरीछौ

बल्दा बल्दा डढेको झुम्रो के सक्थे
प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ

छक्का पन्जा थाहा थिएन कहिले
मेरै जिबन दाउमा थापी झेल गरीछौ

गजल

परपर सम्म उज्यालो छर्छु भन्थ्यो,मन्दिरामा बलेको दियो
आधि बेहरी ठुलै चली भागा भाग ,शहरमा चलेको थियो

पूरानो भएर हो कि सिङौरी खेलेर हो धुजाधुजा भयो रे
टाल्नै नसक्ने भो अनगिन्ती प्वाल ,बिचरो त्यो गलेको सियो

कागत भरी खोइ के के कोरी माटो रोप्छु भन्थे रे कोही कोही
टोक्नु न बोक्नुको फल फलेछ आज ,चाहेरै फलेको कि यो

दांईको बेला आयो अब अन्नबाली राम्रो सित भित्र्याउनु छ
गोरुहरु छाडा भए टेठो चाहियो, गाढन त्यो ढलेको मियो

कहिले दयामा ,कहिले मायामा बल्लबल्ल बटुलेको पैचो
के पकायो के बाड्यो भान्छेले किन होला,कसैले नि नलेको चियो

Thursday, March 13, 2008

gajal

नशाले छाडे छुन रसिलो ओठ चुम्न देउ
बैशको माद पिएर एकचोटी झुम्न देउ

स्वोर्गै भएनी भैगो चाहिएन अबलाई
तिम्रै नयनको परिधि भित्र घुम्न देउ

नजरको बाण लागे देखी टोलाई रको छु
धपक्क बल्या रुप हेरेरै होश गुम्न देउ

कामदेवका तांती लग्लान तिमीलाई खिच्न
सुरक्षाको लागि पहरे भएर रुग्न देउ

दुश्मनले खुशीमा एम्बुस थापेछन भने
पट्रोल पठाउने छु दिल सम्म पुग्न देउ

Saturday, March 8, 2008

gajal

मदिराका बुद छन कि नजरमा मात लाग्यो
पिउन भनेर तान्न के खोजेथे बात लाग्यो

ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका
भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो

श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी
दिल भरी कसोकसो सिस्नुको पात लाग्यो

भुतले खाजा खाने बेला जुराइएछ साइत
झिङा भन्किएको बासी चिज मात्तै हात लाग्यो

होश उडाउने हासो कसैको नासो भएछ अब
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो