Thursday, February 13, 2014

मन मुटुमा छ्यौ तिमी, गुलाफमा किन साटनु?  
अन्तर भाब बुझे पछि, भाषण चै किन छाटनु?
 
देखाएर वा लेखाएर, बिज्ञापनमा टांग्न पर्दैन
मनमै भए'छि माया, शब्द भित्र किन बाटनु ?

आस्था श्रदा विश्वाश ,जब सम्म दिगो हुन्छ
बिथ्यामा उपहार, संगै केक किन काटनु ?

बिना धडकन मुटु , तिमी बिना तेस्तै म
जेछु म यस्तै त छु ,तिमिलाई किन ढाटनु ?

जुन तारा होइन ,दुख्दा तिमी साथ हुन्छु
मायामा गर्न नसक्ने, कुरालाई किन आटनु ?  

Wednesday, February 12, 2014

कति कुरा भन्नै पर्दैन प्रिया आँखैबाट थाहा हुन्छ
अछुतो को हुन्छ र मायामा ,योत सबको चाह हुन्छ

दिल संग जब दिल मिल्छ बेचैनी हुन्छ मन पनि
कहाँ देखु कहाँ भेटु हुन्छ नभेटे फेरि डाह हुन्छ

मनै नपरे त स्वास नि गनाउछ रे भन्छन
जे भन तिम्रो त कुरै अलग सबै कुरा वाह हुन्छ

लोभ्याउछन एक एक अंग शिर देखी पाउ सम्मै
तिमीलाई देख्यो भने मुर्दामा नि रक्त प्रबहा हुन्छ