Thursday, August 21, 2008

लुकाएर राख्यौ त्यो मन सकिन चोर्न पनि
गाठो पर्‍यो मनको बह ग्राहो भो फोर्न पनि

छरी दियौ हासो, पासो थियो कि नासो
बटुलेर तिम्रो मुस्कान सकिन सोर्न पनि

नजरमा थुनिन,दिलमा उनिन मन त थियो
उदय र अस्तको घेरो धमिलो भो जोर्न पनि

अल्झिए,बल्झिए,ढल्किए र शायद अडकिए
काँपी रा'छ यो हात तिम्रो तस्बिर कोर्न पनि

बेसुर धून फगत अलापे सारा जिबन
झुन्डी रहेछ श्वास अझै सकिन मोर्न पनि

No comments: