Sunday, August 4, 2013

यसै पनि राम्री छ्यौ तिमी लाखौं हजारमा
तिम्रा लागि फिका सबै किनु के बजारमा

जब जब देख्छु तिमी किन किन यस्तो लाग्छ
फुर्सदमै बनिछ्यौ तिमी त बाँकी अरु हतारमा


हिरामोतीको के कुरा तिम्रो हाँसै अनमोल छ  
मुस्कान नै काफी हुन्छ पाए यो  उपहारमा


मस्त मस्त चाल तिम्रो मादक छ हेराइ
आउ मेरो समिपमा चाहिन्न अरु संसारमा